स्मृतिशेष नेपालीको श्रद्धाञ्जलीसभा (तस्बिरसहित)

खलङ्गा । जन्ती बसले किच्दा मृत्यु भएका प्युठान मल्लरानी–३ का वडासदस्य दामोदर नेपालीको श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ । २०८० पुस ४ गते बुधबार चौरपानीमा सो कार्यक्रम सम्पन्न भएको हो । श्रद्धाञ्जलीसभामा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका अध्यक्ष बोमबहादुर खत्रीले शोक मन्तव्य राख्नुभएको थियो ।

खत्रीले मन्तव्यको क्रममा दामोदर नेपाली पार्टी र क्रान्तिप्रति वफादार, इमानदार र क्रान्तिकारी योद्धा भएको कुरा बताउनुभयो ।उहाँको निधनले क्रान्ति र पार्टीलाई अपूरणीय क्षति भएको नेता खत्रीको भनाइ थियो । स्मृतिशेष नेपालीको जीवनीेबारे राजमोे मल्लरानीका सचिव दुर्गा थापाले जानकारी गराउनुभएको थियो ।

सो कार्यक्रममा राजमो केन्द्रीय सदस्य तथा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्णबहादुर खड्का, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सदस्य हुमलाल नेपाली, राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने, नेकपा (मसाल) का प्युठानका प्रवक्ता राम पहाडी, युवक सङ्घ प्युठानका अध्यक्ष कमल पौडेल, जातीय समता समाज प्युठानका अध्यक्ष समसेर परिवार र राजमो नेता सूर्यबहादुर नेपालीले पनि शोक मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा निर्वाचित वडाअध्यक्ष, कार्यपालिका सदस्य, वडासदस्य, विभिन्न राजनैतिक दल र सङ्घसंस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता स्मृतिशेष नेपालीका दाजु डिलबहादुर परिवारले तथा सञ्चालन मल्लरानी गाउँपालिकाका पूर्व अध्यक्ष अमरध्वज रानामगरले गर्नुभएको थियो ।

कार्यक्रमा स्मृतिशेष नेपाली मसालका पार्टीसदस्य तथा राजमो मल्लारानी गाउँ समितिका सदस्य रहेको जानकारी गराइएको थियो । स्मृतिशेष नेपालीको गत मङ्सिर २८ गते बिहिबार जन्ती बसले किच्दा निधन भएको थियो ।

      

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार