जोसेफ स्टालिनको १४५औं दिवश सम्पन्न

पाण्डेचरी । पाण्डिचेरीमा अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा २१ डिसेम्बर २०२३ का दिन क. जोसेफ स्टालिनको १४५औं दिवश कार्यक्रम सम्पन्न भएको छ ।

डिल्लीप्रसाद शर्माको अध्यक्षता रवि शर्माको सञ्चालन रहेको कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय सदस्य जनकराज पौडेल, भगवति कुवँर, चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय सदस्य विष्णु कुमारी शर्माको आथित्यता रहेको थियो । शहिदहरूको सम्मानमा एक मिनेट मौनधारण पश्चायत उपस्थित जनमानसहरूलाई नगर उपाअध्यक्ष भद्रबहादुर जिसीले शब्दद्धारा स्वागत गर्नुभएको थियो ।

सर्बहारा बर्गका महान नेता जोसेफ स्टालिनको जिवनी सहित विश्व कम्यूनिष्ट आन्दोलनमा स्टालिनले पुराएको योगदान, रसिया समाजबादी क्रान्तीप्रतिको भुमिका । संशोनबादी दक्षिणपंथीप्रति सम्झौताहिन निर्मम गौरवमय संघर्षका साथै क. स्टालिन बारे बुझ्ने दृष्ट्रिकोण, बर्तमान परिवेशमा स्टालिनका विचार र क्रान्तीकारी स्प्रिडको महत्व बारे अथितिहरूले धारणा राख्नु भएको थियो ।

गम बहादुर विक ले क. स्टालिन बारे धारणा राख्दै कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार