चन्डिगढमा मनाइयो स्टालिन जन्मजयन्ती

चन्डिगढ । अन्तराष्ट्रिय एकताका लागि नेपाली जनताको मञ्च चन्डिगढले विश्व सर्वहारा वर्गका नेता जोसेफ स्टालिनको एक सय पैतालिसौँ जन्मजयन्ती मनाएको छ ।

डिसेम्बर २१, २०२३ बिहीबारका दिन सम्पन्न उक्त कार्यक्रममा विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको तथा माक्र्सवाद, लेनिनवाद तथा माओ विचारधाराको सैद्धान्तिक धरातलमा स्टालिनको योगदानबारे चर्चा गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै वक्ताहरूले स्टालिनमाथि दुनियाभरिका साम्राज्यवादी तथा अवसरवादीहरूले नियोजित रूपमा गरिरहेको चरित्रहत्या सम्पूर्ण क्रान्तिकारी आन्दोलनमाथीको प्रहार भएको तर्क राख्नुभएको थियो ।

सभामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्यहरू दिनेश खडका र खिमराज चालिसे, सुदूर पश्चिमोत्तर क्षेत्रीय सदस्य जुना चालिसे, सांस्कृतिक विभागका केन्द्रीय सदस्य बिनु नेपाली, केन्द्रीय परिषद् सदस्य थमन थापा, महिला क्षेत्रीय सदस्य जमुना खनाल, नगर सदस्य पुरन थापा, समता विभागका दुर्गा विक, विद्यार्थी विभागका दीपक चालिसे, महिला नगर विभागकी कुमारी थापा र लक्ष्मी अधिकारीले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रम मानबहादुर केसीको अध्यक्षतामा तथा थानेश्वर पाण्डेको सञ्चालनमा तथा प्रेम गुरुङको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार