कोट्टयाममा १४५औं स्टालिन दिवस बनाइयो

धर्मराज शर्मा,

कोट्टयाम केरला । अन्तर्राष्ट्रिय ऐक्यबद्वताको लागि नेपाली जनताहरूको मञ्च कोट्टयामको आयोजनामा समाजबादका ईन्जिनियर तथा बिश्व सर्बहारा बर्गका अर्थक महान नेता कामरेड जोसेफ स्टालिनको १४५औं दिवस मनाइएको छ ।

धर्मराज शर्माको सञ्चालन र खिरमायाँ थापाको अध्यक्षता पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय उपाध्यक्ष कुल बहादुर थापाको प्रमुख अतिथ्यता रहेको थियो । दक्षिण भारत क्षेत्रीय समितिका अध्यक्ष चन्द्र बहादुर थापा, सचिब जनकराज पौडेल, सदस्य भद्र बहादुर थापा, धनकुमारी केसी, मनोज जिसी, ओमकान्त शर्मा, क्षेत्रीय सदस्य तथा कोचिन नगर समितिका अध्यक्ष जुगराज राहुमगर र राजमो चितवन जिल्ला सदस्य लक्ष्मण चालिसेको अतिथि आसन ग्रहण रहेको थियो ।

कार्यक्रममा दक्षिण भारत क्षेत्रीय सदस्य रेसम थापाको दुःखद निधन र ज्ञात अज्ञात सहिदहरूप्रति एकमिनेट मौनधारण पछि उपस्थित जनसमुदायहरूलाई डिलबहादुर रानाले शब्दबाट स्वागत मन्तब्य गर्नुभएको थियो ।

बक्ताहरूले जोसेफ स्टालिनले सर्वहारा बर्गको लागि खेलेका महत्वपूर्ण भुमिकाहरूबारे स्पस्ट पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार