अखिल भारत नेपाली विद्यार्थी संघको दोश्रो अखिल भारत भेला सम्पन्न

अध्यक्षमा माधव पोख्रेल, सचिवमा सरिता विसी र कोषाध्यक्षमा रक्षा सोमरे

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज अन्तर्गत रहेको अखिल भारत नेपाली विद्यार्थी संघको दोश्रो अखिल भारत भेला २४–२५ डिसेम्बर २०२३ मा सम्पन्न भएको छ ।

भेलाको उ्दघाटन मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले दीप प्रज्वलित गरि ध्वनी करताल बीच गर्नुभएको थियो ।

उद्घाटन मन्तव्यमा खनालले आजको युग प्रविधिको युग हुँदाहुँदै पनि दक्षता सिपको आधारमा नै रोजगार निर्माण भएको बताउनु भयो । ‘विद्यार्थीहरुले केवल कोरा शिक्षार्जन गरेरमात्रै हुँदैन’ खनालले भन्नु भयो ‘शिक्षाको सँगसँगै दक्षता र क्षमताको विकास पनि गर्नु पर्ने हुन्छ ।’

  पुरानो पुस्ता कुनै न कुनै सिपमा कायम थियो भने नयाँ पुस्ताले त्यो सिपलाई दक्षता वा भनौं कामको स्केलको रुपमा लिएको खनालले बताउनु भयो । ‘कैयौं विद्यार्थीहरुले आफ्नो औपचारिक शिक्षा प्राप्त गरेर पनि वेरोजगारीको सामना गर्नुपरिरहेको छ । त्यसो हुनुको मुख्य कारण उनीहरुमा दक्षताको अभाव हुनु हो ।’ खनालले भन्नुभयो– ‘त्यसमा पनि नेपाली विद्यार्थीको सवालमा स्कूल जान थालेको देखिनै उ विदेश जानुपर्ने मनस्थितिले घर गरिरहेको छ ।’

शिक्षालाई व्यवहारिक शिक्षाको रुपमा विकास नगर्नु र देशमा रोजगारको व्यवस्था नहुनुले आज नेपाली विद्यार्थीहरुले शिक्षाप्राप्ति पछि पनि रोजगारको लागि विभिन्न मुलुकहरुमा भौंतारिन पर्ने वाध्यात्मक अवस्था राज्यले नै सिर्जना गरेको अध्यक्ष खनालले बताउनु भयो । ‘भारतमा जन्मे हुर्केका नेपाली विद्यार्थीको समस्या झनै फरक र विकराल बन्दै गएकोले विद्यार्थीहरु संगठित रुपमा अगाडि आउनु पर्ने आजको आवश्यकता हो ।’

कृष्टि राईको सञ्चालन, अजय रेश्मीको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा विशिष्ट अतिथि : देवेन्द्र कुँवर, अध्यक्ष, केन्द्रीय समिति, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं), अतिथि : धनवीर पुन मगर, केन्द्रीय समिति सदस्य, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, विक्रमसिंह राना, केन्द्रीय समिति सदस्य, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, तारा सोमरे, केन्द्रीय समिति सदस्य, मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, ओम थापा, सदस्य, जनजाति केन्द्रीय विभाग, विष्णु मायाँ भुसाल, सदस्य, अखिल नेपाल शिक्षक संघ, लुम्बीनी प्रदेश लगायतले आतित्थ्यता गर्नुभएको थियो ।

ज्ञात अज्ञात शहिदहरुको संझनामा एक मिनेट मौनधारण पछि भेलामा सहभागिहरुलाई माधव पोखरेलले स्वागत गर्नुभएको थियो ।

देवेन्द्र कुँवरले भारतमा नेपाली विद्यार्थीहरुले शिक्षार्जन पछि राष्ट्रियता विर्सनु पर्ने वाध्यात्मक अवस्था रहेको बताउनु भयो । ‘राज्यले स्वदेशमा उचित रोजगारको व्यवस्था नगर्दा नेपाली विद्यार्थीहरुमा प्रसस्तै दक्षता हुँदाहुँदै पनि सस्तो मूल्यमा श्रमवेच्नु परेको छ ।’ कुँवरले भन्नु भयो– ‘देशमा राज्य व्यवस्था परिचालन गर्ने व्यक्तिहरुले निहित आफ्नो स्वार्थमा केन्द्रीयत रहेर काम गर्दै आएकाले नै नेपालीहरु मुगलानी भएर बाँचनु पर्ने वाध्यता भएको हो ।’ भारतमा शिक्षार्जन गरेका विद्यार्थीहरुलाई पनि स्वदेशमा धेरै समस्या रहेको कुँवरले बताउनु भयो ।

ओम थापा, विक्रमसिंह राणा, धनवीर पुनमगर लगायतले भेला सफलताको शुभकामना दिनुभएको थियो ।

भारतमा विद्यार्थी संगठनको आवश्यकता बारे ठाकुर खनाल, विद्यार्थी संगठन बारे देबेन्द्र कुँवर र अनुशासन बारे धनवीर पुनमगरले प्रशिक्षण दिनुभएको थियो ।

पूरानो समितिको आलोचना, आत्मालोचना मूल प्रवाहका केन्द्रीय अध्यक्ष ठाकुर खनालले गराउनुभएको  थियो । मूल प्रवाहका केन्द्रीय सचिवालय सदस्य धनवीर पुनमगरले नियमावली संशोधनको प्रस्ताव राख्नुभएको थियो । छलफल पश्चात हाउसबाट सर्वसहमत रुपमा पारित भएको थियो ।

तत्पश्चात धनवीर पुनमगर, कृष्टि राई र अजय रेश्मी रहेको तीन सदस्यीय निर्वाचन कमिटीले १५ पूर्ण ५ वैकल्पिक गरि २० सदस्यीय केन्द्रीय समितिबारेमा हाउसमा प्रस्ताव पेस गरेको थियो । हाउसमा छलफल पछि प्यानल संख्या पारित भएको थियो ।

नयाँ समितिको प्रथम बैठकले माधव पोखरेलको अध्यक्षतामा १५ पूर्ण, ५ वैकल्पिक र ५ सल्लाहकार गरि २५ सदस्य अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय समिति चयन गरिएको छ । जसमा : अध्यक्ष– माधव पोख्रेल (चण्डीगढ), उपाध्यक्ष– कस्तुरी थापा (निलगिरी), सचिव– सरिता विसी (फरीदावाद), सहसचिव– संजोग दुलाल (हैदरावाद), कोषाध्यक्ष– रक्षा सोमरे (हिसार) रहनुभएको छ । त्यस्तै सदस्यमाः श्रृष्टि राई (भिवाडी), शिखर गाहा (जालन्धर), कमल कुँवर (फरीदावाद), विवेक जिसी (करनाल), साक्षी थापा (जयपुर), सागर खनाल (नई दिल्ली), प्रमिला कुँवर (पाण्डेचरी), मिलन काउछा (वापी), चमेली राहाडी (रायगढ), नारायण आचार्य (चण्डीगढ), वैकल्पिक सदस्यमाः आहना महर (सोलन हिमाचल), कुशुम क्षेत्री (हैदरावाद), मनिसा परियार (भूवनेश्वर), सन्तोष पहरी (बेंगलोर) र मनिसा केसी (भोपाल) रहनुभएको ।

त्यस्तै अजय रेश्मी (फरीदावाद), प्रदिप शर्मा (कोट्टयाम), हिमाल शर्मा (हैदरावाद), प्रतिक्षा वस्नेत (अहमदावाद) र पद्मा क्षेत्री (जवाई पूर्वोत्तर) सल्लाहकार चयन हुनुभएको छ ।

सोही अवसरमा १७ पूर्ण, ५ वैकल्पिक र ५ सल्लाहकार गरि २७ सदस्यीय पश्चिमोत्तर क्षेत्रीय समिति पनि चयन गरिएको छ । जसमाः अध्यक्ष– श्रृष्टि राई (भिवाडी), उपाध्यक्ष– विवेक जिसी (करनाल), सचिव– कमल कुँवर (फरीदावाद), सहसचिव– इशा खत्री (नई दिल्ली) र कोषाध्यक्ष– विशाल विसी (फरीदावाद) रहनुभएको छ । त्यस्तै सदस्यमाः समिर खनाल (नई दिल्ली), सोनिया थापा (जयपुर), विपना विष्ट (फरीदावाद), विनोद परियार (आगरा), मनिषा परियार (भिवानी), प्रिती परियार (रोहतक), सिन्धु सुनारी (गुरुग्राम), साक्षी थापा (जयपुर), चिराग गतराज (गुरुग्राम), नितीन थापा (जयपुर), कमलेस गौतम (सोनीपत), प्रदिप रसाइली (रोहतक), वैकल्पिक सदस्यमा : रानी थापा (भिवाडी), शिव विक (सोनीपत), संजना परियार (गुरुग्राम), विपासा परियार (नई दिल्ली) र नेहा केसी (ओखला) रहनुभएको छ ।

त्यस्तै अस्मिता पाण्डे (ओखला), विपना जिसी (भिवानी), सन्दीप थापा (जयपुर), सपना बस्नेत (पलवल) र कमला थापा (परीदावाद) सल्लाहकार चयन हुनुभएको छ ।

नवनिर्वाचित समितिलाई प्रमुख अतिथि ठाकुर खनाल, विष्टि अतिथि देवेन्द्र कुँवर, मूल प्रवाहका केन्द्रीय सदस्य, विक्रमसिंह राणा, तारा सोमरे, सुदुर पश्चिमोत्तर क्षेत्रीय महिला विभागकी सदस्य जमुना गाहा, पश्चिमोत्तर क्षेत्रीय महिला विभागबाट सिता परियार, पश्चिमोत्तर क्षेत्रीय समितिबाट रेशम विक, विष्णु विसी, अभानेविसंका पूर्व केन्द्रीय सदस्य कृष्ण कुँवर, अखिल नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सदस्य विष्णुमायाँ भुसाल, साँस्कृतिक विभागबाट निरु पुन, व्यवस्थापनको तर्फबाट पिनु थापा लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार