रेशम थापाप्रति मसालको श्रद्धाञ्जली

काठमाडौँ । नेकपा (मसाल) ले स्मृतिशेष रेशम थापाको निधनप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८० पुस १० गते मङ्गलबार शोकवक्तव्य जारी गर्दै श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरिएको हो ।

वक्तव्यमा थापा सन् २००५ देखि मसालको पार्टी सदस्य तथा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको क्षेत्रीय सदस्य रहनुभएको जानकारी दिइएको छ ।

त्यस्तै, अनुशासित, इमानदार, लगनशील, कर्तव्यनिष्ठ र जुझारु सदस्य थापाको निधनबाट पार्टीको अन्दोलनलाई क्षति पुगेको धारणा पनि उक्त वक्तव्यमा व्यक्त गरिएको छ ।

यस्तो छ शोकवक्तव्यको पूर्ण पाठ :

“प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका–९ दिवाङ निवासी कामरेड रेशम थापा (का. ज्वाला) को क्यान्सर रोगबाट ५५ वर्षको उमेरमा १९ डिसेम्बर २०२३ का दिन मृत्यु भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दु:ख व्यक्त गर्दै सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।

का. थापा रोजगारीको सिलसिलामा करिब ३५ वर्षदेखि दक्षिण भारत कोइम्बटुरमा रहँदै आउनुभएको थियो । त्यो अवधिमा उहाँ प्रवासी नेपालीको लोकप्रिय सामाजिक सङ्गठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारतको उपाध्यक्ष तथा कोइम्बटुर नगर समितिको अध्यक्ष भएर कार्यरत रहनुभएको थियो । उहाँले सन् २००५ देखि नेपाल कम्युनिस्ट पार्टी (मसाल) को सदस्यता लिनुभएको थियो । का. थापा हाम्रो पार्टीको अनुशासित, इमानदार, लगनशील, कर्तव्यनिस्ट र जुझारु सदस्य हुनुहुन्थ्यो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।

अन्तमा, हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार