पाण्डिचेरीमा १३१औं माओ जयन्ती सम्पन्न

जनकराज पौडेल

पाण्डेचरी, २६ डिसेम्बर । अन्तर्राष्ट्रिय ऐक्यबद्धताको लागि नेपाली जनताको मञ्चको आयोजनामा पाण्डिचेरी नगरमा क. माओत्सेतुङको १३१औं दिवश भव्यरुपमा सम्पन्न भएको छ ।

डिल्लि प्रसाद शर्माको अध्यक्षता, गोविन्द शर्माको सञ्चालन रहेको उक्त कार्यक्रममा, जनकराज पौडेल, चन्द्रकान्त शर्मा, विष्णु कुमारी शर्माको आथित्यता रहेको थियो।

शहिदहरूको सम्मानमा एक मिनेट मौनधारण पश्चायत, उपस्थित जनमानसलाई नगर सदस्य रवि शर्माले शब्दद्धारा स्वागत गर्नु भएको थियो ।

अथिति बक्ताहरूले क. माओत्सेतुङको जिवनी साथै चीनमा जनबादी क्रान्ति सम्पन्न पछि समाजबाद लागु गर्ने अबस्थासम्म आईपुग्दा संशोधनबाद, दक्षिणपंथी अवसरबाद र उग्र वामपंथी भड्कावका विरुद्ध संघर्षका गौरवमय ऐतिहास बारे, साथै अर्धसामान्ती र अर्धऔपनिवेश देशहरूमा नयाँ जनबादी क्रान्तीको सन्दर्भमा माओ विचारधाराको महत्व बारे धारणा राख्नुभएको थियो ।

कार्यक्रम सफलताको शुभकामना दिनेहरूमा जमुना शर्मा, भद्र बहादुर जिसी, विनिता शर्मा, प्रभात शर्मा रहनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार