दक्षिण भारतमा सदस्यता अभियान शुरु

चेन्नई पश्चिम । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज चेन्नई पश्चिम नगर समितिको आयोजनामा नगर अध्यक्ष बुद्धिराम पौडेलको अध्यक्षता र नगर सचिव किशोर शर्माले सञ्चालन गर्नुभएको थियो ।

मूल प्रवाह केन्द्रीय उपाध्यक्ष कुलबहादुर थापा, केन्द्रीय सदस्य केशमान नेपाली, केन्द्रीय परिषद सदस्य काशीराम शर्माको आतिथ्यता रहेको थियो । कार्यक्रममा मूल प्रवाह चेन्नई पश्चिम नगर सदस्य प्रकाश बहादुर नेपालीले स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष कुल बहादुर थापाले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजलाई सदस्यता अभियानले अझै मजबुत बनाउन मद्दत गर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमलाई केन्द्रीय सदस्य केशमान नेपाली, केन्द्रीय परिषद सदस्य काशीराम शर्माले पनि आफ्ना महत्वपूणर् विचार राख्नुभएको थियो । यसैक्रममा कार्यक्रममा उपस्थित सबैलाई मूल प्रवाह केन्द्रीय सदस्य केशमान नेपाली ज्यूले नयाँ सदस्यता तथा नविनिकरणको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार