हिमाचल राज्य समितिका कोषाध्यक्ष बुढा पितृशोकमा

रामपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिका कोषाध्यक्ष सिताराम बुढा पितृ शोकमा पर्नुभएको छ । बुढाका पिता हरि बहादुरको ७३ वर्षको उमेरमा १७ जनवरी २०२४ मा निधन भएको हो । आफ्नै निवासस्थान परिवर्तन गाउँपालिका ४, पाणा गाउँ रोल्पामा बस्दै आउनुभएको थियो ।

यसै बीच मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समितिका अध्यक्ष विरु श्रेष्ठले शोकसन्तप्त परिवारजनमा समवेदन प्रकट गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ ।

“हाम्रो यस हिमाचल राज्य समितिका कोषाध्यक्ष सिताम बुढाका पूज्यनिय पिताजी हरि बहादुरको निधनले सिंगो मूल प्रवाह अखिल भारत नेपाली एकता समाज हिमाचल राज्य समिति अत्यन्तै मर्माहत बनाएको छ । पूज्यनिय बुबाको दुःखद निधनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदन प्रकट गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौं ।”

विरु श्रेष्ठ

(अध्यक्ष)

हिमाचल राज्य समिति

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार