बैंगलोरमा सिलिन्डर पड्किँदा एक नेपाली महिलाको मृत्यु

बैंगलोर । भारतको बैंगलोरमा बझाङकी एक नेपाली महिलाको मृत्यु भएको छ । खाना पकाउने ग्यास सिलिन्डर पड्किँदा बझाङकको तल्कोट गाउँपालिका-१ सुनिकोट भाडाकी ३१ वर्षीया नारदा थापाको मृत्यु भएको बताइएको छ।

सुतेको अवस्थामा राती ग्यास लिक भएको थाहा नपाएर बिहान ग्यास खोल्दा पड्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ग्यास पड्किएर गम्भीर घाइते भएकी उनको उपचारको क्रममा सन्जन अस्पतालमा मृत्यु भएको उनका आफन्तले बताएका छन् ।

मृतकका देवर रमेश थापालाई उधृत गर्दै मष्टा- ७ का नवराज बोहराका अनुसार घटनामा घाइते भएका मृतक थापाका छोरा ११ वर्षीय आयुश थापाको अनुहारको सर्जरी गरिएको छ । अहिले आयुशको अवस्थामा सुधार आएको उनले बताए । मृतक थापाको परिवार कामको सिलसिलामा लामो समयदेखि बैंगलोरमा बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार