कुवेत पठाइदिने भन्दै दलालले पुर्याए भारत, दुई महिलाको दिल्लीबाट उद्धार

बुटवल । वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भन्दै दलालले दिल्ली पुर्याएका दुई महिलाको उद्धार गरिएको छ ।

दिल्लीमा अलपत्र परेका चितवनकी सविता गुरुङ र झापाकी देवी विश्वकर्मालाइ मानव कल्याण मित्र मञ्च नेपालले प्रवासी नेपाली मित्रमञ्चको सहयोगमा उद्धार गरी घरपरिवारलाई बुझाएको हो ।

भारतमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको प्रवासी नेपाली मित्र मञ्च र हेल्थ नेपाल मिसन दिल्लीको सहयोगमा अलपत्र परेका महिलालाई उद्धार गरिएको मानव कल्याण मित्र मञ्च नेपालका अध्यक्ष दुर्गाप्रसाद अर्यालले बताए।

उनीहरुलाई कुवेत लग्ने भन्दै दुई सातादेखि भारतको एक घरमा बन्दी बनाएर राखिएको थियो ।

भारतको दिल्लीबाट उद्धार गरिएका दुवै महिलालाई शुक्रबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, स्थानीय जनप्रतिनिधि रसञ्चारकर्मीको रोहबरमा महिलाका श्रीमानलाई बुझाइएको हो ।

उक्त कार्यक्रममा बोल्दै रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले लहलहैमा लागेर वैदेशिक रोजगारीमा नजान आग्रह गरे ।

कुवेत पठाउँछु भनेर भारत पुराएर महिलालाई अलपत्र पार्ने दलाललाई कारबाही हुने बताउँदै दबाबमा मिलापत्र नगर्न पीडित पक्षलाई प्रमुख जिल्ला अधिकारी अर्यालले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार