धीरज कुमार उदाले मूल प्रवाहमा प्रवेश (भिडियो सहित)

राजकमल दत्त

आगरा, ४ फरवरी । अखिल भारत नेपाली एकता मञ्चका केन्द्रीय सदस्य धीरज कुमार उदालेले सो संगठन परित्याग गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गर्नुभएको छ । वहाँले ४ फरवरी २०२४ का दिन सो एकता मञ्च परित्याग गरि मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा प्रवेश गरेको घोषणा गर्नुभएको हो ।

उदालेलाई मूल प्रवाहका केन्द्रीय उपाध्यक्ष कपिल खनालले संगठनको सदस्यता प्रमाण पत्र हस्तान्तरण गर्नुभएको छ । नगर समिति आगराको पूर्व उपाध्यक्ष समेत रहनु भएका धीरज कुमार उदाले सो अवसरमा आफूले विगतमा अन्य संगठनबाट भ्रमित भई अन्यत्र गएता पनि संगठनमा जानु कम्जोरी भएको बताउनु भयो ।

सबै भन्दा विश्वासिलो एवं पुरानो एकमात्र संगठन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रहेको ठहर गर्दै आफू पुनः मूल प्रवाहमा नै फर्किएको बताउनु भयो ।

सो अवसरमा केन्द्रीय वैकल्पिक सदस्य धु्रब शाह, क्षेत्रीय सदस्य एवं नगर समितिका अध्यक्ष मिठु केसी, केन्द्रीय परिषद सल्लाहकार राम बहादुर केसी, नगर सचिव लाखन परियार, उपसचिव राजकमल दत्त, कोषाध्यक्ष दीननाथ थापा, नगर सदस्यहरु : कालू राम उदाले, अनिल सिंह, पूरन परियार, रामू परियार, रवि केसी, पूरन चन्द सुनार, गोठे विश्वकर्माको उपस्थिति रहेको थियो । वर्ष २०२४ को लागि संगठनको सदस्यता अभियान पनि सोही दिनबाट आरम्भ गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार