रुपन्देहीमा रक्तिमको सातदिने प्रशिक्षण सुरु (फोटासहित)

बुटवल । रुपन्देहीको बुटवलमा रक्तिम सांस्कृतिक अभियानको सातदिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।

२०८० माघ २३ गते मङ्गलबार रक्तिमका पूर्व अध्यक्ष रेम रानाको उद्घाटनसँगै प्रशिक्षण सुरु भएको हो ।

कार्यक्रममा उद्घाटन मन्तव्य राख्दै रानाले जनवादी कलाकारहरूले सही विचार अँगाल्नुपर्ने बताउनुभयो ।

देश र जनताको पक्षमा रक्तिम लगातार लागेको बताउँदै उहाँले अझ सशक्त र क्रान्तिकारी स्प्रिटद्वारा लेस हुनुपर्ने धारणा राख्नुभयो ।

बुटवल मेरिगोल्ड होटेलमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि रानाले मैनबत्ती बालेर उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा रक्तिमका उपाध्यक्ष मोहराज चालिसे, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुन्डिराज शर्मा, राजमो बुटवल पालिका समितिका अध्यक्ष पदम श्रेष्ठ, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य शङ्करप्रसाद पोख्रेल, राजमो प्रदेश कार्यालय सचिव भीमलाल न्यौपाने, राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीलगायतले मन्तव्य राख्नुभएको थियो।

क्तिम रुपन्देहीका अध्यक्ष सीता बस्यालको अध्यक्षता, रक्तिम कलाकार मीना बुढाथोकीको स्वागतमा अघि बढेको उक्त कार्यक्रमको सञ्चालन हिमाल थापाले गर्नुभएको थियो ।

रक्तिम कलाकारहरू भूवन बस्याल, सीता बस्याल, मीना बुढाथोकी, रिता पुन, क्षितिज राहादी, विजय, दीपक, आरती घर्ती, प्रिन्स बस्नेतलगायतका कलाकारको उपस्थितिमा प्रशिक्षण कार्यक्रम अगाडि बढेको छ ।

   

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार