मूल प्रवाहका क्षेत्रीय सदस्य थापालाई पितृशोक

हैदरावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्यदक्षिण क्षेत्रीय समितिका सदस्य धनबहादुर थापा पितृशोकमा पर्नुभएको छ ।

बागलुङ जिल्ला जैमिनी नगरपालिका वडा नम्बर ९ घ्युर निवासी बुबा टङ्कबहादुर जिसीको निधन भएसँगै उहाँ पितृशोकमा पर्नुभएको हो ।

गत लामो समयदेखि मिर्गौलाको रोगबाट ग्रसित जिसीको हैदरावाद पन्जागुट्टास्थित निम्स हस्पिटलमा उपचारको क्रममा फेब्रुअरी ८, २०२४ बिहीबार मध्यराति निधन भएको थियो । मृतक जिसीका दाजुभाइ, दिदीबहिनी, छोरा र दुई बुहारीहरूको उपस्थितिपछि जिडिमेट्लास्थित नेहरू समसानघाटमा फेब्रुअरी ९ का दिन अन्तिम संस्कार गरिएको हो ।

मूल प्रवाहको सदस्यसमेत रहनुभएका जिसीको दाहसंस्कारपूर्व शोकसभा आयोजना गरिएको थियो ।

उहाँको पार्थिव शरीरमा महासचिव प्रेम पौडेलले मूल प्रवाहको झन्डा ओढाउनुभएको थियो ।

शोक मन्तव्य राख्नेहरूमा महासचिव पौडेल, क्षेत्रीय अध्यक्ष तथा केन्द्रीय सदस्य रामप्रसाद पौडेल र अखिल भारत नेपाली प्रवासी एकता समाजका केन्द्रीय अध्यक्ष आनन्द थापा हुनुन्थ्यो ।

शोकसभाको सञ्चालन मोहनलाल शर्माले गर्नुभएको थियो ।

मृतक जिसी ७८ वर्षको हुनुन्थ्यो । उहाँका चार भाइ छोरा, चार बुहारी र नातिनातिनाहरू रहेका छन् ।

यता, मध्यदक्षिण क्षेत्रीय समितिका अध्यक्ष पौडेलले शोकवक्तव्य जारी गर्दै स्मृतिशेष जिसीको निधनले परिवार मात्र नभएर सिङ्गो सङ्गठनलाई नै अपुरणीय क्षति पुगेकोमा भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार