नेपालीले भारतमा नागरिकता, भोटर कार्ड, पासपोर्टमध्ये कुनै एकबाट सिम कार्ड पाउने

काठमाडौं । नेपालीहरूलाई अब सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका छन् । भारत सरकारले सोमबार नेपाल र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो । भारतको सञ्चार मन्त्रालयले सूचना जारी गर्दै उक्त निणर्य सार्वजनिक गरेको हो ।

भारत भ्रमणमा जाँदा नेपालीले नागरिकता, भोटर कार्ड, पासपोर्टमध्ये कुनै एकबाट त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका हुन् । त्यस्तै भारतस्थित नेपाली दूतावासले जारी गरेको फोटोसहितको प्रमाण-पत्रले पनि सिम कार्ड खरिद गर्न सकिनेछ।

भारत भ्रमणमा गएका नेपालीले सिम कार्ड नपाउँदा सास्ती भोग्दै आएका थिए । सिम कार्ड नपाएर सास्ती भोग्नु परेको विषयलाई लिएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नेपाल तथा भारत सरकारको लगातार ध्यानाकर्षण गराउँदै आएको थियो । त्यस्तै भारतस्थित विभिन्न नेपाली संघसंस्थाहरुले पनि नेपालीहरुले भारतमा नेपाली सरकारी कागजातको आधारमा सिम कार्ड तथा अन्य सुविधाहरु सहज रुपमा पाउनु पर्ने माग राख्दै आएका थिए ।

त्यस्तै विभिन्न भ्रमण तथा स्वास्थ्योपचारको लागि भारत जाँदा नेपालीहरुले सिम कार्डको अभावमा भोग्नु परेका समस्यालाई काठमाडौंस्थित भारतीय दूतावासमा नेपालीहरूले गुनासो टिपाएका थिए । दिनहुँ गुनासो आउन थालेपछि नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपालीहरूका लागि सिम कार्ड वितरणमा सहजता प्रदान गर्न भारत सरकारसँग पहल गरेका थिए । राजदूत श्रीवास्तवको निरन्तर प्रयासपछि भारत सरकारले नेपाली र भुटानी नागरिकका लागि सिम कार्ड वितरणमा सहजता ल्याएको हो।

नेपालीहरूले सहजरूपमा सिम कार्ड पाउने भारत सरकारले निणर्य गरे पनि यसको कार्यान्वयनका लागि भने केही समय लाग्ने बताइएको छ।

यसअघि विदेशीहरूका लागि सिम कार्ड पाउन पासपोर्टमा भिसा स्ट्याम्पको आवश्यकता अनिवार्य रहेको थियो। आधार कार्ड नभएका र पासपोर्टमा भिसा नभएका विदेशीहरूले भारतीय सिम कार्ड नपाउने भएपछि त्यसको प्रत्यक्ष मारमा नेपाली र भुटानीहरू परेका थिए।

पछिल्लो पटक दिल्लीस्थित नेपाली दूतावासले पनि सो समस्यालाई औपचारिक रुपमा भारत सरकारलाई अनुरोध गरेको थियो । भारत सरकारको यो नयाँ निणर्यले नेपाली नेपाली र भुटानीहरूमा नयाँ आशा पलाएको बताइएको छ । आशा गरौं छिट्टै भारत सरकारको निणर्य कार्यान्वयन आउनेछ ।

तल पनि एक पटक हेरौं :

विदेशस्थित नेपालीको मताधिकारको माग राख्दै मूल प्रवाहद्वारा प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार