वापीमा मनाईयो ११४औं महिला दिवस

निखिल रावत

वापी । पश्चिम भारत गुजरातका बिभिन्न नगरहरूमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न गरेका छन् ।

ज्ञातअज्ञात शहिदहरूको सम्झनामा एकमिनेट मौनधारण पछि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज वापी पश्चिम नगर महिला विभागको आयोजनामा श्रमिक महिला दिवस कार्यक्रम सम्पन्न भएको छ । अध्यक्षता नगर महिला बिभाग कि संयोजक लक्ष्मी कुँवरको अध्यक्षता र मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति सदस्य गोविन्द बहादुर थापाको प्रमुख अतिथि रहनुभएको थियो ।

अतिथिमा मूल प्रवाह केन्द्रीय सदस्य रमकला काउछा, कृष्ण कुँवर, पश्चिम भारत क्षेत्रीय सचिवालय सदस्य प्रविन काउछा, वापी पश्चिम नगर समिति अध्यक्ष निखिल रावत, क्षेत्रीय सदस्य देबेन्द्र रावल, जितु ठकुल्ला, प्रेम चलाउने केन्द्रीय महिला बिभाग सदस्य विना काउछा, क्षेत्रीय महिला बिभाग सदस्य पवन खड्का, वापी पश्चिम नगर सदस्य मोहन ठकुल्ला लगायत अतिथि रहनुभएको थियो । शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि गोविन्द बहादुर थापाले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको कारणबारे उपस्थित महिला, दीदी, बहिनीहरूलाई प्रष्ट्याउनु भएको थियो । देविकला परियारले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रमको सञ्चालन तारा रावतले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार