फरीदावादमा विद्यार्थी नगर समिति गठन

फरीदावाद । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदाबाद नगर समितिमा व्यापक विद्यार्थीहरू बीच भेला गराई अखिल भारत नेपाली विद्यार्थी संघ नगर समिति फरीदाबादको गठन गरिएको छ । ३१ सदस्यीय नगर समिति गठन गरिएको छ ।

भेलाको अध्यक्षता अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय सचिव सरिता बिसीले गर्नुभएको थियो । जसमा : आतित्यता केन्द्रीय समितिबाट रमेशचन्द्र क्षेत्री, केन्द्रीय परिषद्बाट विष्णु बिसी पश्चिमोत्तर क्षेत्रीय समितिबाट सूर्य क्षेत्री मूल प्रवाह अखिल भारत नेपाली एकता समाज फरीदावाद नगर अध्यक्ष बाबुराम बिष्ट र फरीदावाद महिला नगर विभागबाट शकुन्तला थापाको आतिथ्यता रहेको थियो । जसको सञ्चालन कमल कुँवरले गर्नुभएको थियो । एक मिनेटको मौनधारण पछि उपस्थित जनसमुदायलाई कविता थापाले स्वागत गर्नुभएको थियो । त्यसपछि अगाडि बढेको सो भेलाले ३१ सदस्यीय अखिल भारत नेपाली विद्यार्थी संघ फरीदावाद नगर समिति गठन गरेको छ ।

जसमा : अध्यक्ष- कमल कुँवर, उपाध्यक्ष- चाँदनी थापा, सचिव- विपना बिष्ट, सहसचिव- कमला थापा र कोषाध्यक्ष- विशाल बिसी रहनुभएको छ । सदस्यमा क्रमशः सरिता बिसी, सिर्जना खनाल, शारदा थापा, कविता थापा, प्रवीण भुसाल, प्रतिभा भुसाल, चन्दा थापा, निरज अधिकारी, मनिष जिसी, सुरज सुवेदी, सुजाता खनाल, सागर खड्का, दुई स्थान खाली रहेको छ ।

वैकल्पिक सदस्यमाः शिव घिमिरे, नवीन केसी, रेखा बिष्ट, सुनिल थापा, निशा केसी र युवराज जिसी रहनुभएको छ ।

त्यसैगरी सल्लाहकारमाः शीतल थापा, सिम्रन नेपाली, ऋषि जिसी, मनिषा खनाल, सुनिल पाण्डे र विशाल पाण्डे रहनुभएको छ ।
उक्त समिति गठन भइसकेपछि सम्पूणर् टिमको तर्फबाट अध्यक्षले प्रतिवद्धता प्रकट गर्नुभएको थियो । त्यसपछि रमेशचन्द्र क्षेत्री, विष्णु बिसी, सूर्य क्षेत्री, बाबुराम बिष्ट र शकुन्तला थापाले बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार