लखनऊमा एरिया समिति गठन

लखनउ, १२ मार्च । यहि १२ मार्च २०२४ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य, उत्तर भारत क्षेत्रीय समितिद्धारा सञ्चालित लखनऊ नगर समिति अन्तर्गत पर्ने आलमबागमा केन्द्रीय सदस्य भिम बहादुर थापाको बिशेष उपस्थितिमा भेला सम्पन्न भएको छ । भेलाले ९ पुर्ण ३ बैकल्पिक ३ सल्लाहकार गरि १५ सदस्यीय आलमबाग एरिया समिति गठन गरेको छ ।

जसमाः अध्यक्ष– वसन्त वली, उपाध्यक्ष– तुलसीराम वली, सचिब– इन्द्र वली, सहसचिब– रोसन वली, कोषाध्यक्ष भिम बहादुर वली, सदस्यहरुमा पुर्ण बहादुर वली, मीन बहादुर वली, बसन्त बहादुर खड्का, मनोज वली, बैकल्पिक सदस्यहरुमा बिपन वली, रमेस पुन, भेष राज खडका, सल्लाहकारहरुमा दिपक, चेतुलाल वली, एक स्थान रिक्त छभने नयाँ निर्बाचित सम्पुर्ण सदस्यको सफत ग्रहण पछि केन्द्रीय सदस्य भिम बहादुर थापाले नयाँ समितिलाई बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार