मूल प्रवाहद्धारा असक्तलाई आर्थिक सहयोग

सुरत, १८ मार्च । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समितिले एकजना असक्त व्यक्तिलाई आर्थिक सहयोग गरेको छ ।

जिल्ला कैलाली, टिकापुर २ निवासी सालिमाने आग्रीका ४२ वर्षीय छोरा सुरेश आग्री दुई बर्ष पहिले एक्सिडेन्ट्मा पर्दा दुबै खुट्टा गुमाएका थिए । उनको नाजुक अवस्थालाई मध्ये नजर गर्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समितिले तत्कालको लागि रु २०,३००/- (विस हजार तीन सय) सहयोग गरेको छ ।

नगर समिति सुरतले भारत प्रवासमा रहने विभिन्न सहयोग व्यक्ति तथा संघ संस्थाहरु समक्ष पनि निजलाई सहयोगको लागि अपिल समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार