रुसमा भएको आतंकवादी हमलाको मसालद्वारा निन्दा

काठमाडौं । नेकपा (मसाल) ले रुसमा भएको आतंकवादी हमलाको भर्त्सना गरेको छ ।

केही दिनअघि रुसको राजधानी मस्कोस्थित कन्सर्ट हलमा भएको आक्रमणमा परी १६७ जनाको ज्यान गएको थियो भने ठूलो संख्यामा मानिसहरु घाइते भएका थिए ।
नेकपा (मसाल) ले घटनाका मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै, निअपराध जनतामाथि हुने यसप्रकारका आतंकवादी आक्रमणको संसारभरबाट विरोध गर्न पनि आग्रह गरेको छ ।

महामन्त्री मोहनविक्रम सिंहद्वारा चैत १३, २०८० मा जारी वक्तव्यमा भनिएको छ,

“रूसको मस्को नजिकैको एउटा सिटी हलमा आतङ्कवादी हमलाद्वारा १ सय ६७ जनाको मृत्यु तथा ठूलो संख्यामा घाइते भएको घटनाप्रति ने.क.पा.(मसाल)ले गम्भीर दुःख र क्षोभ प्रकट गर्दै मृतक व्यक्तिप्रति श्रदाञ्जली तथा उनीहरूका सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ । संसारका जुनसुकै भागमा निरपराध र निशस्त्र जनतामाथि हुने त्यस प्रकारका आतंकवादी घटनाहरूको हाम्रो पार्टीले सँधै विरोध गर्दै आएको छ । त्यस प्रकारको आतङ्कवादी हमला जघन्य अपराध हो र त्यसको विश्वव्यापी रुपमा नै भत्र्सना हुनुपर्दछ ।”

२०८० चैत्र १३ गते ।
मोहनविक्रम सिंह
महामन्त्री

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार