पार्टीको चिन्ता वा अफवाह फैलाउने राजनीतिक उद्योग

मनोज भट्ट ##

१. विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टी, त्यसका नेता वा कार्यकर्ताका विरुद्ध क्रान्तिविरोधी शक्तिहरूले र कतिपय अवस्थामा जान वा अन्जानमा पार्टीकै सदस्यहरूले अफवाह फैलाउने गरेको लामो सिलसिला रहिआएको छ । क्रान्ति तथा क्रान्तिकारी नेताका विरुद्ध अफवाह फैलाउने सवालमा साम्राज्यवादी तथा फासिवादीहरू एउटा निश्चित रणनीतिअन्तर्गत विश्वभरि काम गरिहेका छन् । क्रान्तिकारी पार्टी तथा नेताका विरुद्ध अफवाह फैलाएर जनसमूहबाट उनीहरूलाई अलग गर्ने पार्टी, नेता तथा क्रान्तिप्रति जनतामा भ्रम सिर्जना गरेर पार्टीको घाँटी निमोठ्ने काम हुदै आएको छ । निरन्तर भ्रम र अफवाहलाई चिर्ने प्रयत्न गरिरहनुपर्दछ ।

२. नेताहरू जीवित अवस्थामा मात्र होइन, मृत्यु भइसकेपछि पनि उनीहरूका विरुद्ध विभिन्न खाले अफवाह फैलाएर क्रान्तिकारी आन्दोलनमा पु¥याएको योगदानलाई न्यूनीकरण गर्ने, जनताका बिच विकृत रूपमा प्रस्तुत गर्ने सिलसिला पनि रहिआएको छ । केही उदाहरणमा जाउँ । एङ्गेल्सको बारेमा साम्राज्यवादी वा प्रतिकृयावादीले फैलाएका अफवाहको बारेमा खासै सामग्री भेटिँदैन तर जहाँसम्म माक्र्सको प्रश्न छ, उहाँका नितान्त वैयक्तिक प्रश्नलाई लिएर थुप्रै अफवाह फैलाएको पाइन्छ । अफवाह फैलाउनेमा प्रतिकृयावादीदेखि धार्मिक कट्टरपन्थीसम्म भेटिन्छन् । कैयौँले माक्र्स र गान्धीको तुलना गर्दै माक्र्सलाई अत्यन्तै रिसाह, अत्यधिक धूमपान गर्ने जस्ता निम्न स्तरका आरोप लगाउने गरेको पाइन्छ । त्यति मात्र नभएर माक्र्सकी सहयोगी हेलेन डेमिथ र माक्र्सका बिचको सम्बन्धका बारेका कैयौँ भ्रामक कुरा उठाउने गरेका छन् । त्यस विषयलाई लिएर कैयौँ सामग्रीसमेत लेखिएका छन् । मूलतः साम्यवादी आन्दोलनमा माक्र्सका मौलिक आविष्कारहरू ऐतिहासिक भौतिकवाद, अतिरिक्त मूल्यको सिद्धान्त, द्वन्द्ववादको क्षेत्रमा उहाँले पु¥याएको योगदानको खण्डन गर्न नसकेर प्रतिकृयावादीले वैयक्तिक, अझ त्यसमा पनि यौन जस्ता संवेदनशील कुरा उठाएर सर्वहारा वर्गका बिच माक्र्सलाई बदनाम गर्ने, उनीहरूको माक्र्सवादबाट ध्यान अन्यत्र मोड्न चाहन्थे ।

३. खास गरेर लेनिनको मृत्युपछि लेनिनका विरुद्ध अफवाहको बाढी नै आएको देखिन्छ । कैयौँ विश्वप्रसिद्ध सञ्चारमाध्यमहरू, जस्तै– बिबिसी, बेलायतबाट प्रकाशित हुने पत्रिका द गार्डनरले लेनिनका विषयमा थुप्रै भ्रामक रिपोर्ट सार्वजनिक गरेका छन् । लेनिनका विरुद्ध अफवाह फैलाउनुको कारण प्रष्ट छ : लेनिन विश्वमा पहिलो समाजवादी क्रान्तिका नेतृत्वकर्ता, समाजवादका संस्थापक तथा रुसमाथि दर्जनौँ साम्राज्यवादी मुलुकले गरेको आक्रमणका विरुद्ध समाजवाद तथा रुसको राष्ट्रियता रक्षाका लागि नेतृत्व गरेका व्यक्ति थिए । लेनिनले गरेको कार्यबाट साम्राज्यवादीको स्वार्थमा धक्का पुगेको थियो । त्यसैले साम्राज्यवादीहरू लेनिनका विरुद्ध विभिन्न खाले अफवाह फैलाएर समाजवादी आन्दोलनमा लेनिनलाई बदनाम गर्न चाहन्थे । महिलासँग लेनिन तथा षड्यन्त्र भाग १ र २ नाम दिइएको प्रोजेक्टअन्र्तगत बिबिसी तथा द गार्डनरले लेनिनमाथि कैयौँ आरोप लगाएका छन् । लेनिन विवाहित हुँदाहुँदै पनि आफ्नै पार्टीकी कार्यकर्ता इनेसा आर्मन्डलाई आफ्नो रखौटी बनाएको, उनको यौनशोषण गरेको भनेर आरोप लगाएका छन् भने अर्कोतर्फ, लेनिन नपुंशक एका कारण उनको कुनै सन्तान नजन्मेको अफवाह फैलाएका छन् । अझ कतिपय रिर्पोटमा यौनजन्य रोगका कारण लेनिनको सन्तान नजन्मेकोसमेत आरोप लगाएका छन् ।

इनेसा आर्मन्डका कारण लेनिन र क्रुप्सकायाका बिच झगडासमेत हुने गरेको आरोप लगाएको पाइन्छ ।

४. दुस्मन तथा अवसरवादीले विभिन्न अफवाह फैलाएर स्टालिनलाई विश्व कम्युनिस्ट आन्दोलनमा विकृत रूपमा वा दानवीकरण गरेर प्रस्तुत गर्ने गरेका छन् । सन् १९४५ सम्म रुसभित्र तथा दोस्रो विश्वयुद्धमा फासिवादको मोर्चामा सहभागी तथा नेतृत्व गरेका कारण कैयौ साम्राज्यवादी मुलुकमा समेत स्टालिनको पक्षमा प्रचारको बाढी नै आएको थियो तर सन् १९५६ मा रुसी कम्युनिस्ट पार्टीको बिसौँ महाधिवेशनमा ख्रुस्चेभले स्टालिनका विरुद्ध गोप्य प्रतिवेदन पेस गरेर स्टालिनमाथि कैयौँ आरोप लगाए, जसको परिणाम विश्व कम्युनिस्ट आन्दोलनमा स्टालिनका विरुद्ध फैलिएको अफवाहबाट माओे नेतृत्वको चिनियाँ कम्युनिस्ट पार्टीसमेत प्रभावित हुन पुगेको थियो । स्टालिनको पक्षमा झन्डै चार वर्षपछि मात्र चिनियाँ कम्युनिस्ट पार्टीले अडान लिन सक्यो । अफवाहले कति ठुलो गम्भीर असर पर्दछ ? यो त्यसको एउटा ज्वलन्त उदाहरण हो । स्टालिनका विरुद्धको गोप्य प्रतिवेदनका कारण विश्वभरिका साम्राज्यवादीलाई स्टालिनका विरुद्ध अफवाह फैलाउन सजिलो हुनुका साथं रुसको समाजवाद तथा विश्व कम्युनिस्ट आन्दोलनलाई सिध्याउनका लागि हतियार नै फेला परेको थियो ।

५. विश्व कम्युनिस्ट आन्दोलनमा माओ र उहाँकी पत्नी चियाङचिङका विरुद्ध पनि थुप्रै अफवाह फैलाइएको पाइन्छ । माओ जीवित अवस्थामा तथा मृत्यु भइसकेपछि पनि उहाँका विरुद्धको अफवाहको बाढी रोकिएको छैन । अत्यन्तै साना झिनामसिना कुरा उठाएर माओको तेजोबध गर्न साम्राज्यवादीले कुनै कसर बाकी राखेका छैनन् । माओले जिन्दगीभर कहिले पनि दाँत माझेनन् जस्ता कुरा गरेर माओलाई उडाउने काम गर्नेदेखि मान्छेको संवेदनालाई अत्यन्तै चाडै छुने यौनका कुरा पनि माओका उठाएर बदनाम गर्ने गरिएको छ । अझ च्याङचिङमाथि त तल्लो दर्जाका आधारहनी चारित्रिक कुरा उठाएर बदनाम गर्ने गरिएको छ ।

६. उपर्युक्त कुराबाट यो बुझ्न गाह्रो पर्दैन कि क्रान्तिकारी पार्टी तथा त्यसका नेता जीवित छउञ्जेल वा उनको मृत्यु भइसकेपछि पनि अवसरवादी वा दुस्मनले कैयौँ अफवाह फैलाएर धमिलो पानीमा माछा मार्ने, कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्ने र त्यसलाई कमजोर बनाउन प्रयत्न गर्ने काम सुरुदेखि नै गर्दै आएका छन् । त्यो कुरा हाम्रै पार्टी तथा नेताहरूको हकमा पनि सत्य हो । हाम्रो पार्टीका नेताहरूका विरुद्ध कम्युनिस्ट आन्दोलनभित्रको अवसरवादी धारा तथा प्रतिकृयावादीले कैयौँ अफवाह फैलाएर पार्टीलाई कमजोर बनाउने षडयन्त्र गर्ने सिलसिला रोकिएको छैन ।

७. पार्टी महामन्त्री का. मोहनविक्रमसिंह माथि कैयौँ विषयमा आधारहीन विरोध, गालिगलौज तथा अफवाह फैलाउनमा अवसरवादी र प्रतिकृयावादीले कुनै कसर बाँकी राखेका छैनन् । नितान्त व्यक्तिगत विषयलाई लिएर आधारहीन आलोचना गर्ने गरेको पाइन्छ । अफवाह फैलाउने र आधारहीन आलोचना गर्ने दौडमा विशेषतः विभिन्न समयमा विभिन्न मतभेद देखाएर पार्टीबाट अलग भएका तŒवको सङ्ख्या नै धेरै रहेको छ । यस्तो लाग्दछ, ती तŒवले अफवाह फैलाउने राजनीतिक उद्योग नै खोलेका छन् । प्रत्येक दिन त्यो उद्योगमा नयाँ नयाँ अफवाह उत्पादन गरिन्छ र सामाजिक सञ्जाल वा विभिन्न प्रविधिका माध्यमद्वारा जनताका बिच पस्किन्छन् । त्यो अफवाह गलत सिद्ध भएपछि पुनः नयाँ नयाँ अफवाह उत्पादन गर्दछन् र कम्युनिस्ट आन्दोलनमा वितरण गर्दछन् ।

यो प्रक्रिया निरन्तर चलिरहेको छ । कहिले यो प्रक्रियालाई पुराना जोगीले अगाडि बढाउँछन् भने बिच बिचमा नयाँ जोगी पनि बढी खरानी घसेर आउने गरेका छन् ।

८. उनीहरूले का. मोहनविक्रम सिंहले लिएको राजनैतिक दिशाको बारेका कम तर वैयक्तिक सवालमा अफवाह र आक्षेप फैलाउने र लगाउने गरेका छन् । तत्कालीन मध्यपन्थी धाराले झन्डै दुई दशकसम्म का. मोहनविक्रम सिंहको यौनसम्बन्धी विषयमा अफवाह फैलाइराखे । यौनको कुरा बिक्न छोडेपछि थरी थरीका नयाँ नयाँ अफवाह फैलाउने काम निरन्तर जारी नै राखेका छन् । आठौँ महाधिवेशनपश्चात् पार्टीका फुटपरस्त तŒवले भारतीय राजदूतसँग भेटेर पत्नीलाई मन्त्री बनाउन चाहेको, पार्टीभित्र प्राप्त हुने लेबी, आर्थिक सहयोग मोहनविक्रमले पारिवारिक भरणपोषणमा लगाउने गरेको, पत्नीलाई सांसद बनाउन काङ्ग्रेससँग गठबन्धन गरेका जस्ता अत्यन्तै निम्न दर्जाका आरोप लगाउने तथा अफवाह फैलाउने गर्दै आएका छन् ।

९. राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीका विरुद्ध पनि विभिन्न खाले अफवाह फैलाउने र उहाँको स्वच्छ छविलाई जनताका बिच धुमिल पार्ने षड्यन्त्र पनि सुरु भएको छ । पार्टीबाट अनुशासनको कारबाहीमा परेका फुटपरस्तले उहाँमाथि कैयौँ आधारहीन आरोप लगाएका थिए तर का. केसीको राष्ट्रिय व्यक्तित्व, स्वच्छ छवि र कम्युनिस्ट आन्दोलनमा निरन्तर सक्रियताका कारण निर्माण भएको विराट व्यक्तित्वका कारण ती आधारहीन आलोचना र अफवाह स्वतः निस्तेज हुन पुगेका छन् । अहिले कतिपयले उहाँलाई पदलोलुप भएकै कारण जनताका बिच उहाँको प्रभाव दिनप्रतिदिन स्खलित भइरहेको अफवाह फैलाइरहेका छन् ।

का. केसीले पदलाई प्राथमिकता दिएर पार्टीभित्र वा बाहिर कुनै आशक्ति देखाएको अहिलेसम्म हाम्रो जानकारीमा छैन । लामो समयसम्म केसीजीको अत्यन्तै निकट रहेर काम गर्ने अवसर पाएको एक सदस्य म पनि हुँ । उहाँ उपप्रधानमन्त्री हुँदा उहाँको सचिवालयको प्रमुख भएर झन्डै नौ महिना, राष्ट्रिय जनमोर्चाको केन्द्रीय कार्यालयको सचिवको हैसियतले दुई वर्ष तथा महासचिवको हैसियतमा झन्डै तीन वर्ष उहाँको निकट रहेर काम गरेको अनुभवका आधारमा यो दाबीका साथ भन्न सकिन्छ कि उहाँको बोलाइ र गराइका बिचमा कुनै अन्तर छैन र त्यसमा एकरूपता छ ।

२०७४ सालको निर्वाचनमा पार्टीले उहाँलाई बागलुङबाट उम्मेदवार बनाउन खोजेको थियो । त्यस बेला वाम गठबन्धनका कारण उहाँ निर्वाचन सजिलै जितेर आउन सक्नुहुन्थ्यो तर उहाँले त्यो स्वीकार गर्नुभएन । २०७८ सालको माघमा भएको राष्ट्रियसभाको निर्वाचनमा पनि उम्मेदवार हुन उहाँलाई पार्टीले जोड दिएको थियो । यदि उहाँ पदलोलुप भएको भए त्यसलाई सहज रूपमा स्वीकार गर्नुहुन्थ्यो । २०७८ सालको राष्ट्रियसभा निर्वाचन हाम्रो पार्टीले पाँचदलीय गठबन्धनसँग मिलेर लडेका थियौँ । पाँचदलीय गठबन्धनमा उहाँको प्रस्तावलाई आबद्ध दलले सहज स्वीकार्ने अवस्था पनि थियो तर उहाँले नै राष्ट्रियसभामा उठ्ने प्रस्तावलाई स्वीकार गर्नुभएन ।

१०. जहाँसम्म २०७९ सालको आम निर्वाचनमा उम्मेदवार हुने सवालमा पनि उहाँले रुचि देखाएको होइन । सिट विभाजनका लागि पाँचदलीय गठबन्धनले आयोजना गरेका धेरैजसो बैठकमा म पनि सहभागी छु । पाँचदलीय बैठकमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउबा प्युठानमा दुर्गा पौडेललाई साझा उम्मेदवार बनाउने सवालमा सुरुदेखि नै सहमत हुनुहुन्थ्यो भने बागलुङको सवालमा केसीजीलाई पार्टीले उम्मेदवार बनाए हामीलाई भोट आदानप्रदानका लागि सजिलो हुन्छ । का. केसीलाई उम्मेदवार बनाएपछि नेकाका साथीहरूलाई चित्त बुझाउन आफुलाई सजिलो हुने देउवाको जोड रहँदै आएको थियो । यदि का. केसी उम्मेदवार बन्न सहमत नभएमा बागलुङको सङ्घीय निर्वाचन क्षेत्र हाम्रो हातबाट गुम्ने डर थियो । प्रदेशको एउटा सिटमा सीमित हुनुपर्ने अवस्था देखा परेको थियो । त्यसबाट पार्टीले राष्ट्रिय स्तरमा खेल्न सक्ने राजनैतिक भूमिकाबाट बन्चित हुनुपर्ने भएकोले अन्तिममा का. केसी उम्मेदवार बन्न सहमत भएको स्थिति हो ।

११. राष्ट्रिय जनमोर्चाको तेस्रो तथा चौथा राष्ट्रिय सम्मेलनमा का. केसीले पार्टीकै जोडमा अध्यक्ष हुन सहमत भएको स्थिति हो । उहाँको चरित्र र स्वभावसँग मेल नखाने पदलोलुपको अफवाह फैलाएर यसबाट कसलाई फाइदा पु¥याउन खोजिएको छ ? त्यसबारेमा हामी स्पष्ट नै छौँ ।

१२. कतिपयले पार्टीमा सुधार गर्ने नाममा सार्वजनिक रूपले पार्टीका विभिन्न नेताका विरुद्ध अफवाह फैलाउने, पार्टीप्रति जनतामा वितृष्णा पैदा गराउने कार्य निरन्तर गरिरहेका छन् । सार्वजनिक रूपमा भइरहेको उनीहरूको यस्तो कार्यले पार्टीका विरुद्ध रहेका फुटपरस्त तथा भगौडा, एमाले, माओवादी, घण्टी पार्टीलगायतलाई हाम्रो पार्टीको विरोध गर्ने अवसर गजबसँग जुटाइदिने काम भइरहेको छ । फुटपरस्त तथा भगौडा, एमाले, काङ्गेस, राजावादी, माओवादी, घण्टी पार्टीसँग संयुक्त मोर्चा कायम गरेर आफ्नै भनिएको पार्टीका विरुद्ध प्रहार गरेर पार्टीलाई सुधार होइन कि ध्वस्त गर्ने प्रयत्न भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार