रक्तिमका महासचिव हेमराज आश्रम सम्मानित

बागलुङबजार । रक्तिम सांस्कृतिक अभियानका महासचिव हेमराज आश्रम सम्मानित हुनुभएको छ ।

२०८१ वैशाख १ गते शनिबार काठेखोला गाउँपालिका–२ अक्षेतेबजारमा आयोजिक एक औपचारिक कार्यक्रममाझ महासचिव आश्रमलाई काठेखोला प्रतिभा–२०८० द्वारा सम्मान गरिएको हो ।

दोस्रो अध्यक्ष कप–२०८० को अवसरमा गायन क्षेत्रबाट योगदान गरेबापत उहाँलाई उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ  ।

महासचिव आश्रमलाई खादा, सम्मानपत्र र ३० हजार रुपियाँले सम्मान गरिएको हो ।

काठेखोला गाउँपालिकाद्वारा आयोजित उक्त कार्यक्रममा साहित्यतर्फ दिल श्रीस र खेलकुदतर्फ कृष्णप्रसाद कँडेललाई पनि सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार