वृहत साँस्कृतिक भेला सम्पन्न

नयाँ दिल्ली, २१ अप्रेल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत साँस्कृतिक विभागको भेला सम्पन्न भएको छ । भेला केन्द्रीय अध्यक्ष ठाकुर खनालको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको थियो ।

प्रमुख अतिथिको आसनबाट मन्तव्य दिंदै खनालले प्रगतिशिल साँस्कृतिक क्षेत्रममा काम गर्ने कलाकारहरूको एक प्रकारको अभावको विचमा सम्पन्न हुन लागेको यो भेलाले प्रगतिशिल आन्दोलनमा ऐतिहाँसिक महत्व राख्ने बताउनु भयो । ‘श्रमजिवी वर्गको पक्षमा कला प्रस्तुत गर्नेहरूमाथि वर्तमान व्यवस्थाले निर्मम रुपमा प्रहार गरिरहेको छ ।’ खनालले भन्नु भयो– ‘श्रमजिवी वर्गको पक्षपोषण गर्ने कला प्रस्तुतीले केवल मनोरञ्जन मात्र प्रदान नगरेर त्यो वर्गको राज्यसत्ता स्थापनाको लागि समेत टेवा पुर्याउँछ ।’

कार्यक्रम पश्चिमोत्तर क्षेत्रीय समितिका अध्यक्ष सालिकराम आचार्यको अध्यक्षता र सचिव शिव केसीको सञ्चालनबाट अगाडि बढेको थियो । कार्यक्रममा सहभागिहरूलाई क्षेत्रीय साँस्कृतिक विभागका संयोजक पहलसिंह परियारले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष कपिल खनाल, केन्द्रीय सचिवलाय सदस्य धनवीर पुन मगर, केन्द्रीय सदस्य कृष्टि राई, पश्चिमोत्तर महिला क्षेत्रीय संयोजक लक्ष्मी खडायत, अखिल भारत नेपाली विद्यार्थी संघ केन्द्रीय सचिव सरिता विसी लगायतले शुभकामना दिनुभएको थियो ।

नगर सम्मेलन अभियान साँस्कृतिक कार्यक्रम परिचालन समिति :

भेलाले विष्णु विसी (फरीदावाद) को संयोजकत्वमा २१ सदस्यीय नगर सम्मेलन अभियान साँस्कृतिक कार्यक्रम परिचालन समिति निर्माण गरेको छ । सदस्यहरूमाः पहलसिंह परियार (नयाँ दिल्ली), सानु बस्नेत (जोधपुर), ओम थापा (जयपुर), नारायण पौडेल (जयपुर), कृष्टि राई (भिवाडी), सुरज गतराज (गुडगाव), दिनेश पन्थी (नयाँ दिल्ली), तिलक पाण्डे (ओखला), धरम खनाल (फरीदावाद), प्रकाश केसी (भिवानी), सुभास गौतम (रोहतक), फूलमायाँ जिसी (करनाल), लक्ष्मी खडायत (नयाँ दिल्ली), लाखन परियार (आगरा), कृष्ण वैजाली (सोनीपत), नरेन्द्र अधिकारी (दिल्ली), सुश्मा थापा (जयपुर), रिम राना (जयपुर), कल्पना थापा (जयपुर) र राम बहादुर थापा (भिवाडी) रहनु भएको छ । भेलाले ६९ कलाकारहरु बीच चार टोलीको निर्माण गरेको छ ।

टोली नम्बर १ :

टोली प्रमुख राम बहादु थापा, सदस्यहरूमाः सोनिया थापा, नितिन थापा, सौम्या थापा, श्रृष्टी राई, रानी थापा, कृष्टि राई, मनिस गुरुङ, नारायण पौडेल, साक्षी थापा, आकाश जिएम, ज्योती राना, सुस्मा र निकिता थापा रहनुभएको छ ।

टोली नम्बर २ :

टोली प्रमुख धरम खनाल र सदस्यहरूमाः विष्णु विसी, सरिता विसी, विपना विष्ट, कमला थापा, कविता थापा, श्रृजना खनाल, नविन केसी, निशा केसी, विसाल पाण्डे, चन्दा थापा, चाँदनी थापा, सिव घिमिरे, सागर खड्का, विनोद परियार, दर्शन पुन मगर, सकुन्तला थापा र मनिसा खनाल ।

टोली नम्बर ३ :

टोली प्रमुख पहलसिंह परियार र सदस्यहरूमाः प्रकाश गतराज, सुमित्रा थापा, नर बहादुर रेस्मी, धरम केसी, निरु पुन, इशा केसी, हिमा भण्डारी, मेहक खत्री, निरुता भुसाल, विद्या परियार, अर्चना खनाल, पुष्पा खनाल, विपशा परियार, कविता परियार, कल्पना भट्टराई, रित क्षेत्री, सालिकराम पौडेल, मनिसा बस्याल, समिर खनाल, विसाल भाट, बंसिका रायमाझी, सुस्मीता खड्का, सिसिर खड्का, विसिक रायमाझी, अस्मिता पाण्डे र सागर कुँवर ।

टोली नम्बर ४ :

टोली प्रमुख मोहन विक, सदस्यहरूमाः वसन्त केसी, मनिसा परियार, विपना जिसी, सोनीया वेल्वासे, भुप बहादुर थापा, अनिता खत्री, खुसी सोनी, सानियाँ नेपाली, विष्णु अर्याल, प्रकाश केसी, विमला जिसी, अमृता सुनार ।

एक नम्बर टोलीले भिवाडी, जयपुर, जोधपुर, निमराना, रिवाडी, नारनौलमा सम्मेलन सम्पन्न पार्नेछ । भने दुई नम्बर टोलीले फरीदावाद, आगरा, हापुड, मेरठ, पलवलमा सम्मेलन सम्पन्न पार्नेछ । त्यस्तै तीन नम्बर टोलीले गुडगाउँ, दिल्ली, नयाँ दिल्ली, ओखला, पूर्वी दिल्ली, करनाल र नोएडामा सम्मेलन सम्पन्न पार्नेछ । चार नम्बर टोलीले भिवानी, रोहतक, सोनीपत, पानीपत र दादरीमा सम्मेलन सम्पन्न पार्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार