विलिन हुन जाउ साथी (कविता)

  • धनवीर पुनमगर

हावामा कावा खाँदैखाँदै जाउ साथी,
काफल गेडी पनि पाक्दैछरे गाउँतिर ।
किम्बु पाकेर करेसाहरु रंगिन छन् रे,
ऐसलु पाकेर पाखै पहेंलपुर भयो रे ।

 

यो खुशीयालीमा तिम्रो मलिन अनुहार !
ल्याउने–जाने छैनन् खुशीको वेसुमार !
खुशीमा फूलमात्रै हैन धुलो पनि उदास्,
तिमीसङ्ग नसाथ छन् दीनहरु, न सिल्पकार ।

 

दु:खद ! परिपञ्चबाट नयाँ पञ्च बन्ने भयौ,
राजाको सपनाबाट महाराजको संरक्षक ।
गणतन्त्र तिमीलाई गलाको हड्डी भयो,
जनवादी नारा त केवल तिम्रा फुस्रा मस्तक ।

 

क्रान्तिलाई हथियार बनायौ सोझालाई मतियार,
झुन्डलाई बृहत देखेउ अराजकतालाई सम्हार ।
पार्टी निर्माण त केवल तिम्रो बहाना थियो,
खोज्दै बहानाहरू गर्नुथियो बिचारको नरसम्हार ।

 

अझै पनि भजाउँदै छौ भन्ने सुन्छु ‘क्रान्ति’,
२०४४ मै आएको थियो ‘क्रान्ति वा भ्रान्ति’।
आफ्ना सपना अरुलाई दक्षिणामा दिएर,
प्रतिशोधमा सल्किएर कहाँ हुन्थ्यो क्रान्ति ।

 

जाउ साथी, सारालाई नसमेट्ने नारा लिएर,
उग्रवामपन्थी भनिएकासँग बहेलीखेल्दै जाउ ।
क्रान्तिको नारा भट्टाउदै, सोघोषित क्रान्तिकारी,
दक्षिणपन्थी संशोधनवादमा विलिन हुन जाउ ।

 

देश रापिदा देशैभरि दुखिहरू जलिरहेछन्,
अबसरवादीहरू एकता आलापिरहे छन् ।
देशै बनमारा र डढेलोले खरानी बनिरहदा,
सपनाको लड्डु सपना मै घ्युसँग खाइरहे छन् ।

 

जाउ साथी, सारालाई नसमेट्ने नारा लिएर,
हावामा कावा खाँदैखादै जाउ साथी जाउ,
……………………………………………….

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार