फर्कौं स्वदेशमा । (तिजि गीत)

पुष्पा पौडेल- हैदराबाद

आदरणीय बुवाआमा, दिदिबहिनी दाजुभाई,
82 को तिजमा स्वागत सबैलाई ।

बर्ष दिनको तिज आयो नयाँ रङ लिएर,
अप्ठ्यारा र पिडादायी सास्ती दिएर ।

भारत र सन्सार भरी छरिएका नेपाली,
देश फर्कने संकल्प गरौं यसपाली ।

नेपाल छाडी बिदेशिने भएको थियो बाध्यता,
भोगिएका घटना बताइ छैन साध्यत ।

रगत र पसिनाको भयन कहिल्यै निसाफ,
चुप लागेर बस्नु हुन्न खोजौं हिसाब ।

देशमा रोजगार नपाउनाले बिदेशिनु परेको
प्रदेशको माटो भिजाइ दुख गरेको ।

नत पायौं सुख हामीले नत पायौं सुबिधा,
जीवन बित्यो प्रदेशमा भयो द्विबिदा ।

उमेर बित्यो, बल बैँस सबै गयो बिदेशमा,
अब ढिला गर्नु हुन्न फर्कौं स्वेदेशमा ।

कति सहने अन्याय र अत्याचारको चाङ्लाई,
बिरोध गरि अघि बढौं सहन हुन्न अपमानलाई ।

आफ्नो जीवन हत्केलामा राखी काम गर्ने हो,
पुजीपती नोकरशाही आँखा तार्ने भो ।

तर छैन मुल्यांकन ब्यर्थै गयो रगत,
आफ्नै देशमा सुन फल्छ फर्कौं अबत ।

यो तिजलाइ यति भन्दैरोक्छु मेरो कलम,
अर्को साल भेट हौला लाल सलाम ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार