गजल

उठ जाग युवाहरु, संघीयता हटाउनु पर्छ
शिक्षा स्वास्थ्य जन हितमा चलाउनु पर्छ

हेर महगी बेरोजगारी मुलुकमा अति भो
गलत चिन्तन जन आवाजले दबाउनु पर्छ

स्वार्थी थियो प्रदेशकै अबधारणा मुलुकमा
अग्रगामी चिन्तन निस्वार्थ जगाउनु पर्छ

हुन्छ बिजय वर्ग संघर्ष सिखरमा पुग्नेछ
देशको जनशक्ति मजबुत बनाउनु पर्छ

उत्पादन र उत्पादन सम्बन्ध बुझ्नु छ
युगको प्रतिनिधि अभियन्ता जन्माउनु पर्छ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार