सन्त बहादुरको मशालमा फूट, एउटा गुट मात्रै वैद्यमा जाने

काठमाडौं । यही २०८१ बैशाख १९ गते क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल र सन्त बहादुर नेपालीको मशाल बीच पार्टी एकताको चर्चा सामाजिक सञ्जालमा चुलिएको परिवेशमा अर्को नयाँ समाचार बाहिर आएको छ । सन्त बहादुर नेपालीले नेतृत्व गरेको मशालको एक पक्षले मात्रै पार्टी एकताको नाममा आत्म समर्पण गरेको आरोप हालै सम्पन्न भेलामा सहभागि एक प्रतिनिधिले लगाए । भेला २०८१ बैशाख ७ र ८ गते सम्पन्न भएको थियो ।
मशालको २०८१ बैशाख ७ र ८ गते सम्पन्न भेलामा भने दुई गुट देखिएको अर्का प्रतिनिधिले बताए । उनको अनुसार एक गुटको नेतृत्व सन्तबहादुर नेपालीले र अर्को गुटको नेतृत्व विमल शर्माले गरेका छन् । करिब ६० जनाको सहभागिता रहेको उक्त भेलामा वैद्यसँग पार्टी एकता गर्ने वा नगर्ने भन्ने विषयमा मतदान भएको थियो । नगर्ने विमल शर्माको पक्षमा १७ मत परेको थियो भने एक मत तटस्त रहेको थियो । छलफलको दौरानमा तटस्त दुई जना देखिएता पनि निर्णयार्थ प्रस्तुत हुँदा तटस्तमा एक मत मात्रै परेको थियो ।
सोही भेलाको निर्णय सार्वजनिक गर्दै २०८१ बैशाख ११ गते सन्त बहादुर नेपालीद्धारा वक्तव्य जारि गरिए थियो र २०८१ बैशाख १३ गते सन्त बहादुर नेपाली र मोहन वैद्यको संयुक्त वक्तव्य जारि गरि २०८१ बैशाख १९ गते पार्टी एकता गर्ने भन्ने घोषणा गरिएको थियो । त्यसको मसि सुक्न नपाउँदै २०८१ बैशाख १४ गते दाङ जिल्लाका सेक्रेटरी राम बहादुर जिएमले वक्तव्य जारि गरि सिंगो दाङ जिल्ला समिति वैद्यसँगको पार्टी एकता प्रक्रियामा नरहेको बताएका छन् ।
शुत्रद्धारा प्राप्त जानकारी अनुसार दाङ जिल्ला पार्टी र तनहुँ जिल्ला पार्टी वैद्यसँग पार्टी एकता गर्ने विपक्षमा रहेको जानकारी हुन आएको छ ।
विमल शर्मा र ओम बहादुरलाई सम्पर्क गरि तपाईहरुको अबको बाटो के हुन्छ ? भनि जान्न चाहँदा आफूहरुले अझैसम्म के गर्ने भन्ने अन्तिम टुंगोमा नपुगेको बताएको जानकारी हामीलाई प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार