मूल प्रवाहको नगर सम्मेलन अभियान २२ जुनदेखि शुरु हुने

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले आगामी जुन २२ देखि जनवरी १५सम्म नगर सम्मेलन अभियान सम्पन्न पार्ने भएको छ । समाजको हालै सम्पन्न बैठकले गरेको निर्णय सार्वजनिक गरि अध्यक्ष ठाकुर खनालले सो जानकारी गराउनु भएको हो ।

वक्तव्यमा गत सितम्बर १३, २०२३ मा निधन हुनुभएका केन्द्रीय सदस्य लाल बहादुर क्षेत्रीप्रति एक मिनेट मौनश्रद्धाञ्जली व्यक्त गरिएको छ । हालै देशभरि भइरहेको आगलागी र त्यसबाट पुगेको जनधन क्षतिप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरिएको छ ।

सम्मेलन “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं” मूल नारा अन्तर्गत दुईचरणमा सम्पन्न गरिने वक्तव्यमा उल्लेख छ ।

प्रेस वक्तव्यमा लेखिएको छ :

“यहि अप्रेल २७, २०२४ का दिन मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिको छैठौं बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ । बैठकका कतिपय निर्णयहरु सार्वजनिक गर्नका लागि यो वक्तव्य जारि गरिएको छ ।

गत सितम्बर १३, २०२३ मा निधन हुनुभएका केन्द्रीय सदस्य लाल बहादुर क्षेत्रीप्रति एक मिनेट मौनश्रद्धाञ्जली व्यक्त गरिएको छ । हालै देशभरि भइरहेको आगलागी र त्यसबाट पुगेको जनधन क्षतिप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरिएको छ ।

वैश्विक महामारी तथा केन्द्र एवं क्षेत्रको सम्मेलनको कारणले लम्बित रहेका नगर सम्मेलन अभियान सञ्चालन गर्ने निर्णय भएको छ । सम्मेलन अभियान प्रवासी नेपालीहरुको हकहित, सुरक्षाको बारेमा केन्द्रित गर्दै “प्रवासी नेपालीहरूको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं” भन्ने मूल नारा अन्तर्गत दुई चरणमा सम्पन्न गरिने छ ।

प्रथम चरणः जुन २२, २०२४ देखि सितम्बर १५, २०२४ सम्म जसमा ः मध्य–उत्तर, हिमाचल, पश्चिमोत्तर, सुदुर पश्चिमोत्तर र पश्चिम भारत अन्तर्गतका नगरहरु ।

दोश्रो चरणः नोभेम्बर १६, २०२४ देखि जनवरी १२, २०२५ सम्म जसमाः दक्षिण भारत, मध्य दक्षिण भारत, मध्य पश्चिम भारत, पूर्वोत्तर भारत र पूर्वी भारत अन्तर्गतका नगरहरुको सम्मेलन गर्ने निर्णय गरिएको वक्तव्यमा उल्लेख छ ।

मध्य–उत्तर क्षेत्रीय समिति अन्तर्गतः प्रयागराज २२ जुन, कानपुर २३ जुन, लखनउ २५ जुन, गोरखपुर २६ जुन, भोपाल ३० जुन । इन्दौर क्षेत्रीय समितिले तय गर्ने ।

हिमाचल राज्य समिति अन्तर्गतः रामपुर २९–३० जुन, भावनगर ४–५ जुलाई, रिकंगपियो ६–७ जुलाई, सिमला ९–१० जुलाई, भुन्तर ११–१२, जुलाई, मनाली १३–१४ जुलाई, परवाणु १४–१५ अगस्त, सोलन १७–१८ अगस्त । बद्दि र चिडगाउँमा राज्य समितिले मिति तय गर्ने ।

पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गतः भिवानी र (जयपुर उत्तर–दक्षिण संयुक्त) १३–१४ जुलाई, करनाल र जोधपुर २०–२१ जुलाई, रोहतक र निमराना २७–२८ जुलाई, सोनिपत र (नारनौल–रिवाडी संयुक्त) ३–४ अगस्त, दिल्ली र पलवल १०–११ अगस्त, दादरी, हापुड र पूर्वी दिल्ली १५ अगस्त, पानीपत र भिवाडी १७, १८ अगस्त, आगरा र नोएडा २४, २५ अगस्त, गुरुग्राम ३१ अगस्त १ सितम्बर, फरीदावाद ६ सितम्बर, मेरठ ८ सितम्बर, नई दिल्ली–ओखला १४–१५ सितम्बर ।

सुदुर पश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गतः चण्डीगढ १३–१४ जुलाई, भटिण्डा र रोपड २०–२१ जुलाई, श्रीगंगागनर र अम्बाला २७–२८ जुलाई, विकानेर र पटियाला ३–४ अगस्त, हिसार र गोविन्दगढ १०–११ अगस्त, फतेहवाद १५ अगस्त, संगरुर र डेरवासी १७–१८ अगस्त, सिरसा र नवासहर २४–२५ अगस्त, जम्मु र मुक्तशर ३१ अगस्त १ सितम्बर, जालन्धर र कुरुक्षेत्र ७–८ सितम्बर, लुधियाना फोकल प्वइन्ट र सिटी (संयुक्त) १४–१५ सितम्बर । मानसा, हनुमानगढ, डब्बाली, मलोट, टोहाना क्षेत्रीय समितिले तय गर्ने ।

दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गतः कोट्टयम १६–१७ नोभेम्बर, कोचिन र त्रिवनन्तपुरम २३–२४ नोभेम्बर, बेंगलोर उत्तर र दक्षिण (संयुक्त) ३० नोभेम्बर र १ दिसेम्बर, निलगिरी र मदुराई ७–८ डिसेम्बर, कोयम्बटोर र भेल्लोर १४–१५ डिसेम्बर, सितम्बरम र श्रीप्रेमावंतुर २१–२२ डिसेम्बर, पाण्डेचरी २८–२९ डिसेम्बर, नेल्लोर र पलनी ४–५ जनवरी, चेन्नई पूर्व, पश्चिम, उत्तर र दक्षिण (संयुक्त) ११–१२ जनवरी ।

मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गतः तारापुर १६–१७ नोभेम्बर, मुम्बई, बान्द्रा, कल्याण संयुक्त २३–२४ नोभेम्बर, रायगढ ३० नोभेम्बर १ डिसेम्बर, अलिबाग ७–८ डिसेम्बर, पुना पूर्व–पश्चिम संयुक्त १५–१६ डिसेम्बर । नाशिक क्षेत्रीय समितिले तय गर्ने ।

मध्य दक्षिण क्षेत्रीय समिति अन्तर्गत : हैदरावाद उत्तर, मध्य र दक्षिण (संयुक्त) २१–२२ डिसेम्बर, नागपुर २८–२९ डिसेम्बर, भिलाई १ जनवरी, चन्द्रपुर ४ जनवरी, वर्धा र भिषाखापटनम् ५ जनवरी, एल्लुरु र निजामावाद ११–१२ जनवरी ।

पश्चिम भारत (प्रथम चरण), पूर्वी भारत र पूर्वोत्तर भारतका नगर सम्मेलनहरुको मिति तय गर्ने तथा सार्वजनिक गर्ने जिम्मा सचिवालयलाई दिइयो । त्यस्तै नगर सम्मेलनका लागि कैयौं महत्वपूर्ण निर्णयहरु भएका छन् ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार