भारत व्यापी रुपमा मनाईयो १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस

नयाँ दिल्ली । मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारत व्यापी रुपमा १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । सो अवसरमा संगठनले विभिन्न रचनात्मक कार्यक्रमहरु सहित मइ दिवस मनाएको हो ।

यसै अवसरमा मूल प्रवाह सुदुरपश्चिमोत्तर क्षेत्रीय समिति अन्तर्गत हिसार नगर समितिको आयोजनामा १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस जुलुस सहित मनाईएको हो ।

जुलुस प्रदर्शन पछि सभामा परिणत भएको सो जनसभालाई समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले सम्वोधन गर्नुभएको थियो । सभालाई सम्वोधन गर्दै अध्यक्ष खनालले यो व्यवस्थाको आमूल परिवर्तन बिना मजदुरहरुका हक अधिकार सुरक्षित हुन नसक्ने धारणा राख्नु भयो । वहाँले मजदुर आन्दोलनलाई वर्गिय आन्दोलनसँग जोडेर हेर्नुपर्ने समेत बताउनु भएको थियो ।

कार्यक्रममा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिका सुरेश क्षेत्री, महिला क्षेत्रीय सदस्य सेती राना, जनजाति क्षेत्रीय विभागका सदस्य केहर सिंह घर्तिमगर, समता क्षेत्रीय विभागका सदस्य नारायण बिक लगाएत हुनुहुन्थ्यो । कार्यक्रममा समाजका पूर्व केन्द्रीय सदस्य देवी प्रसाद पौडेलको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रम बाबुराम पोख्रेलको अध्यक्षता तथा हुमकान्त अधिकारीको सञ्चालनमा सम्पन्न भएको थियो । ज्ञात अज्ञात शहीदहरुप्रति एक मिनट मौनधारण पश्चात नन्द बहादुर लम्तरीले स्वागत गर्नुभएको थियो ।

त्यस्तै भारतको हैदरावादमा समाजका महासचिव प्रेम पौडेलले सम्बोधन गर्नुभएको थियो । पौडेलले आफ्नो हकअधिकारका लागि मजदुरहरु १९ वि सदीमा जस्तै पुनः संगठित आन्दोलनमा उत्रिनु पर्नेमा जोड दिनु भयो ।

त्यस्नै चेन्नईमा चार नगर समितिको संयुक्त, पाण्डेचरी, कोट्टयम, कोचिन, बेंगलोर, सितामबरम, कोयम्बटोर, निलगिरी, रोहतक, भटिण्डा, नयाँ दिल्ली, रोपड, भिवानी, जयपुर, फरीदावाद, चण्डीगढ, वापी, सिलवास, भोपाल, अलिबाग, सुरत, कुरुक्षेत्र, लुधियाना, जालन्धर, श्रीगंगानगर, संगरुर, विकानेर, प्रयागराज लगायत विभिन्न स्थानमा १३५औं अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रुपमा मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार