धर्मराज शर्मा,
कोट्टयाम केरला । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज कोट्टयाम नगर समितिको आयोजनामा ज्ञघछऔं अन्तर्राष्ट्रिय श्रमिक दिबस सम्पन्न गरेको छ ।
मेई दिबसको अबसरमा एरिया स्तरिय भलिबल महिला बालबालिकाहरूको रोचकिय प्रतियोगिताको आयोजना गरेको थियो । एरिया स्तरिय भलिबलमा चार टिमले भाग लिएको थियो ।
पाँचदेखि दश बर्षसम्मका बालबालिकाले पचास मिटर दौडमा र दशदेखि पन्ध्र बर्षसम्मका बालले सय मिटर दौड र बालिकाले कुर्चि खेलमा भाग लिएका थिए । महिलाहरूले पचास मिटरको दुरिदेखि लेमन स्पुन र कुर्चि खेलमा भाग लियका थिए।
प्रतियोगितामा महिला कुर्चिखेलमा बिजयी हुनुहुने प्रथम कुमारी थापा, द्वितीय पुष्पा देबि शर्मा तृतिय सम्झना श्रीसथापा लेमन स्पुन प्रतियोगितामा प्रथम पुष्पादेबि शर्मा, द्वितिय सम्झना श्रीस थापा, तृतिय नर्बदा घिमिरे, त्यस्तै दसदेखि पन्ध्र बर्षसम्मका बालिकाको कुर्चिखेलमा प्रथम कबिता रिमाल, द्वितिय बिनितादेबि शर्मा, तृतिय ज्योति थापा, बालको सय मिटर दौडमा प्रथम सन्तोस कुमार परियार, द्वितिय पुरन थापा, तृतिय अबिस्कार सुनार, त्यस्तै पाँच देखि दस बर्षसम्मको बालको पचास मिटर दौडमा प्रथम जीवन थापा, द्वितिय सुसन पुन, बालिकामा बबिता रिमालले हाँसिल गर्नुभएको थियो ।
भलिबल प्रतियोगितामा प्रथम कायमकुलम ए, द्वितिय माबेलिकरा, तृतिय चेट्टिकुलंगारा र सान्त्वोना पुरस्कार कायमकुलम बिले हातपारेका थिए ।
डिल बहादुर रानाको सञ्चालन र नगर अध्यक्षको अध्यक्षताबाट अगाडि बढेको उक्त कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य चोबनाथ शर्मा, क्षेत्रीय सदस्य भद्र बहादुर थापा, मनोज जिसी, रक्तिम मोर्चाका सम्झना श्रिसथापा, बिद्यार्थि मोर्चाका आलोक म्याकमिलनको अतित्थ्यता रहेको थियो । अतिथिहरूले श्रमिक दिवसको महत्वबारे मन्तब्य राख्नुभएको थियो । ज्ञात अज्ञात शहितहरू प्रति एक मिनट मौनधारण पछि उपस्थित जनसमुदायलाई एकराज पौडेलले शब्दबाट स्वागत गर्नुभएको थियो ।
प्रतियोगितामा बिजयी हुनेहरूलाई चोबनाथ शर्मा, भद्र बहादुर थापा, एकराज पौडेलले पुरस्कार दिनुभएको थियो । प्रेम प्रसाद शर्मा, कृष्ण प्रसाद शर्मा, गणेश परियार, कृष्ण परियारले कार्यक्रम सफलताको शुःभकामना राख्नुभएको थियो ।