सिरोहिया गिरफ्तारीको मसालद्वारा विरोध

काठमाडौँ । नेकपा (मसाल) ले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीप्रति विरोध जनाएको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति तथा गिरोहले कान्तिपुरमाथि प्रतिशोध राख्दै आएको भन्दै मसालले सिरोहिया गिरफ्तारीको विरोध गरेको हो ।

महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ जेठ ९ गते बुधबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले विरोध जनाएको हो ।

यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको गिरफ्तारीप्रति हाम्रो पार्टीले गम्भीर विरोध गर्दछ ।

कान्तिपुर मिडियाले सहकारी ठगी र अनियमिततालाई लगातार सार्वजनिक गर्दै आएको थियो । त्यसरी सहकारी ठगी प्रकरणमा मुछिएका व्यक्ति र गिरोहले कान्तिपुर मिडियाको उक्त कार्यप्रति प्रतिशोध राख्दै आएका थिए । अहिले त्यही प्रतिशोधमा सिरोहियालाई गिरफ्तार गरिएको स्पष्ट छ ।

हामीले उक्त गिरफ्तारीको विरोध र भ्रर्त्सना गर्दै उहाँको तुरुन्त रिहाइको माग गर्दछौँ ।”

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार