भिवानीको १४औं नगर सम्मेलन बिस्तारित भेला सम्पन्न

विकाश मल्लठकुरी

भिवानी २६ मई । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति भिवानीको १४औं नगर सम्मेलन तैयारी बिस्तारित भेला सानदार रूपमा सम्पन्न भएको छ । बिस्तारित भेलाको अध्यक्षता मोहन सिंह बिक र भिम रायमाझी गर्नु भएको थियोे ।

सहिदहरू प्रती १ मिनेट मौनधारणा राख्दै तैयारी भेलामा सहभागीहरुलाई भुव बहादुर थापा र कलाकारहरुले स्वागत गर्नु भएको थियो ।

केन्द्रीय उपाध्यक्ष कपिल खनालले दिप प्रज्वलित गरि भेलाको उद्घाटन गर्नु भएको थियोे । प्रमुख अथिती खनालले नेपालमा साम्राज्यवादि चहलपहल बड्दै गइरहेको र राष्ट्रियता गम्भीर रूपमा खतरामा देखापरेको बताउनु भयो । ‘अमेरिकी साम्राज्यवादले पहिले अपत्यक्ष रूपमा हस्तक्षेप गरिरहेको थियो र अहिले आफ्नै पार्टी निर्माण गरि प्रत्यक्ष रूपमा नेपाली राष्ट्रियता माथि हमला गरिरहेको छ ।’

अन्य अथितीहरुमा क्षेत्रीय अध्यक्ष सालिकराम आचार्य, क्षेत्रीय सदस्य गोर्वधन बिक, क्षेत्रीय सल्लाहकार सदस्य डिल बहादुर भट्टराई, महिला क्षेत्रीय बिभाग सदस्य हस्तु देबि बिक, क्षेत्रीय विद्यार्थी संघ मनिशा परियार र बिपना जिसि, नगर संस्थापक सदस्य बिबि कोपिला, क्षेत्रीय समता बिभाग सदस्य अशोक सुनार, अखिल नेपाल महिला संघ सैनामैना नगर समिति सदस्य मिना भट्टराई, राष्ट्रिय जनमोर्चा वाणगंगा नगर समिति सदस्य साबित्रा अधिकारीले बिस्तारित समितिलाई आ–आफ्ना बिचार राख्दै शुभकामना दिनुभएको थियोे ।

आगामी १३–१४ जुलाई २०२४ को हुनगइरहेको १४औं नगर सम्मेलन तैयारीको लागि समिति तथा उप समितिहरु गठन गरिएको छ । जस्माः ब्यावस्थापन तथा प्रचारप्रसार उपसमिति मोहन सिंह बिकको संयोजकत्वमा, स्वयंसेवक उपसमिति डिल बहादुर भट्टराईको संयोजकत्वमा, मेष व्यवस्थापन मनिराम अधिकारीको संयोजकत्वमा सदस्य, साँस्कृतिक उपसमिति भुव बहादुर थापाको संयोजकत्वमा, प्रकाशन भुवन भण्डारीको संयोजकत्वमा, आर्थिक उपसमिति सालिकराम आचार्यको संयोजकत्वमा, अतिथि स्वागत तथा व्यवस्थापन उर्मिला कोपिलाको संयोजकत्वमा र ६३ सदस्यीय सम्मेलन तयारी समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार