मूल प्रवाहले राहात दिलायो

हैदरावाद । बागलुङ जिल्ला गलकोट नगरपालिका १ दुदिलाभाटी भैंसे स्थायी घर भई हाल अग्रवाल सिक्युरिटी एजेंसीमा सिक्युरिटीको काम गर्दै नवोदय पेकेजिंग काजिपाल्पी हैदराबादमा काम गर्दै र त्यहीं नै बस्दै आउनु भएका प्रेम बाहादुर खत्रीका छोरा ओम प्रकाश खत्री बर्ष २५ को केहि दिनदेखि बिमारी हुनुभएको रहेछ । तर, सामान्य औषधि खाँदै डियुटी पनि गर्दै आएका रहेछन् । तर २८ अप्रैल २०२४ का बडी बिमारी भएपछि हास्पिटल लैजादा हास्पिटलले मृत्यू भइसकेको जानाकारी गराएको थियो ।

त्यसपछि उनको आप्mनो मान्छे नभएको र उनी करिब १४ बर्षदेखि स्वदेश नगएको तर केही समयदेखि परिवारको सम्पर्कमा रहेको भने कुरा आफूसँग काम गर्ने साथीहरूलाई भनेका रहेछन् । त्यही आधारमा दाहासंस्कार गरिएको थियो ।

पछि साथमा काम गर्ने साथीहरुसँग बुझादा विषय सही रहेकोले उनका आफनतले फोन गर्दा ३ दिनसम्म फोन सुईचअफ रहेकोले परिवारसँग सम्पर्क नभएको र ३ दिनपछि अरूले फोन उठाएर ओम प्रकाशको मृत्यु भएको बताएका थिए ।

घटनाको जानकारी मृतकका आफन्तले हैदराबादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समितिका सदस्य कुमार थापालाई सम्पर्क गरेका थिए । सोही जानाकारी अनुसार किरिया गरेर २१ में २०२४ का दिन मृतकको बुबा एक जना साथी लिएर हैदराबाद पुगि मूल प्रवाह अखिल भारत नेपाली एकता समाज क्षेत्रीय समितिलाई सहयोगको अपिल गरेका थिए ।

क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, सदस्य कुमार थापा, सदस्य नरेन्द्र शर्माले ३ दिनसम्म छलफल न्यायालयसम्मका विषयमा छलफल गरेपछि कम्पनी प्रशासन वाध्य भएर २५ मई २०२४ का दिन भारू ७२,००० (बहत्तर हजार) र फोन सर सामान दिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार