प्रबासी नेपालीको चिताएर भलो। समस्याको समाधानमा गरौ हातेमालो ।। होटल र कोठी अनि कम्पनीका गेट। चुहादैछौ पसिना भर्न...
बठिन्डा । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बठिन्डा नगर...
हिसार । हरियाणा राज्यको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता...
लुधियाना । पंजाब राज्यको लुधियानामा अखिल भारत नेपाली एकता मंचका दुई...
हिसार । हरियाणा राज्यको हिसारमा मूल प्रवाह अखिल भारत नेपाली एकता...
रामपुर हिमाचल । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर–बुशहर...
हैदराबाद, ५ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज...
बठिन्डा। भारतको बठिण्ठामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आयोजनामा प्रशिक्षण...
पंचकुला डेराबसी । मूल प्रवाहको पंचकुला डेराबसी नगर समितिको भेला सम्पन्न...
मूलप्रवाह नेपाली एकता मिडिया प्रा.लि.
सुचना विभाग : ३५९७-२०७९/८०
दर्ता नम्बर : २७०२५६/०७८/०७९
अध्क्ष्य : ठाकुर खनाल
सम्पादक : निशा खनाल
सहसम्पादक : धनवीर पुन मगर
समाचार संमयोजक : खिमराज चालिसे
G350/17, 17ft Road, Mb Extn.
Badarpur New Delhi-11044
Ph. No. 011-29891544,
Email : moolpravah@gmail.com
© 2025 All right reserved Site By : Himal Creation
दाङ । नेकपा (मशाल) दाङको सिंगो जिल्ला समिति नेकपा (मसाल) मा समाहित भएको छ ।
मशालका केन्द्रीय सदस्य एवम् जिल्ला सचिव रामबहादुर जिएमसहित १६ जना नेता कार्यकर्ताले संयुक्त विज्ञप्ति प्रकाशित गरी मसालमै फर्केको जनाउनुभएको छ ।
केन्द्रीय सदस्य तथा जिल्ला सचिव जिएम, जिल्ला कोषाध्यक्ष मेघराज भट्टराई, जिल्ला सदस्यहरू मीनुप्रसाद सुवेदी, मंगलबहादुर घर्ती मगर, शेरबहादुर पुन, खिल भारत नेपाली एकता समाजको केन्द्रीय सल्लाहकार फनबहादुर घर्ती, अखिल (छैठौं) जिल्ला अध्यक्ष तथा केन्द्रीय सचिवालय सदस्य सेबक भट्टराई, जिल्ला सहसचिव उत्सव पुन, जिल्ला सदस्य रोशनी जिएम, सदस्य रेग बहादुर घर्ति मगर, अखिल नेपाल महिला संघ जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य वसन्ता भट्टराई, के्न्द्रीय सदस्य यमसरी घर्ति मगर, जिल्ला उपाध्यक्ष सावित्री घर्ती, कोषाध्यक्ष खिमा दमाई, अखिल नेपाल युवक संघ जिल्ला सचिव सन्देश पुन मगर र कोषाध्यक्ष वशन्त भुसाल नेकपा (मसाल) मै फर्केको घोषणा गर्नुभएको हो ।
उहाँहरूद्वारा जारी विज्ञप्तिमा ‘नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले बोकेको विचार अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा मूल्याङ्कन गर्दा धेरै प्रगतिशील र क्रान्तिकारी रहेको उल्लेख गर्दै ‘आफ्ना वैचारिक मतभिन्नताहरूलाई कायम राख्दै हामीले लामो समय मेहनत र परिश्रम गरी निर्माण गरेको नेपाल कम्युनिस्ट पार्टी (मसाल)मा फर्किने निर्णयमा पुगेका’ बताउनुभएको छ ।
उहाँहरूले देश तथा विदेशमा रहनुभएका इमान्दार तथा क्रान्तिकारी साथीहरूलाई पनि नेकपा (मसाल) मा फर्किएर गोलबद्ध हुन आह्वानसमेत गर्नुभएको छ ।
यस्तो छ विज्ञप्ति
हामी तपसिलमा उल्लेखित व्यक्तिहरू बिगत लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टी (मसाल) का विभिन्न जनसंगठनहरूमा क्रियाशील रहँदै आएका थियौं । उक्त पार्टीको आठौं महाधिवेशनको शिलशिलामा केन्द्रबाट नै बहुमत र अल्पमतको समानान्तर दस्तावेज आइसकेपछि हामी अल्पमतको दस्तावेजले क्रान्तिकारी स्प्रिट सहितको पार्टी बनाउने विचार बोकेको लागेर उक्त अल्पमतको दस्तावेजलाई समर्थन गरेका थियौं । तर अल्पमत दस्तावेजको प्रस्तावक र नेतृत्वकर्ताहरू पार्टीलाई क्रान्तिकारी स्प्रिट दिनेभन्दा पार्टीको नेतृत्वलाई कमजोर बनाउने र इमान्दार कार्यकर्ताहरूलाई भ्रमित पारेर विचार नमिल्ने ठाऊँमा पुऱ्याउने षड्यन्त्र गरेको संकेत मिलेदेखि हामीले बारम्बार त्यसको विरोध गरेर वैचारिक एकतामा जोड दिँदै आएका थियौं ।
माथि उल्लेखित अल्पमतमा विचार राख्नेहरुकाबीचमा २०७९ असोज २७–३० सम्म चलेको विशेष महाधिवेशनद्वारा बनेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (मशाल) ले उक्त महाधिवेशनद्वारा पारित भएको दस्तावेज विधान बमोजिम विचारलाई बोकेर त्यही स्प्रिटको पार्टी बनाउनुको साटो गत २०८१ वैशाख ७ र ८ गते भएको राष्ट्रिय भेलाले वैचारिक रुपमा मुद्दाहरू नमिलाई पार्टी एकीकरणको नाममा पार्टीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसँग बिलय गराऊने प्रस्ताव राखेपछि हामीले उक्त प्रस्तावलाई अस्वीकार गर्यौं ।
विचारधारात्मक हिसाबले हामिले नेकपा (मसाल) को आठौं महाधिवेशनमा हामीले उठाएका विचार र पुनर्गठित नेकपा (मशाल) ले गरेको विश्लेषणका आधारमा मूल्याङ्कन गर्दा तात्कालीन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले उठाएको उग्रवामपन्थी विचार, जातीय साम्प्रदायिक मुद्दाभन्दा नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले बोकेको विचार अहिलेको राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिका आधारमा मूल्याङ्कन गर्दा धेरै प्रगतिशील र क्रान्तिकारी रहेकोले हाम्रा आफ्ना वैचारिक मतभिन्नताहरूलाई कायम राख्दै हामीले लामो समय मेहनत र परिश्रम गरी निर्माण गरेको नेपाल कम्युनिस्ट पार्टी ( मसाल) मा फर्किने निर्णयमा पुगेका छौं । देश तथा विदेशमा रहनु भएका इमान्दार तथा क्रान्तिकारी साथीहरूलाई पनि नेकपा (मसाल) मा फर्किएर संगठित बनी गोलबन्द हुन हार्दिक आह्वान गर्दछौं ।