गणतन्त्रवादी शक्तिहरु बीच सहकार्यको आवश्यकता झनै बढेको छ : थापा

भोपाल २९-३० जुन । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज भोपाल नगर समितिको नवौं सम्मेलन सम्पन्न भएको छ । ‘प्रवासी नेपालीहरूको मताधिकार एवं समानुपातिक प्रतिनिधित्वको लागि संघर्ष गरौं, भारतस्थित नेपालीहरूको हक हित र सामाजिक सुरक्षाको लागि संगठित बनौं !!’ भन्ने मूल नारा अन्तर्गत सम्मेलन सम्पन्न गरिएको हो ।

२९ जुन २०२४ मा सोनु थापाको सञ्चालन र रमेश रानाको अध्यक्षताबाट अगाडि बढेको सो सम्मेलनमा सहभागिहरुलाई केशव खड्काले स्वागत गर्नुभएको थियो । सम्मेलनलाई राष्ट्रिय जनमोर्चाका नेता सुरेश थापाले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन मन्तव्यमा थापाले नेपालको लोकतान्त्रिक आन्दोलनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको महत्वपूणर् योगदान रहेको बताउनु भयो । वर्तमान अवस्थामा नेपालको गणतन्त्र निकै गम्भीर अवस्थाबाट गुज्रिरहेको थापाले बताउनु भयो । ‘गणतन्त्र, संविधान र धर्मनिरपेक्षता खतरामा परेको छ । प्रतिगामी शक्तिहरू सक्रिय रूपमा अगाडि बढिरहेका छन् ।’ थापाले भन्नु भयो- ‘प्रतिगामी शक्तिहरूको विरुद्धमा गणतन्त्रवादी शक्तिहरु बीच सहकार्यको आवश्यकता झनै बढेको गएको छ ।’

सत्तासिन वर्गका गलत क्रियाकलापका कारण राष्ट्रवाद कमजोर बन्दै गएको र, देशको आर्थिक अवस्था निकै कठिन बन्दै गएको थापाको थप भनाई थियो ।

त्यस्तै मूल प्रवाह एकता समाजका महासचिव प्रेम पौडेलले प्रवासी नेपालीहरुको मताधिकारको सवालमा सत्तासिन शक्तिहरु कहिल्यै पनि इमान्दार नभएको बताउनु भयो । पौडेलले आफूहरुले प्रवासी नेपालीहरु हकहितको रक्षा र मताधिकारको आन्दोलनलाई निरन्तर अगाडि बढाउँदै जाने बताउनु भयो ।

केन्द्रीय सदस्यहरू भीमबहादुर थापा, तालबहादुर खड्का, नारायण सापकोटाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन कार्यक्रमपछि बन्द-सत्रको कार्यक्रम सुरुभएको थियो । सोनु थापाको सञ्चानन, भीमबहादुर थापा, तालबहादुर खड्का, नारायण सापकोटा तीन सदस्यीय अध्यक्ष मण्डलले बन्दशत्र अगाडि बढाएको थियो ।

सम्मेलनले १३ पूणर्, ४ वैकल्पिक र ४ सल्लाहकार सदस्य सहित २१ सदस्यीय भोपाल नगर समिति चयन गरेको छ ।

जसमाः अध्यक्ष- रमेश राना, उपाध्यक्ष- केशव खड्का, सचिव- सोनु थापा, सहसचिव- कृष्ण पाचभैया, कोषाध्यक्ष- हरिबहादुर थापा, सदस्यमा क्रमशः अर्जुन जी.एम., लक्ष्मी रोका मगर, राजसिंह रुचाल, मानबहादुर बिके, नारायण सिंह गाहा, नरेश थापा, सरिता पचभैया, पूरन थापा, वैकल्पिक सदस्य, देवबहादुर ठकुरी, कमल जीएम, हेमन्त बिष्ट र धन बहादुर रहनुभएको छ । सम्मेलनले मानबहादुर ओली, वी.आर. राना, र लक्ष्मी रानालाई सल्लाहकार चयन गरेको छ ।

सो अवसरमा लक्ष्मी रोका मगरको संयोजकत्वमा १७ सदस्यीय महिला विभाग चयन गरिएको छ । जसमा सदस्यहरू ः उमा पाण्डे, माया अधिकारी, श्रीमाया खाम्चाकी, गोमा केसी, निर्मला क्षेत्री, मीना थापा, रीना राडी, पुष्पा जी.सी. भगवती थापा, सीता शर्मा, यमुना जी.सी., विष्णु रजाली, मधुकला सोनी, मञ्जु सोनी, पुष्पा थापा र तुलसा सोनी रहनुभएको छ।

घोषणा सभा ३० जुन २०२४ मा न्यूमार्केट समन्वय भवन, भोपालमा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन सोनु थापाले र अध्यक्षता मानबहादुर ओलीले गर्नुभएको थियो । राजमो नेता सुरेश थापालको प्रमुख आत्थ्यिता रहेको थियो । त्यस्तै मूल प्रवाहका महासचिव प्रेम पौडेल, मूल प्रवाह केन्द्रीय समिति सदस्य भीमबहादुर थापा, तालबहादुर खड्का, नारायण बहादुर सापकोटा, केन्द्रीय उत्तर भारत क्षेत्रीय समिति सदस्य लक्ष्मी रोका मगर, एकता मञ्चका तर्फबाट भारत राधा अर्याल, प्रवासी नेपाली संघ भारतबाट सुरज टुइटेल, जनसंपर्क समिति भारतबाट दामोदर बेलबासे, पशुपतिनाथ नेपाली समाजका अध्यक्ष लोकमणी घिमिरे, जनकल्याण समितिबाट जीवनारायण घिमिरे, चेम्बरअफ कमर्शबाट गणेश पाण्डे लगायतले घोषणा सभामा आतित्थ्यता एवं शुभकामना मन्तव्य दिनुभएको थियो ।

घोषणा बैठक कार्यक्रम ३० जुन २०२४ मा न्यूमार्केट समन्वय भवन, भोपालमा भएको थियो। कार्यक्रमको संयोजन श्रीमती सोनु थापा, अध्यक्ष मानबहादुर ओलीले गर्नुभएको थियो । कार्यक्रममा रा.ज.मो. नेता सुरेस थापाको प्रमुख आतित्थ्यता रहेको थियो । मूल प्रवाहका महासचिव प्रेम पौडेल, केन्द्रीय समिति सदस्य भीमबहादुर थापा, तालबहादुर खड्का, नारायण बहादुर सापकोटा, मध्य उत्तर भारत क्षेत्रीय समिति सदस्य लक्ष्मी रोका मगर, नेपाली एकता मञ्च भारतका राधा अर्याल, प्रवासी संघ भारतका तर्फबाट सुरज टुइटेल, जनसंपर्क समिति भारतका दामोदर बेलबासे, समाजका अध्यक्ष पशुपतिनाथ, नेपाली समाजका लोकमणि घिमिरे, जनकल्याण समिति भारतका तर्फबाट जीवन नारायण घिमिरे, चेम्बर अफ कमर्शका तर्फबाट गणेश पाण्डेले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना दिंदै सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

रक्तिम सांस्कृतिक कलाकारहरुले भव्य रुपमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार