बागलुङबजार । राष्ट्रिय जनमोर्चा बागलुङको विशेष सङ्गठनात्मक अभियान बागलुङको धुल्लुबास्कोट, कुश्मिशेरा, अमलाचौर, दुदिलाभाटी, सक्न्यार, बुर्तिबाङ र राजकुटमा गरी सात ठाउँमा उद्घाटन भएको छ । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयताको खारेज गरौँ” उद्घोषसहित कार्यक्रमको उद्घाटन भएको हो ।
टोली नं. १ को कार्यक्रम बरेङ गाउँपालिकाको वडा नं. १ धुल्लुबास्कोटमा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवरले उद्घाटन गर्नु भएको थियोे । कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, जिल्ला सदस्य हीराबहादुर थापा, राजमो बरेङका सदस्य तुफान पुन, चित्रबहादुर केसीलगायतले मन्तव्य दिनु भएको थियोे । वडासमितिका उपाध्यक्ष गङ्गा सुनारको अध्यक्षता, नवराज पौडेलको सञ्चालन र नरसेन पुनको स्वागत मन्तव्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे । सो अवसरमा स्थानीय नेता तथा जनप्रतिनिधिको आतिथ्य रहेको थियो ।
टोली नं. २ को कार्यक्रम जैमिनी नगरपालिकाको वडा नं. १ कुश्मिशेरामा राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारीले उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा राजमो बागलुङका सल्लाहकार तथा जैमिनी नगरपालिका प्रमुख नरबहादुर, राजमो केन्द्रीय सदस्य डिलबहादुर दर्जी, जिल्ला सदस्य ठाकुर पौडेललगायतले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियोे । कार्यक्रम वडासमितिका अध्यक्ष चित्र चापागाईको अध्यक्षता, वडासचिव कृष्णबहादुर थापाको सञ्चालन र वडासमिति सदस्य त्रिविक्रम शर्माको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
टोली नं. ३ को कार्यक्रम बागलुङ नगरपालिकाको वडा नं. १२ अमलाचौरमा राजमोका बागलुङका अध्यक्ष तिलक थापाले उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, राजमो बागलुङका जिल्ला सदस्य लोकनाथ शर्मा, योगेन्द्र पौडेल, जिल्ला सल्लाहकार टेकबहादुर आरसीलगायतले मन्तव्य दिनुभएको थियोे । राजमो वडासमिति अमलाचौरका अध्यक्ष घनश्याम विकको अध्यक्षता, सल्लाहकार गोविन्द पौडेलको सञ्चालन र वडासमितिका सदस्य हरि पौडेलको स्वागत मन्तव्यसँगै सो कार्यक्रम सम्पन्न भएको थियो ।
टोली नं. ४ को कार्यक्रम गलकोट नगरपालिकाको वडा नं. १ दुदिलाभाटीमा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाले उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा राजमो केन्द्रीय सल्लाहकार तथा जिल्ला समन्वय समितिका प्रमुख अमर थापा, अखिल नेपाल युवक सङ्घका केन्द्रीय उपाध्यक्ष लक्ष्मन पुन, राजमो बागलुङका सल्लाहकार टङ्क केसी, जिल्ला सदस्य पदम श्रेष्ठ, लालबहादुर राना, अखिल नेपाल शिक्षक सङ्घका भीम पुनलगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे । वडासमितिका अध्यक्ष रणबहादुर विकको अध्यक्षता, इन्द्रसिंह बुढाथोकीको सञ्चालन र दुर्गा पुनको स्वागत मन्तव्यसहित उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
टोली नं. ५ को कार्यक्रम बडिगाड गाउँपालिकाको वडा नं. २ सक्न्यारमा राजमो बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदीले उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा युवक सङ्घका महासचिव भीमसेन वन, राजमो बागलुङका सदस्य बोमबहादुर थापा, बडिगाड पालिका सचिव विमल श्रीसलगायत अतिथिले मन्तव्य दिनुभएको थियो । प्रेम पुनको अध्यक्षता, सचिन थापाको सञ्चालन र दोर्ण वनको स्वागत मन्तव्यसहित उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
टोली नं. ६ को कार्यक्रम ढोरपाटन नगरपालिकाको वडा नं. १ बुर्तिबाङमा राजमो बागलुङका सचिव भीमलाल पोखरेलले उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा, जिल्ला सदस्य तमबहादुर घर्ती, कमला पान्डे, रक्तिम सांस्कृतिक अभियान केन्द्रीय सचिव सहबिन अर्गेजा, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सदस्य ओमबहादुर बुढालगायतले मन्तव्य दिनुभएको थियोे । कार्यक्रम ओमबहादुर घर्तीको अध्यक्षता, निमलाल पाण्डेको सञ्चालन र झकप्रसाद श्रेष्ठको स्वागत मन्तव्य रहेको थियो ।
टोली नं. ७ को कार्यक्रम निसीखोला गाउँपालिकाको वडा नं.. ७ राजकुटमा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डेले उद्घाटन गर्नुभएको थियोे । कार्यक्रममा जनजाति सम्मेलनका सल्लाहकार प्रगति बुढा, राजमो बागलुङका सदस्य थमन घर्ती, युवक सङ्घ बागलुङका सदस्य भीष्म छन्त्याललगायतले मन्तव्य दिनुभएको थियोे । दानबहादुर विकको अध्यक्षता र भीमबहादुर विकको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
जैमिनीमा ज्ञापन बुझाइयो
आजै टोली नं. २ ले राष्ट्रिय तथा स्थानीय समस्यालाई उठान गरी जैमिनी नगरपालिकाका नगर प्रमुख पुनलाई ज्ञापनपत्र बुझाएको छ । उक्त ज्ञापनपत्र राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राजमोका केन्द्रीय सदस्य डिलबहादुर दर्जी, जिल्ला सदस्य ठाकुर शर्मा, पालिका सदस्य चन्द्रबहादुर केसीलगायतको उपस्थितिमा बुझाइएको थियो । ज्ञापनपत्र बुझेपछि मेयर, उपमेयर र प्रशासकीय अधिकृतले कार्यान्वयनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता राख्नुभएको थियो ।
२०८१ भदौ १३ गते बिहीबार ः अभियान सात ठाउँमा
विशेष सङ्गठनात्मक अभियान सात ठाउँमा सम्पन्न भएको छ । हुग्दिसिर, दमेक, पैँयुपाटा, हटिया, दगा, टारिखेत र हर्पेमा गरी सात स्थानमा सो कार्यक्रम सम्पन्न भएको हो ।
टोली नं. १ को कार्यक्रम बरेङ गाउँपालिकाको वडा नं. २ हुग्दिसिरमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवर, राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, जिल्ला सदस्य हीराबहादुर थापा, राजमो बरेङका सदस्य तुफान पुन, शेरबहादुर थापालगायतले मन्तव्य राख्नुभएको थियोे । खुमराज शर्माको अध्यक्षता तथा मिनबहादुर पुनको सञ्चालन र प्रेमबहादुर थापाको स्वागत मन्तव्यसाथै उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
टोली नं. २ को कार्यक्रम जैमिनी नगरपालिकाको वडा नं. ३ दमेकमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राजमो बागलुङका सदस्य ठाकुर पौडेललगायतले प्रशिक्षण मन्तव्य दिनुभएको थियोे ।
टोली नं. ३ को कार्यक्रम बागलुङ नगरपालिकाको वडा नं. १३ पैयुँपाटामा सम्पन्न भएको छ । कार्यक्रममा राजमो बागलुङका जिल्ला सदस्य लोकनाथ शर्मा, योगेन्द्र पौडेल, आशा रोकालगायतले मन्तव्य दिनुभएको थियोे । कार्यक्रम प्रेमबहादुर रोकाको अध्यक्षता र टेकबहादुर आरसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
टोली नं. ४ को कार्यक्रम गलकोट नगरपालिकाको वडा नं. ३ हटियामा सम्पन्न भएको छ । कार्यक्रममा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राजमो केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राजमो बागलुङका सल्लाहकार टङ्क केसी, राजमो जिल्ला सदस्य पदम श्रेष्ठ, लालबहादुर राना, अखिल नेपाल शिक्षक सङ्घ बागलुङका अध्यक्ष मित्रदत्त ढकाललगायतले शुभकामना दिनुभएको थियोे । तुककुमारी श्रेष्ठको अध्यक्षता, खडक विकको सञ्चालन र यमबहादुर खडकाको स्वागतमा सो कार्यक्रम सम्पन्न भएको थियोे ।
टोली नं. ५ को कार्यक्रम बडिगाड गाउँपालिकाको वडा नं. १ दगामा सम्पन्न भएको छ । कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल युवक सङ्घका महासचिव भीमसेन वन, राजमो बागलुङका सदस्य बोमबहादुर थापा, सोमन्ता सलामी, बडिगाडमा पालिका सचिव विमल श्रीस, अखिल नेपाल जनजाति सम्मेलनका निम भुजेललगायतका अतिथिले मन्तव्य दिनुभएको थियो । कार्यक्रम यमबहादुर सलामीको अध्यक्षता, अनिल गिरीको सञ्चालन र नरेन्द्र घर्तीको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो ।
टोली नं. ७ को कार्यक्रम निसीखोला गाउँपालिकाको वडा नं. १ हर्पेमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राजमो बागलुङका सदस्य थमन घर्तीलगायतले मन्तव्य दिनुभएको थियोे । झमानसिंह पुनको अध्यक्षता तथा राजु भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो ।
ढोरपाटन टारिखेतमा प्रशिक्षण
बागलुङ ढोरपाटन नगरपालिकाको वडा नं. २ टारिखेतमा राष्ट्रिय जनमोर्चाको प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । राजमो बागलुङका सचिव भीमलाल पोखरेलको प्रमुख आतिथ्यमा २०८१ भदौ १३ गते बिहान उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा र जिल्ला सदस्य धनबहादुर अदैले पनि समसामयिक राजनीतिक विषयमा प्रशिक्षण दिनुभएको थियो । सो अवसरमा राजमो जिल्ला सदस्य कमला पाण्डे र निमकुमारी भण्डारीको पनि आतिथ्य रहेको थियो । कार्यक्रमको अध्यक्षता तमबहादुर घर्तीले गर्नुभएको थियो ।
ढोरपाटनमा ज्ञापन
ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाले ज्ञापनपत्र बुझाएको छ । राजमो बागलुङका सचिव भीमलाल पोखरेल नेतृत्वको प्रतिनिधिमण्डलले २०८१ भदौ १३ गते बिहीबार सो ज्ञापन बुझाएको हो । प्रतिनिधिमण्डलमा राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा, जिल्ला सदस्य तमबहादुर घर्ती, धनबहादुर अदै, कमला पाण्डे, राजमो ढोरपाटन नगर समितिका भेकबहादुर खत्री, सबहादुर छन्त्याल, धनकुमारी कुँवर, ज्ञानबहादुर भण्डारी र लालबहादुर कुँवरको पनि सहभागिता रहेको थियो । “गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ” मूल नाराका साथ राजमो बागलुङले भदौ १२–२५ सम्म सञ्चालन गरेको “विशेष सङ्गठनात्मक अभियान” कै क्रममा सो ज्ञापनपत्रसमेत बुझाइएको सचिव पोखरेलले बताउनभयो ।
ज्ञापनमा महङ्गी, स्थानीय तहसम्म भ्रष्टाचार, विकास निर्माणमा ढिलासुस्ती, योजना छनौटमा हुने दलगत स्वार्थ, सहकारीको नियमन, यातायातको भाडादर, सालझन्डी–ढोरपाटन मोटरबाटो अगाडि बढाउने, उत्तरगङ्गा हाइड्रो बागलुङमा बनाउनुपर्नेलगायतका विषय समेटिएको छ ।
गलकोटमा बुझाइयो ज्ञापन
राष्ट्रिय जनमोर्चा गल्कोट पालिका समितिले नगरपालिकामा २० बुँदे ज्ञापनपत्र बुझाएको छ । केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना नेतृत्वको प्रतिनिधिमण्डलले २०८१ भदौ १३ गते बिहीबारका दिन नगरप्रमुख भरत गैरे र प्रमुख प्रशासकीय अधिकृत थमनसिंह गौतमलाई भेटी सो ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका साथै गणतन्त्र, लोकतन्त्र र धर्मनिरपेक्षताको रक्षा तथा सङ्घीयताको खारेजीमा जोड दिइएको छ । त्यस्तै, भ्रष्टाचार, सहकारी क्षेत्रलगायत विभिन्न क्षेत्रमा फैलिएका अनियमितता, बेथिति, मौसमजन्य विकृति जस्ता विषय समेटिएको छ ।
ज्ञापनपत्रमा बागलुङसित सम्बन्धित बुँदा नं. १३ मा मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–घोडाबाधे सडक खण्डको रोकिएको काम सुचारु गर्नुपर्ने, बुँदा नं. १४ मा उत्तरगङ्गा जलविद्युत् आयोजनाको काम अगाडि बढाइनुपर्ने, बुँदा नं. १९ मा गल्कोट वडा नं. ३ पेट्रोलपम्पसम्मको मोटरबाटो चार लाइनमा विस्तार तथा स्तरोन्नति र बजार क्षेत्रको व्यवस्थापन जस्ता विषय उठान गरिएको छ ।
त्यसैगरी ज्ञापनमा गल्कोट नगरपालिकाले गर्नुपर्ने अन्य विविध विषय पनि उठाइएको छ ।
प्रतिनिधिमण्डलमा राजमो केन्द्रीय सदस्य वेदिलाल सापकोटा, राजमो जिल्ला सल्लाहकार तथा गल्कोटका अध्यक्ष टङ्क केसी, राजमो जिल्ला सदस्य तथा नगर उपाध्यक्ष लालबहादुर राना, जिल्ला सदस्य तथा नगर सचिव पदम श्रेष्ठ, जिल्ला सदस्य चन्द्रमोहन श्रेष्ठ र राजमो सदस्य तुककुमारी श्रेष्ठमो पनि सहभागिता रहेको थियो ।
२०८१ भदौ १४ गते शुक्रबार : कतै सभा, ज्ञापनपत्र ।
विशेष सङ्गठनात्मक अभियानअन्तर्गत कतै सभा सम्पन्न भएको छ त कतै ज्ञापनपत्र बुझाइएको छ । त्यस क्रममा बाटाकाचौर, पैयुँथन्थाप, नारायणस्थान, मल्म, रणसिंहकिटेनी, घोसा, देविस्थानमा गरी सातओटै टोलीका कार्यक्रम सम्पन्न भएका छन् ।
टोली नं. १ को कार्यक्रम बरेङ गाउँपालिकाको वडा नं. ३ बाटाकाचौरमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवर, राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, राजमो जिल्ला सदस्य हीराबहादुर थापा, राजमो बरेङका सहसचिव तुफान पुन, अखिल नेपाल महिला सङ्घ बरेङका अध्यक्ष तुल्सी बस्याललगायतले मन्तव्य दिनुभएको थियोे । पृथीबहादुर पुनको अध्यक्षता, जमुना बुढाथोकीको सञ्चालन र मनबहादुर पुनको स्वागत मन्तव्यसँगै सो कार्यक्रम सम्पन्न भएको थियोे ।
टोली नं. २ को कार्यक्रम जैमिनी नगरपालिकाको वडा नं. ९ पैयुँथन्थापमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राजमो बागलुङका सल्लाहकार तथा जैमिनी नगर प्रमुख नरबहादुर पुन, राजमो जिल्ला सहसचिव शान्तकला शर्मा, राजमो जिल्ला सदस्य ठाकुर शर्मा, अखिल नेपाल किसान महासङ्घ बागलुङको उपाध्यक्ष होकबहादुर पुन, जातीय समता समाज बागलुङका सदस्य विष्णुकली दर्जीलगायतले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियोे । वीरेन्द्र थापाको अध्यक्षता, दिलिप परियारको सञ्चालन र थमबहादुर घर्तीको स्वागत मन्तव्यका साथ उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
टोली नं. ३ को कार्यक्रम बागलुङ नगरपालिकाको वडा नं. १४ नारायणस्थानमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो बागलुङका अध्यक्ष तिलक थापा, जिल्ला सल्लाहकार टेकबहादुर आरसी, अखिल नेपाल उद्योग व्यापार सङ्घ बागलुङका सदस्य केशव सुवेदी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका राजेन्द्र सुवेदी, युवक सङ्घ बागलुङका सदस्य प्रकाश पौडेल, प्रदीप पुनलगायतले मन्तव्य दिनुभएको थियोे । वडासमितिका अध्यक्ष रामबहादुर खडकाको अध्यक्षता, योगेन्द्र पौडेलको सञ्चालन तथा वडासमितिका सल्लाहकार लक्ष्मीनारायण श्रेष्ठको स्वागत मन्तव्यमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
टोली नं. ४ को कार्यक्रम गलकोट नगरपालिकाको वडा नं. ७ मल्ममा सम्पन्न भएको छ । कार्यक्रममा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राजमो केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राजमो बागलुङका सल्लाहकार टङ्क केसी, राजमो जिल्ला सदस्य पदम श्रेष्ठलगायतले शुभकामना दिनुभएको थियोे । दलबहादुर थापाको अध्यक्षतामा अघि बढेको उक्त कार्यक्रममा मिनबहादुर दर्जीको सञ्चालन र यसोधा थापाको स्वागत मन्तव्य रहेको थियोे ।
टोली नं. ५ को कार्यक्रम बडिगाड गाउँपालिकाको वडा नं. ८ रणसिंहकिटेनीमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदी, युवक सङ्घका महासचिव भीमसेन वन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो बागलुङका सदस्य बोमबहादुर थापा, जङ्गबहादुर बलाललगायतका अतिथिले मन्तव्य राख्नुभएको थियो । लोकबहादुर पाइजाको अध्यक्षता र लीलप्रसाद घर्तीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
टोली नं. ६ को कार्यक्रम ढोरपाटन नगरपालिकाको वडा नं. ३ घोसामा सम्पन्न भएको छ । कार्यक्रममा राजमो बागलुङका सचिव भीमलाल पोखरेल, राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा, कमला पाण्डेलगायतले मन्तव्य दिनुभएको थियोे । हीराबहादुर खत्रीको अध्यक्षता, नारायण घर्तीको सञ्चालन तथा नरबहादुर सुनारको स्वागत मन्तव्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
टोली नं. ७ को कार्यक्रम निसीखोला गाउँपालिकाको वडा नं. २ देविस्थानमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राजमो बागलुङका उपाध्यक्ष खिमविक्रम शाही, राजमो जिल्ला सदस्य थमन घर्ती, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढालगायतले मन्तव्य राख्नुभएको थियोे । मनबहादुर नेपालीको अध्यक्षता तथा लालबहादुर सिंजालीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
टोली नं. १ र ७ ले बुझायो ज्ञापन
आजै टोली नं. १ ले राष्ट्रिय तथा स्थानीय समस्याको विषयमा स्थानीय सरकारको ध्यानाकर्षण गराउन बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद पौडेललाई ज्ञापनपत्र बुझाएको छ । कार्यक्रममा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवर, राजमो बागलुङका सदस्य हीराबहादुर थापा, राजमो बरेङका सहसचिव तुफान पुन, शेरबहादुर थापालगायतको प्रतिनिधित्व रहेको थियो । ज्ञापनपत्र बुझेपछि गाउँपालिकाका अध्यक्ष शर्माले कार्यान्वयनका तथा सहजीकरणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
त्यस्तै, टोली नं. ७ ले पनि निसीखोला गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष प्रेमबहादुर घर्तीलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझाउने कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राजमो बागलुङका उपाध्यक्ष खिमविक्रम शाही, राजमो जिल्ला सदस्य थमन घर्ती, जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढालगायत पालिकास्तरीय नेता तथा कार्यकर्ताको प्रतिनिधित्व रहेको थियो । ज्ञापनपत्र बुझेपछि पालिकाका अध्यक्ष घर्तीले कार्यान्वयनका तथा सहजीकरणका लागि पहल गर्ने प्रतिबद्धता राख्नुभएको थियो ।
२०८१ भदौ १५ गते शनिबार : सातै ठाउँमा कार्यक्रम
अभियानको चौथो दिन बागलुङको सुखौरा, राङखानी, तङ्ग्राम, काडेबास, जलजला, खुङ्गा र बोहरागाउँमा सातै टोलीको कार्यक्रम सम्पन्न भएको हो ।
टोली नं. १ को कार्यक्रम बरेङ गाउँपालिकाको वडा नं. ५ सुखौरामा सम्पन्न भएको छ । कार्यक्रममा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवर, राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, राजमो जिल्ला सदस्य हीराबहादुर थापा, राजमो बरेङका सचिव पृथ्वीबहादुर पुन, सहसचिव तुफान पुन, सल्लाहकार रूपनारायण शर्मा, राजमो वडा समिति सल्यानका अध्यक्ष खडक पुनलगायतले मन्तव्य राख्नुभएको थियोे । कार्यक्रम वडासमितिका अध्यक्ष चित्रबहादुर पुर्जाको अध्यक्षता, जीवन थापाको सञ्चालन र टीकाराम शर्माको स्वागत मन्तव्यका साथै उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
टोली नं. २ को कार्यक्रम जैमिनी नगरपालिकाको वडा नं. १० राङखानीमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, राजमो केन्द्रीय सदस्य डिलबहादुर दर्जी, राजमो बागलुङका सल्लाहकार तथा जैमिनी नगरप्रमुख नरबहादुर पुन, अखिल नेपाल युवक सङ्घका श्रीप्रसाद थापा, वडा सदस्य फणिन्द्र थापा, सीता विकलगायतले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियोे । कार्यक्रम टीका आचार्यको अध्यक्षता, जयराम आचार्यको सञ्चालन तथा झलक पुनको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियोे । कार्यक्रममा अखिल नेपाल महिला सङ्घ राङखानीले विविध तिजी कार्यक्रम प्रस्तुत गरेको थियो ।
टोली नं. ३ को कार्यक्रम काठेखोला गाउँपालिकाको वडा नं. ४ तङ्ग्राममा सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल महिला सङ्घकी केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, राजमो बागलुङका अध्यक्ष तिलक थापा, अखिल नेपाल शिक्षक सङ्घका कमला थापा, राजमो जिल्ला सदस्य लक्ष्मण पुन, टीकासङ्गम विक, जिल्ला सल्लाहकार टेकबहादुर आरसी, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सदस्य थमन पुन, अखिल नेपाल भूतपुर्व सैनिक सङ्घका थिरबहादुर राना, जातीय समता समाज बागलुङका सदस्य कृष्ण विकलगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे । कार्यक्रम वडासमितिका अध्यक्ष विष्णु कँडेलको अध्यक्षता, ऋता खत्री कार्कीको सञ्चालन र वडासमितिका सदस्य हिरा विकको स्वागत मन्तव्यका साथै सम्पन्न भएको थियो । कार्यक्रममा अखिल नेपाल महिला सङ्घ तङ्ग्रामले तिजी कार्यक्रमसहित शुभकामना आदानप्रदान गरेको थियो ।
टोली नं. ४ को कार्यक्रम गलकोट नगरपालिकाको वडा नं. ८ काडेबासमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राजमो केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राजमो बागलुङका जिल्ला सदस्य पदम श्रेष्ठ, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सदस्य पुष्कर सापकोटा, अखिल (छैठौं) बागलुङका अध्यक्ष गणेश सापकोटा, जनप्रतिनिधि अमृता सुनारलगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे । कार्यक्रम वडासमिति अध्यक्ष श्याम सुनारको अध्यक्षता, मनिष कँडेलको सञ्चालन र चूडामणि कँडेलको स्वागत मन्तव्य रहेको थियोे ।
टोली नं. ५ को कार्यक्रम बडिगाड गाउँपालिकाको वडा नं. ४ जलजलामा सम्पन्न भएको छ । कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदी, युवक सङ्घका महासचिव भीमसेन वन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो बागलुङका सदस्य बोमबहादुर थापा, महिला सङ्घ बडिगाडका सदस्य रेखा श्रीसलगायतका अतिथिले मन्तव्य दिनुभएको थियो । कार्यक्रम गम्बरबहादुर श्रीसको अध्यक्षता र तोपबहादुर श्रीसको सञ्चालनमा सम्पन्न भएको थियो ।
टोली नं. ६ को कार्यक्रम ढोरपाटन नगरपालिकाको वडा नं. ४ खुङ्गामा सम्पन्न भएको छ । कार्यक्रममा राजमो बागलुङका सचिव भीमलाल पोखरेल, राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा, तमबहादुर घर्ती, राजमो ढोरपाटन सदस्य नारायण घर्तीलगायतले मन्तव्य दिनुभएको थियोे । कार्यक्रम रामबहादुर अर्गेजाको अध्यक्षता, कुलबहादुर छन्त्यालको सञ्चालन र इन्द्रमान छन्त्यालको स्वागत मन्तव्यमा सम्पन्न भएको थियोे ।
टोली नं. ७ को कार्यक्रम निसीखोला गाउँपालिकाको वडा नं. ३ बोहरागाउँमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राजमो बागलुङका उपाध्यक्ष खिमविक्रम शाही, जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढा, निसीखोला–३ का वडाअध्यक्ष रमेशविक्रम शाही, अखिल नेपाल किसान महासङ्घ बागलुङका कोषाध्यक्ष लीला घर्ती, विक्रम सिर्पालीलगायतले मन्तव्य दिनुभएको थियोे । कार्यक्रम धनकुमारी शाहीको अध्यक्षता र थमन घर्तीमगरको सञ्चालनमा सम्पन्न भएको थियो ।
२०८१ भदौ १६ गते आइतबार : सबै ठाउँमा कार्यक्रम
आइतबार सल्यान, छिस्ती, धम्जा, मल्म, दर्लिङ, अधिकारीचौर, झिम्पामा कार्यक्रम सम्पन्न भएको छ ।
टोली नं. १ को कार्यक्रम बरेङ गाउँपालिकाको वडा नं. ४ सल्यानमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो गण्डकी प्रदेश उपाध्यक्ष धर्मबहादुर कुँवर, राजमो बागलुङका सचिवालय सदस्य तथा बरेङ गाउँपालिका अध्यक्ष कृष्ण पौडेल, राजमो जिल्ला सदस्य हीराबहादुर थापा, राजमो बरेङका सचिव पृथ्वीबहादुर पुन, सहसचिव तुफान पुन, सल्लाहकार रूपनारायण शर्मालगायतले मन्तव्य दिनुभएको थियोे । वडासमितिका अध्यक्ष खड्क पुनको अध्यक्षता तथा वसन्त थापाको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियोे ।
टोली नं. २ को कार्यक्रम जैमिनी नगरपालिकाको वडा नं. ८ छिस्तीमा सम्पन्न भएको छ । कार्यक्रममा राजमोका पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, केन्द्रीय सदस्य डिलबहादुर दर्जी, राजमो बागलुङका सल्लाहकार तथा जैमिनी नगरप्रमुख नरबहादुर पुन, राजमो नगर सदस्य झलक पुनलगायतले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियोे । चूडामणि शर्माको अध्यक्षता तथा रघुनाथ पौडेलको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा दलबहादुर क्षेत्रीको स्वागत मन्तव्य रहेको थियोे ।
टोली नं. ३ को कार्यक्रम काठेखोला गाउँपालिकाको वडा नं. ३ धम्जामा सम्पन्न भएको छ ।
कार्यक्रममा राजमो बागलुङका अध्यक्ष तिलक थापा, राजमो जिल्ला सदस्य लक्ष्मण पुन, टीकासङ्गम विक, जिल्ला सल्लाहकार अर्जुन खत्रीलगायतले मन्तव्य राख्नुभएको थियोे । वडासमितिका अध्यक्ष निरजकुमार विकको अध्यक्षता, वडासमितिका सचिव यामबहादुर थापाको सञ्चालन र अर्जुन खत्रीको स्वागत मन्तव्यसँगै उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
टोली नं. ४ को कार्यक्रम गलकोट नगरपालिकाको वडा नं. ९ मल्ममा सम्पन्न भएको छ । कार्यक्रममा राजमो केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, राजमो केन्द्रीय सदस्य बेदीलाल सापकोटा, राजमो बागलुङका सल्लाहकार टङ्क केसी, जिल्ला सदस्य पदम श्रेष्ठ, विष्णु बस्नेतलगायतले मन्तव्य राख्नुभएको थियोे । भीमकुमारी गौतमको अध्यक्षता तथा लक्ष्मण सापकोटाको सञ्चालनमा अघि बढेको सो कार्यक्रममा डिलाराम सापकोटाको स्वागत रहेको थियोे ।
टोली नं. ५ को कार्यक्रम बडिगाड गाउँपालिकाको वडा नं. १० दर्लिङ निगलपानीमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो बागलुङका सचिवालय सदस्य थानेश्वर सुवेदी, अखिल नेपाल युवक सङ्घका महासचिव भीमसेन वन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो बागलुङका सदस्य बोमबहादुर थापा, राजमो बडिगाडका सचिव विमल श्रीस, अखिल नेपाल महिला सङ्घकी कोपिला थापालगायतका अतिथिले मन्तव्य राख्नुभएको थियो । मेहरसिंह छन्त्यालको अध्यक्षता तथा दुजमान थापाको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
टोली नं. ६ को कार्यक्रम ढोरपाटन नगरपालिकाको वडा नं. ५ अधिकारीचौरमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो बागलुङका सचिव भीमलाल पोखरेल, राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा, राजमो नेता तमबहादुर घर्ती, अखिल नेपाल शिक्षक सङ्घकी सुनमाया घर्तीलगायतले मन्तव्य राख्नुभएको थियोे । तुल्सीराम खरेलको अध्यक्षता, राम गौतमको सञ्चालन तथा चन्द्रबहादुर घर्तीको स्वागत मन्तव्यसँगै सो कार्यक्रम सम्पन्न भएको थियोे ।
टोली नं. ७ को कार्यक्रम निसीखोला गाउँपालिकाको वडा नं. ४ झिम्पामा सम्पन्न भएको छ । कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राजमो बागलुङका उपाध्यक्ष खिमपिक्रम शाही, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढालगायतले मन्तव्य दिनुभएको थियोे । टङ्क पौडेलको अध्यक्षता र थमन घर्तीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
२०८१ भदौ १७ गते : पाँच ठाउँमा सभा
विशेष सङ्गठनात्मक अभियान बागलुङको जैदी, रिघा, दर्लिङ, गादीखोला र निसीमा सम्पन्न भएको छ ।
टोली नं. २ को कार्यक्रम जैमिनी नगरपालिकाको वडा नं. ७ जैदीमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो पूर्व केन्द्रीय सचिव कृष्ण अधिकारी, केन्द्रीय सदस्य डिलबहादुर दर्जी, लीलादेवी शर्मा, राजमो ठाकुर शर्मा, राजमो नगर सदस्य झलक पुनलगायतले प्रशिक्षणात्मक मन्तव्य दिनुभएको थियोे । कार्यक्रम जङ्गबहादुर केसीको अध्यक्षता, मनबहादुर सुनारको सञ्चालन र नारायण शर्माको स्वागत मन्तव्यसँगै सो कार्यक्रम सम्पन्न भएको थियोे ।
टोली नं. ४ को कार्यक्रम गलकोट नगरपालिकाको वडा नं. ११ रिघामा सम्पन्न भएको छ । कार्यक्रममा राजमो केन्द्रीय सदस्यहरू राजेन्द्र ढुङ्गाना र बेदीलाल सापकोटा, राजमो बागलुङका सल्लाहकार टङ्क केसी, जिल्ला सदस्य पदम श्रेष्ठलगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे । भक्तिराम पुनको अध्यक्षता रहेको उक्त कार्यक्रममा दलबहादुर बुढाथोकीको सञ्चालन र रणबहादुर थापाको स्वागत रहेको थियोे ।
टोली नं. ५ को कार्यक्रम बडिगाड गाउँपालिकाको वडा नं. ९ दर्लिङमा सम्पन्न भएको छ । कार्यक्रममा अखिल नेपाल युवक सङ्घका महासचिव भीमसेन वन, नेकपा (मसाल) बागलुङका प्रवक्ता मेकबहादुर पाइजा, राजमो बडिगाडका सचिव विमल श्रीसलगायतका अतिथिले भेटघाट तथा प्रशिक्षण गर्नु भएको थियो ।
टोली नं. ६ को कार्यक्रम ढोरपाटन नगरपालिकाको वडा नं. ६ गादीखोलामा सम्पन्न भएको छ । कार्यक्रममा राजमो बागलुङका सचिव भीमलाल पोखरेल, राजमो बागलुङका कोषाध्यक्ष दीपक थापा, जिल्ला सदस्य निमकुमारी भण्डारी, अखिल नेपाल शिक्षक सङ्घका दुर्गा भण्डारी, वडासदस्य ज्ञानबहादुर भण्डारीलगायतले शुभकामना दिनुभएको थियोे । सबहादुर छन्त्यालको अध्यक्षता तथा रूपप्रसाद भण्डारीको सञ्चालन रहेको सो कार्यक्रममा उपस्थित जनसमुदायलाई खुमबहादुर भण्डारीको स्वागत गर्नुभएको थियोे ।
टोली नं. ७ को कार्यक्रम निसीखोला गाउँपालिकाको वडा नं. ५ निसीमा सम्पन्न भएको छ । कार्यक्रममा राजमो केन्द्रीय सदस्य गौरीश्वर पाण्डे, राजमो बागलुङका सदस्य थमन घर्ती, अखिल नेपाल जनजाति सम्मेलन बागलुङका सल्लाहकार प्रगति बुढालगायतले मन्तव्य दिनुभएको थियोे । मोतिमाल विकको अध्यक्षता तथा चीनबहादुर घर्तीको सञ्चालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।