कश्मिरदेखि कन्याकुमारीसम्मका नेपाली अलमलमा हुनुहुन्छ भने मूल प्रवाहमा आउनूस् : महासचिव पौडेल

  • "चेन्नईमा संयुक्त तीज कार्यक्रम "
  • दक्षिण भारत । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत चेन्नै माहानगरीस्थित पूर्व, पश्चिम, उत्तर र दक्षिण नगर समिति महिला विभागको आयोजनामा नेपाली नारीहरूको महान पर्व हरितालीका (तीज) को अवसरमा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रमलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव प्रेम पौडेलले उद्घाटन गर्नुभएको थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पौडेलले महिलाहरूले तीजी पर्वलाई राष्ट्र परिवर्तनको लागि र महिलाहरूको हकहितको पक्षमा आवाज बुलन्द गर्दै मनाउनुपर्ने मा जोड दिनुभएको थियो ।

    उहाँले तीजी पर्वलाई कैयौँ संघ संस्था र समूहहरूले दर खाने नाममा छाडा गतिविधिको रुपमा लिइरहेको हुँदा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजमा आबद्ध महिलाहरूले त्यस प्रकारको विकृतिलाई रोक्न प्रगतिशील ढङ्गबाट नेपालको सांस्कृतिक को जगेर्ना गर्ने आवान गर्दै सही मार्ग र अनुशासन रूपमा मनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले तीजी कार्यक्रम चेन्नईमा मात्र होइन भारतको जम्मु कश्मिरदेखि कन्याकुमारीसम्म मूल प्रवाहको झन्डा महिला विभागले फरफराइरहेको बताउनुभयो ।

    यदि अझै पनि कोही महिला दिदीबहिनी वा पुरुष दाजुभाइहरू कतै अलमलमा हुनुहुन्छ भने मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा रहने नेपालीहरूको सही मार्गदिशा देखाउने दुःख र सुखमा हातेमालो गर्दै प्रवासी नेपालीहरूको समस्या को बारेमा सङ्घर्ष गर्दै आइरहेको बताउँदै सबैलाई मूल प्रवाहको झण्डामुनि गोलबन्द हुन आग्रह गर्नुभयो ।

    कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य जनकराज शर्मा, चन्द्रकान्त शर्मा, काशीराम शर्मा, खगेश्वर सुनार, दक्षिण भारत क्षेत्रीय कोषाध्यक्ष लोकेन्द्र पौडेल, क्षेत्रीय सदस्यहरू बुद्धिराम पौडेल, कोटीप्रसाद पोख्रेल, गोपाल बिक, तेजेन्द्र पुन, खगराज आचार्य, रोमबहादुर सापकोटा, ओमकान्त शर्मा, नेत्रलाल शर्मा, जीवन शर्मा, सूर्य प्रसाद भुसाल, क्षेत्रीय महिला विभाग गोमा शाही, लोक कुमारी थापा, गीता केसी र कलाकार विभागको तर्फबाट डिल बहादुर जिएम र क्षेत्रीय महिला विभागबाट गिता केसीको आतिथ्यता रहेको थियो ।

    मूल प्रवाह अखिल भारत नेपाली समाज केन्द्रीय कोषाध्यक्ष मदन शर्मा केन्द्रीय सदस्य जनकराज शर्मा केन्द्रीय सदस्य चन्द्रकान्त शर्माले पनि तीजी कार्यक्रमको शुभकामना मन्तव्य राख्नुभएको थियो।

    मूल प्रवाह चेन्नई महिला विभाग पश्चिम नगर समिति संयोजक चन्द्रिका पौडेलको अध्यक्षता तथा दक्षिण नगर संयोजक नविना बस्नेत (पौडेल) ले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा उपस्थित जनमानसलाई रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले गीतबाट र चेन्नै दक्षिण महिला विभागको तर्फबाट मिना सापकोटाले स्वागत मन्तव्य सहित शब्दबाट स्वागत गर्नुभएको थियो ।  रक्तिम कलाकार र उपस्थित दिदी बहिनीहरूले मौलिक तीजी गीत गित प्रस्तुत गर्नुभएको थियो।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार