भोकालाइ खाना दिन्छौ भन्थेउ
तर पेट तिम्रो मात्र भरिएको देख्छु।
नाङ्गालाई कपास दिन्छौ भन्थेउ
तर कोट र सुट तिम्रै मात्र फेरिएको देख्छु।।
बास नहुनेलाइ घर दिन्छौ भन्थेउ
तर तला तला बिल्डीङ तिम्रा मात्र भएको देख्छु।
युवालाई स्वदेशमै रोजगार दिन्छौ भन्थेउ
तर दिनानुदिन युवा युवती बिदेश गएको देख्छु।।
हाम्रो साधा जीवन उच्च बिचार भन्थेउ
तिम्रा हातमा घडी करोडौंका टल्केको देख्छु।
घुषखोरीलाइ जहाँ गएनी छोड्दैनौ भन्थेउ
घुष खान त तिमी आफै पल्केको देख्छु।।
जनतालाई कहिल्यै रुवाउदैनौ भन्थेउ
तर उनैले दिन रात आँसु बगाएको देख्छु।
उनको आखामा मोतिबिन्दु हुदा उपचार छैन
तिमीले लाखौंको चस्मा लगाएको देख्छु।।
बिदेशी हस्ताक्षेप अमान्य छ भन्थेउ
तर उनैसंग चुचाघाटी मिलाएको देख्छु।
साम्राज्यवादी राष्ट्रले देशमा मनपरि गर्दा
त्यो तिम्रो मुक्तकण्ठ सिलाएको देख्छु।।
सिमा अतिक्रमण रोक्छौ भन्थेउ
तर हाम्रो भुमि हरेक दिन सरेको देख्छु।।
स्वास्थ्य निसुल्क गराउछौ भन्थेउ
तर गरिबहरु उपचार नपाइ मरेको देख्छु।।
छोरी चेलीलाइ सुरक्षित राख्छौ भन्थेउ
तर दीन दीन बलात्कृत भइ मारिएको देख्छु।
न्यायलय निस्पक्ष गराउछौ भन्थेउ
तर निर्दोषलाइ फन्दामा पारिएको देख्छु।।
प्रयोगात्मक शिक्षा ल्याउछौ भन्थेउ
तर उहीँ पुरानो शिक्षा भएको देख्छु।
अरु भन्दा हामी फरक हौ भन्थेउ
तिमीहरुमा पनि उहीँ सुगन्ध आएको देख्छु।।
हिज गहकिला लाग्ने तिम्रा भाषण
आज खल्ला लागेको देख्छु।
हिज तिम्रो चाकडी गर्न रुचाउनेहरु
आज टाढा भागेको देख्छु।।
हामी सबै बराबर हौ भन्थेउ
तर आज तिमी राजा हामी रैती भयौं।
त्यही भएर त हेर तिमी महलमा छौ
हामी तिर्पाल मुनि रयौ।।
भनाइ र गराइ मिलाउनु छ भने
हाम्रा पनि दिनचर्या बदल्ने निति ल्याउ।
प्राकृतीक प्रकोपले आक्रान्त छौ हामी
हाम्रा दुखसंग हातेमालो गर्न आउ।।