
विष्णु शर्मा, पाण्डेचरी
प्रदेशको गल्लीबाट सबैमाझ आउँदै छौँ
भ्रटाचारको विरुद्धमा गीत गाउँदै छौँ ।
चुनाबमा भन्ने गर्छन् राजनीति सेवा हो
जिते पछि जस्तै गर्छन् आफ्नै पेवा हो ।
जनताले दुःख गरि छोराछोरी पढाउने
घुष नभए आयोगमा नाम नआउने ।
विद्यार्थीको क्षमताको घुषले गर्दा मापन
युवाले विदेश जाने देख्छन् सपना ।
तलदेखि माथिसम्म घुष कै सेटिङ चलने
जनताको मन मुटुमा आगो बलने ।
सरकारबाट बजेट पार्छन् बिकासको नाउँमा
भ्रष्टाचारी कुरी बस्छन् ठाउँ ठाउँमा ।
आधा रकम हिनामिना उपकरण मगाउँदा
टेवा मिल्यो सरकारले नै तीनलाई सघाउँदा ।
घुषखोरी र भ्रष्टाचारी सरकारमा बसेका
त्यसैले त आजसम्म छन् नी बचेका ।
जनतालाई जागरुक पार्न जनमोर्चा आको छ
भ्रटाचारको विरुद्धमा नारा लाको छ ।
काठमाडौँमा यो दलले विशाल सभा गरेर
आह्वान गर्यो जनतालाई उठ भनेर ।
प्रदेशको गल्लीमा नी यो समाचार आको छ
शोषीत पीडित प्रदेशीलाई खुशी लाको छ।
आबाज दिन्छौँ सबै मिली जनमोर्चाको पक्षमा
देश जनता माथि उठाउने एउटै लक्षमा ।
प्रदेशी लाउरे भन्ने गयो अब जमाना
रेमिट्यानसले देश धान्नेसँग कसको सामना ।
खाँचो परे देश फर्कन्छौँ सबै झोला बोकेर
भ्रष्टाचारी भगाउने पाठ घोकेर ।
















