एकता समाजको ४६औं स्थापना दिवसको सन्दर्भमा

आज भारतस्थित नेपीलीहरूको लागि ऐतिहासिक दिन हो । खास गरि श्रमजीवि नेपालीहरूको लागि त आजको दिनले बिशेष महत्व राख्द छ । भनिन्छ माछालाई पानी र मानवलाई संगठन अनिवार्य चाहिन्छ । सन् १९७९ मा भारतको प्राचिन सहर वाराणसीमा तात्कालिन अखिल भारत नेपाली एकता समाजको गठन गरिएको थियो । त्यो वेलाको सुझबुझले अहिलेसम्म भारतमा नेपाली श्रमजिविहरू लावारिस हुनुपरेको छैन । जहाँ संगठन छ त्यहाँ नेपालीहरू बलिया छन् ।

स्थापनाको वेला गोबिन्द सिंह थापाको नेतृत्वमा, रामचन्द्र शर्मा, पदम राना, दण्डपाणी न्यौंपाने, राजु नेपाली, रतन बहादुर, दुर्गा प्रसाद शर्मा । संगठनको संस्थापकहरू थिए । अहिले उनीहरू मध्य केही हाम्रो बिचमा छैनन्, तर कतिपय अहिले पनि कुनैनकुनै रूपमा कार्यरत छन् । मानिस जन्मिए पछि मर्छ, यो समय र प्रकृतीको नियम नै हो ।

भारतमा सन् १९७९ भन्दा पहिले संगठन नभएका पनि होइनन् । जातिय, क्षेत्रीय र इलाकिय आदिका संगठनहरू प्रसस्तै थिए । तर अखिल भारत स्तरको संगठन भारतमा पहिलो पटक नेपालीहरूको तात्कालिन अखिल भारत नेपाली एकता समाज नै हो भन्न सकिन्छ । भारतमा नेपालीहरूको लागि संगठन नभैनहुने हुन्छ । त्यो वेलाको यो संगठनले नेपालीहरूको आधारभूत जरूरत पुरागर्न सफल भयो ।

आखिर किन खोल्नु प¥यो भारतमा नेपालीहरूको संगठन ? यसबारेमा धेरैको चासो हुनसक्छ । देशभित्र निरंकुश पञ्चायती व्यवस्था । पञ्चेहरूको हालिमुहाली, गुण्डाहरूको बिगबिगी अर्काे तिर परदेशमा श्रमजिविहरूको दयनिय र अपहेलित अबस्था प्रशासनको मिलिभगतमा लुट, कुटपिट र नेपाली महिलाहरूमाथि बलात्कार, बेचबिखन, सिमानाहरूमा प्रशासनको र गुण्डाहरूको मिलिभगतमा सोझा नेपालीहरू माथि अमानवीय व्यवहारले आम नेपालीको अबस्था दयनीय थियो ।

एकातिर भारतसँग नेपाल सरकारले संन्धि गरेर नेपालीहरू भारतमा जान बाध्य गराएको थियो । अर्काे तिर शान्ति तथा मैत्रि सन्धि अनुसार नेपालीहरूको लागि भारत सरकारले काम मुहाइया गराउँदैनथ्यो । नेपाली श्रमजिविहरू न्यूनतम् ज्यालामा भारतीय धनाढ्यहरूका घर, होटेलमा, गेटमा र आफिसहरूमा बढी भन्दा बढी कजाइन्थे । उनीहरू खुसि भएपछि नेपालीहरूलाई तलब मिल्ने अन्यथा चोरीको आरोप लगाएर कयौँ महिनासम्म काम गरेको ज्याला हडप्ने गरिन्थ्यो । बंधुवा मजदुर सरह बनाएर राखिएका पनि भेटिन्थ्यो ।

नेपालीहरूको लागि न नेपाल सरकार बोल्थ्यो, न भारतिय प्रसाशनले नेपालीहरूको हितमा बोल्थ्यो । यस्तो दयनीय अबस्थामा नेपालीहरूको लागि एउटा अखिल भारत स्तरको बलियो जुझारू संगठनको खाँचो थियो । जो मूल प्रवाह अखिल भारत नेपाली एकता समाज (तत्कालिन अखिल भारत नेपाली एकता समाज)ले पुरा ग¥यो ।

जब भारतिय भूमिमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको गठन भयो, त्यसपछि विस्तारै क्षेत्रीय जातिय संघ संस्थाहरू सेलाउँदै गए । सन् १९७९ र जुन १९८१ सम्मको संगठनको अबस्था संतोषजनक थिएन, तर पछि जुन १९८१मा एकता समाजको अस्थायी समितिको पूर्नगठन पछि संगठनको व्यापक बिकास हुँदै र झांगिदै गयो । संगठन अनुशासित र लडाकु बन्दै गयो ।

जसले छोटो समयमा सन् १९८२ सेप्टेम्वर ५–७ मा आफ्नो प्रथम सम्मेलन दिल्लीको निलकण्ठ भवनमा सम्पन्न ग¥यो । संगठनलाई बिच बिचमा थुप्रै अवसरवादीहरूले फुटाउने दुस्सहास नगरेका पनि होइनन्, तर संगठनका जुझारू र कर्मठ कार्यकर्ता नेताहरूले संगठनलाई जोगाउँदै डोराउँदै न्याययुद्ध आन्दोलनमा अगाडि बढाउँदै आएकाछन्् ।

दृतिय अखिल भारत सम्मेलन १०–१४ दिसम्वर सन् १९८५ दिल्ली मै सम्पन्न भयो । त्यो वेला पनि संगठनमा फुटप्रस्तहरूले संगठनलाई कलकत्ता पुराउँन खोजेका थिए । तर, केही साथिहरू भ्रमबस फुटेपनि मूल समिति जोगियो । कानपुरमा भएको तृतिय अखिल भारत सम्मेलन १३–१७ नोभेम्बर १९८९ सम्पन्न भएको थियो । उक्त सम्मेलन पछि पनि कयौँ साथिहरू फुटेर गए । त्यो प्रथम दशाब्दी समारोह ७–१७ नोभेम्वरसम्म सम्पन्न भएको थियो । यस्तै गरेर चौथो अखिल भारत सम्मेलन १५–१६ फरवरी सन् १९९५ दिल्ली शिविल लाइनस्थित गुजरात भवनको शाह अडिटोरियनमा भयो । त्यो सम्मेलन पछि पनि संगठनलाई गलत बाटोमा डोराउँन प्रयात्न भएको थियो ।

पछि पाँचौ अखिल भारत सम्मेलन हैद्राबादको सिकन्द्राबादमा १०–१३ फरवरीसम्म सपन्न भयो । जसले आफ्नो नाममा ‘मूल प्रवाह’ थप्ने निर्णय गर्याे र संगठनको नाम मूल प्रवाह अखिल भारत नेपाली एकता समाज राख्यो । संगठनका सिपाईहरूको सजगताले संगठन गलत विचारको प्रभावबाट जोगियो । संगठनले छुट्टै पहिचान बनाउँन सफल भयो ।

मूल प्रवाहले आफ्नो छैठौँ सम्मेलन भारतको फरीदाबादमा सम्पन्न ग¥यो । १३–१५ सितम्बर २००९ मा भयो । यो ऐतिहासिक सम्मेलनले भारतमा रहेका जनवर्गिय संगठनहरूलाई एकै ठाउँमा समायोजित गरेर अगाडि बढ्ने निर्णय ग¥यो, साथै परिषदको पुनः सुरूवात पनि ग¥यो ।

सातौँ मूल प्रवाहको अखिल भारत सम्मेलन २१–२३ सेप्टेम्वर २०१४मा लखनऊ मा सम्पन्न भयो । संगठनले आफ्नो आठौँ अखिल भारत सम्मेलन फरीदाबादमा २८–२९ फरवरी र १ मार्च २०२२ मा सम्पन्न गरेको छ । अहिले संगठनले आठौँ सम्मेलन सम्पन्न गरेपछि त्यसैको मैण्डेटमा कार्यरत छ ।

संगठन नामले होइन संगठनले गरेको कामले संगठनको आयु र उसको बिकास हुनसक्छ । भारतमा नेपालीहरूको यो संगठन नभएको भए भारतस्थित नेपालीहरू सचेत हुन सक्ने थिएनन् । उनीहरू न्यायका लागि लड्न सक्ने थिएनन् । संगठनले धेरै न्यायप्रेमि झुझारू साथिहरूलाई जन्माएको हामीले देखेका छौँ ।

अहिले केवल भारतमा मात्र संगठन छैन, विश्वमा फैलिन सफल भएकोछ । यो मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको देन नै हो । आज विश्वस्तरमा नेपालीहरू संगठित भएर आफ्नो हक अधिकारका लागि संघर्ष गर्दै आएका छन् । भारतस्थित नेपालीहरू समाजमा रहेका तमाम कुरितीको बिरोध गर्दै आपसी एकता कायम गर्ने प्रयात्न गर्दै आएको छ । साथै देशमा हुने राजनीतिक गतिबिधीसँग पनि सामेल हुँदै आएको छ । संगठनले विदेशबाट पनि राष्ट्रियता, जनतन्त्र र जनजिवीकाको पक्षमा आवाज उठाउँदै आएको छ । विदेशमा बसेका प्रवाशी नेपालीहरूलाई सन्धि अनुसार अधिकारको माग गर्नुका साथै असमान सन्धिको खारेजीका लागि सशक्त आवाज उठाउँदै आएको छ । यसका साथै प्रवासी नेपालीहरूको मताधिकारको साथै समानुपातिक प्रतिनिधित्वको पनि आवाज उठाउँदै आएको छ । अजा कतिपय व्यक्ति वा झुण्डले आफूलाई खाँटी एकता समाज भन्ने गरेता पनि एकता समाजको वास्तविक गरिमा, भूमिका र जिम्मेवारी केवल मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले नै निर्वाहत गर्दै आएको छ ।

यसरी एउटा अबिभावकको भूमिकामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाज आज निरन्तर अगाडी बढ्दै आएको छ । तमाम अनुकुल तथा प्रतिकूल अवस्थामा पनि संगठनले नेपालीहरू चाहे सुगौली सन्धिको तहत भारतमा रहेका नेपाल मूलका भारतिय नागरिक हउन्, चाहे मैत्रि सन्धिको तहत भारतमा पुगेका प्रवासी नेपाली हउन् सबैको छाता संगठनको भूमिका निर्वाह गर्दै आएको हामीले देख्छौँ । आज देशभित्र रोजगार नभएकोले प्रवाशिन बाध्य नेपालीहरूको एकताले ठुलो महत्व राख्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार