
हैदरावाद (भारत) । भारतको हैदरावादमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको छयालियौँ स्थापना दिवस र प्रगतिशील भैलो कार्यक्रम सँगसँगै सम्पन्न भएको छ ।
महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा नोभेम्बर ७, २०२४ का दिन सो कार्यक्रम सम्पन्न भएको हो ।
मूल प्रवाह मध्यदक्षिण क्षेत्रीय समितिद्वारा आयोजित सो कार्यक्रममा महासचिव पौडेलले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले मूल प्रवाहको सङ्घर्षशील र गौरवमय ऐतिहासिक विरासत कायम गर्न सम्पूर्ण नेताकार्यकर्ताहरू लाग्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा मध्यदक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल र केन्द्रीय सदस्य फूलबिना पौडेलले पनि मन्तव्य राख्नुभएको थियो ।
केन्द्रीय प्रतिनिधि के रतन सिंह, क्षेत्रीय कोषाध्यक्ष घनश्याम शर्मा, क्षेत्रीय सदस्य राजु दुलाल, क्षेत्रीय सदस्य तथा महिला विभागकी संयोजक पुष्पा पौडेल, रक्तिमका संयोजक माया थापा, नालगोन्डा नगर समितिका चेतन शर्माको सो कार्यक्रममा आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन तिलक रानाले, अध्यक्षता वीरबहादुर विकले तथा स्वागत मोहनलाल शर्मा र रक्तिमका कलाकारले गर्नुभएको थियो ।
सो अवसरमा रक्तिम हैदराबादका कलाकारले प्रगतिशील देउसीभैलो प्रस्तुत गरेका थिए ।

















