
रामपुर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज रामपुर नगर समिति अन्तर्गत कुमार सेन एरिया समितिको आयोजनामा ४६औं स्थापना दिवस मनाइएको छ ।
नर बहादुरको अध्यक्षताबाट अगाडि बढेको सो कार्यक्रममा सहभागिहरुलाई प्रेम बहादुरले स्वागत गर्नुभएको थियो । कार्यक्रममा सिताराम बुढाथोकी, शुक्रबहादुर र पार्वती पन्थले मन्तव्य दिनुभएको थियो ।
















