
कोट्टयाम १६–१७ नोभेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय समिति अन्तर्गत पर्ने कोट्टयाम नगर समितिको ११औं सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन प्रमुख अतिथि महासचिव प्रेम पौडेलले दीप प्रज्वलित गरि तालिको कताल ध्वनीको साथमा गर्नुभएको हो।
उद्धाटन मन्तब्यमा महासचिव पौडेलले मूल प्रवाहको ४६औं बर्षको लामो र ईताहासको बारेमा प्रस्टाउँदै भारतस्थित नेपालीहरु मूल प्रवाहको रक्तरञ्जित झन्डामुनि एकबद्व नभएसम्म देश र श्रमजिवि बर्गहरुको उद्दार र उत्थानको बिकल्प नभएको बताउनु भएको थियो । पौडेलले भारतस्थित नेपालीहरुका समस्यहरुलाई प्रस्टाउँदै देशभित्र चलिरहेका विभिन्न खाले बेथिति र बिसंगतिका बिरुद्व संगठित हुँदै संघीयता बिरोधी आन्दोलनमा आम नेपाली श्रमजिबिवर्गहरु सरिक हुन अपिल गर्नुभएको थियो ।
दक्षिण भारत क्षेत्रीय अध्यक्ष चन्द्र बहादुर थापाले एक रिक्त १३ पुर्ण ३ बैकल्पिक र ३ सल्लाहकार गरि १९ सदस्यीय कोट्टयाम नगर समिति घोषणा गर्नुभएको थियो । जस्माः अध्यक्ष– भद्र बहादुर थापा, उपाध्यक्ष– खिरमायाँ थापा, सचिव– डिल बहादुर राना, सहसचिव– देबिरिजाल अधिकारी, कोषाध्यक्ष– धनकुमारी केसी, सदस्यहरुमाः मनोज जिसी, शेर बहादुर बिक, प्रेम प्रसाद शर्मा, राम बहादुर केसी, छबिलाल कार्कि, हरि प्रसाद पौडेल, कुमारी थापा, बैकल्पिक सदस्यमाः लाल बहादुर नेपाली, राजेस चालिसे र दुर्गा शर्मा रहनुभएको छ । त्यस्तै सम्मेलनले गणेश परियार र प्रदिप शर्मालाई सल्लाहकार चयन गरेको छ । सल्लाहकारको एक स्थान रिक्त रहेको छ ।
खिरमया थापाको संयोजकत्वोमा १३ सदस्यीय महिला नगर बिभाग गठन गरिएको । जस्माः बालिका देबि शर्मा, देबि रिजाल, धनकुमारी केसी, दुर्गा शर्मा, खुमादेबि शर्मा, कौसिला परियार, कुमारी थापा, मिना सापकोटा, सम्झना श्रीसथापा, सरस्वति ओझा, रुपा पौडेल र सुनिता ढकाल चालिसे रहनु भएको छ ।
त्यस्तै एसएसएलसीमा ए पल्स सबिता शर्मा, अनिषा शर्मा र १२ मा फुल ए पल्स मोनिका पाण्डेलाई नगर समितिले मुमेन्टो प्रदान गरि सम्मान गरेको थियो ।
मनोज जिसिको सञ्चालन र धर्मराज शर्माको अध्यक्षताबाट अगाडि बढेको घोषणा सभामा केन्द्रीय कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य चोबनाथ शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका चन्द्र बहालुर थापा, धनकुमारी केसी, जनक बिसी, महिला बिभागिय सदस्य खिरमयाँ थापा, जानकि बिसि, समता बिभागिय सदस्य शेर बहादुर बिक, अखिल भारत नेपाली बिद्यार्थि संघका केन्द्रीय सदस्य प्रदिप शर्माको अतित्थ्यता पश्चात् ज्ञात आज्ञात सहिदहरुप्रति एकमिनट मौनधाण पछि रक्तिम कलाकारले गितबाट र डिल बहादुर रानाले स्वागतबाट स्वागत गरिएको थियो ।
कार्यक्रमको बिच बिचमा कलाकारहरुले गित र नृत्य प्रस्तुत गरेका थिए ।

















