मूल प्रवाहद्वारा पिडित वालिकालाई आर्थिक सहयोग

सुरत । नेपाल घर जिल्ला डडेल्धुरा नवदुर्गा गाउँपालिका २ घर भई हाल रोजगारीको सिलसिलामा सुरतको कडोदरा बस्दै आएका अजय शाही कि छोरी बर्ष ४ कि प्रिन्सी शाहीको ५ नोभेम्बर २०२४ का दिन आफ्नै बस्ने बिल्डिंगको तिन तलाबाट खसेर टाउकोमा गम्भीर चोट लागेको थियो । तत्काल सुरतस्थित किरण हस्पिटलमा वालिकालाई उपचार गर्दा डाक्टरले उपचारमा ८ देखी १० लाखसम्म खर्च लाग्ने बताएका थिए । तत्पश्चात निज बालिकाका बुवा अजय साहिले मूल प्रवाह अखिल भारत नेपाली एकता समाज सुरत नगर समितिलाई सहयोगको लागि अपिल गरेका थिए ।

सुरत नगर समितिले तत्काल नगर अध्यक्ष किशोर ताम्रकारको नेतृत्वमा आर्थिक संकलन समिति गठन गरि आर्थिक अभियान चलाएको थियो ।

अभियानमा अहम भुमिका निभाउनु हुने सविना कुँवर, सुष्मा श्रेष्ठ साथै भिम साउँद, पुर्ण विक, टंक शाह, नविन शर्मा, धुर्वराज न्यौपाने, गोविन्द सुनार, डम्बर बिक, शान्ती तिरुवा, लक्ष्मी ओड, लक्ष्मी ताम्राकार लगायतको प्रतिनिधि टोलीले पिडित वालिकाको मलमपट्टीको लागि रु ५६५०० (छपन्न हजार पाँच सय) रुपयाँ १४ नोभेम्बर २०२४ का दिन मूल प्रवाह सुरत नगर समितिको प्रतिनिधि मण्डलले वालिका प्रिन्शि साहिका बुवा अजय साहीलाई हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार