
कोचिन । दक्षिण भारतको कोचिनमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको पन्ध्रौँ नगर सम्मेलन सम्पन्न भएको छ ।
महासचिव प्रेम पौडेलको प्रमुख आतिथ्यमा नोभेम्बर २४, २०२५ का दिन सो सम्मेलन सम्पन्न भएको हो ।
दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले गास, बास र रोजीरोटीको समस्याका कारण नेपालीहरू संसारभरि छरिएर रहनुपरेको धारणा राख्नुभयो ।
‘जो जहाँ र जसरी रहे पनि हामी नेपाली हौँ र नेपाल हाम्रो राष्ट्र हो । राष्ट्र र राष्ट्रियतालाई शिरोपर धरी हामी अगाडि बढ्नुपर्छ’ उहाँले भन्नुभयो– ‘प्रवासमा छरिएर रहेका आम नेपाली मजदुरलाई मूल प्रवाहमा आबद्व हुन आग्रह गर्दछु ।’
सम्मेलनमा दक्षिण भारत क्षेत्रीय सदस्य जनक बिसी, महिला क्षेत्रीय विभागबाट जानका बिसी र विद्यार्थी विभागबाट परिवर्तन बिसीको आतिथ्य रहेको थियो ।
जुगराज राहु मगरको अध्यक्षता र बाबुराम के.सी.को संचालनमा अघि बढेको उक्त कार्यक्रममा उपस्थित सहभागीलाई मेघराज बिसी र सांस्कृतिक विभागका कलाकारले स्वागत गर्नुभएको थियो ।
अध्यक्षमा गणेश शर्मा
सम्मेलनले गणेश शर्मा पौडेल अध्यक्ष रहनुभएको १३ पूर्ण तीन वैकल्पिक र तीन सल्लाहकार गरी १९ सदस्यीय कोचिन नगर समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा जानका बिसी, सचिवमा आशाराम घर्तीमगर, सहसचिवमा गणेश शर्मा आर र कोषाध्यक्षमा मेघराज बिसी रहनुभएको छ ।
जनक बिसी, बाबुराम केसी, सावित्रा घर्तीमगर, गोविन्द रिमाल, मोहन घर्तीमगर, शान्ता बिसी, चन्द्रिका घर्तीमगर र तीर्थराज घर्तीमगर पूर्ण सदस्य रहनुभएको उक्त समितिको वैकल्पिक सदस्यमा प्रेम विक, हेमराज घर्तीमगर, भीमबहादुर घर्तीमगर तथा सल्लाहकारमा तारानाथ शर्मा, शेरबहादुर बिसी र जगत सारूमगर रहनुभएको छ ।
महिला विभागमा जानका बिसी
सम्मेलनले जानका बिसी संयोजकत्व तथा सावित्रा घर्तीमगर, चन्द्रिका घर्तीमगर, शान्ता बिसी, सपना बुढामगर, मीना बिसी र सुशीला बिसी सदस्य रहनुभएको महिला विभाग गठन गरेको छ ।
सांस्कृतिक विभागमा मोहन घर्तीमगर
त्यस्तै, सम्मेलनले मोहन घर्तीमगरको संयोजक तथा गोविन्द रिजाल, हेमराज घर्तीमगर, कुमार बिसी, परिवर्तन बिसी, समना बुढा र मीना घर्तीमगर सदस्य रहनुभएको सांस्कृतिक विभाग गठन गरेको छ ।
क्षेत्रीय सहसचिव धर्मराज शर्माले घोषणा गर्नुभएको उक्त सबै समितिलाई केन्द्रीय समितिका कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य चोवनाथ शर्मा, क्षेत्रीय समितिका कोषाध्यक्ष लोकेन्द्र पौडेल र क्षेत्रीय सदस्य मनोज जिसीले बधाई दिनुभएको थियो ।
















