केहि संगठन नेपालीको हकहित र सामाजिक परिवर्तनको बाधक छन् : खनाल

नवी मुम्बई, १ डिसेम्बर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिम भारत क्षेत्रीय समिति अन्तरगत महाराष्ट्रको रायगढ जिल्लाका दुई नगर रायगढ र अलिबागको नगर सम्मेलन सम्पन्न भएको छ । दुबै नगरले सम्मेलनको उद्घाटन र बन्दसत्र अलगअलग स्थान र मितिमा गरि संयुक्त घोषणा सभा नवी मुम्बई पनवेलको महाजन वाडी हलमा भब्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष ठाकुर खनालले सम्बोधन गर्नुभएको थियो । ‘नेपालको राजनैतिक असफलताको कारणले देशको एक तिहाइ जनसंख्याले प्रवासमा दुःख पाउन परेको हो । वैदेशिक रोजगारका कारणले देश रित्तो भएको छ । युवा शक्ति विदेशमा, देशमा भ्रष्टाचार, अराजकता र दण्डहीनताको राज छ ।’ खनालले सम्बोधनको क्रममा भन्नु भयो– ‘आफुलाई ठूला भनाउँदा दलहरूले भ्रष्टाचार, अराजकता बढाई रहेका छन्, राष्ट्रियतासँग सौदावाजी गरिरहेका छन् । विदेशी शक्तिलाई खुसी पारी सत्तामा टिक्ने प्रतिस्पर्धा गरि रहेकाछन् ।’

‘एकातिर देशको प्रवासी नेपालीहरूको अवस्था दयनीय छ, श्रीसम्पत्ति दाउमा राखेर तेस्रो मुलुक पुगेकाहरू बाकसमा फर्किनु परेको छ, भारतमा पनि नेपालीहरूको अवस्था दयनीय छ ।’ अध्यक्ष खनालले भन्नु भयो– ‘सरकारले अगाडि सारेका नीतिहरूका कारणले नेपालीहरूको जीवन झन कस्टकर भैरहेको छ । नौ हजार भन्दा बढी रकम बैंक खातामा पठाउनु पर्ने नियम छ, तर नेपालीको बैंक खाताको लागि आधार कार्ड लगायत दस्तावेजको अभाव छ । नेपालीहरू भेदभाव, हत्या, हिंसा सिकार भै रहेकाछ्न ।’

नेपालीहरूको समस्याको लागि मूल प्रवाहले निरन्तर संघर्ष गर्दै आएको छ । भारतमा मूल प्रवाह भन्दा बेग्लै धेरै संगठनहरू छन् तर, केहि संगठन नेपालका सत्ताधारी पार्टी कांग्रेस, एमाले, माओवादीहरूका पनि छन् । उनीहरूले पनि जनतामा भ्रम पार्न प्रवासी नेपालीका समस्याको लागि संघर्ष गरेको दावी गर्छन् । उनीहरूको कस्तो संघर्ष हो आफ्नै पार्टी सरकारमा अनि आफैले संघर्षको नौटंकी गर्ने ? खनालले कटाक्ष गर्नु भयो ।

के गर्ने वहाँहरूलाई सत्ताको रसास्वाधन गर्नेहरूले गुमराह गरेका छन् । केहि संगठनहरू साँस्कृतिक संरक्षणको नाममा खोलिएका छन्, कोही इलाकाई र भेगिए प्रकृतिका छन् । उनीहरूले आफ्नो कला संस्कृतिको नाममा एकातिर बुजुर्वा सामन्ती संस्कार र छाडा उश्रृंखल विकृति फैलाएका छन् भने अर्काे तिर नेपालीको हकहित सुरक्षा तथा सामाजिक परिवर्तनको चल्ने आन्दोलनलाई कम्जोर पार्ने काम गर्दै छन् । त्यसैले सबै पहेला बस्तुहरू सुन हुँदैनन् । मूल प्रवाह नै त्यो संगठन हो जस्ले निरंतर नेपालीहरूको हकहित र सामाजिक परिवर्तनको लागि काम गरिरहेको छ ।

सम्मेलनलाई केन्द्रिय सदस्यहरू गोविन्द थापा, खुम पुन, टंक कुवर, केन्द्रिय सदस्य तथा मध्य पश्चिम क्षेत्रीय अध्यक्ष श्याम तरामु, केन्द्रिय सांस्कृतिक विभाग सदस्य तथा क्षेत्रीय सचिव बोम सिंजापती, महिला क्षेत्रीय विभाग कि सुनिता पुन र राजमो डोटीका चन्द्र सिंहले पनि नवनिर्वाचित समितिलाई शुभकामना मन्तव्य दिनु भएको थियोे ।

घोषणा सभाको अध्यक्षता जितमान सिंजाली र सञ्चालन रन बोगटीले गर्नुभएको थियो कार्यक्रममा सहभागिहरूलाई सन्त बहादुर थापा र कलाकारहरूले स्वागत गर्नुभएको थियो ।

सम्मेलनले नयाँ कार्यकारिणीको चयन गरेको छ ।

अलीबाग :
अध्यक्ष– चित्र बहादुर थापा, उपाध्यक्ष– मिना गुरुङ, सचीव– ईश्वर पुन, सहसचिव– खिम बहादुर गुरुङ, कोषाध्यक्ष– कुमार थापा, सदस्यहरूमाः मधु पुन, खिम बहादुर पल्ली, पुरन गुरुङ, झग बहादुर थापा, यम बहादुर पल्ली, नुम बहादुर थापा, धन बहादुर सारु, एक स्थान रिक्त, बैकल्पिक सदस्यमाः भक्त बहादुर गुरुङ, सुशील गुरुङ, हेमन्त दर्लामी, एक स्थान रिक्त, सल्लाहकारमाः मान बहादुर पुन, राजु पुन र बल बहादुर रोका मगर रहनुभएको छ ।

अलीबाग नगर समितिको नगर सम्मेलन उद्घाटन समारोह एवं बन्दसत्र २९ नोवेम्बर २०२४ का दिन सम्पन्न भएको थियो । उद्घाटन समारोहको अध्यक्षता खिम बहादुर पल्लीले र सञ्चालन चित्र बहादुर थापा एवं स्वागत मन्तव्य नुम बहादुर थापाले गर्नु भएको थियो ।
सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनाल गर्नु भयो । उद्घाटन समारोहलाई केन्द्रीय सदस्य गोबिन्द थापा र खुम पुनले पनि कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।

रायगढ :
अध्यक्ष– अनन्त राहडी, उपाध्यक्ष– रन बोगटी, सचिव– सन्त बहादुर थापा, सहसचिव– तिलक गौतमे, कोषाध्यक्ष– तिलक राना, सदस्यमाः जितमान सिंजाली, दानबहादुर राना, ध्रुव अर्याल, महेन्द्र थापा, यम माया राना, करन महर दुई स्थान रिक्त बैकल्पिक सदस्यमा नेत्र बडेला, ज्ञानु राहदी, भिमा थापा, हुम बहादुर(रवि) थापा, सल्लाहकारमाः सेर बहादुर थापा, देव बहादुर कुवर, हरि गौतमे र डा. हिम बहादुर थापा रहनुभएको छ ।

रायगढ नगर समिति अन्तरगत यममाया रानाको संयोजकत्वमा महिला विभाग पनि गठन गरिएको छ, जसमा अन्य सदस्यहरू ज्ञानु राहदी, भिमा थापा, रत्ना बोगटी, पार्वती थापा, धनीसरा थापा, ज्ञानीमाया राहडी, जीवकला तरामु, चेलिसा राहडी, सरिता गौतमे, जीवन तरामु, निर्मला तरामु, यमकली तरामु र मन कुमारी थापा रहनुभएको छ ।

रायगढ नगर समितिको ९ औं सम्मेलन उद्घाटन समारोह एवं बन्दसत्र ३० नोवेम्बर ३० का दिन सम्पन्न भएको थियो । उद्घाटन समारोहको अध्यक्षता जितमान संजाली र सञ्चालन तिलक रानाले गर्नुभएको थियो । ज्ञात अज्ञात सहिदहरू प्रति एक मिनेट मौनधारण गरि श्रद्धाञ्जली अर्पण गरियो ।

कार्यक्रममा सहभागीहरूलाई रन बोगटी स्वागत गर्नु भएको थियो । सम्मेलनको उद्घाटन केन्द्रीय अध्यक्ष ठाकुर खनालले गर्नु भएको थियो । केन्द्रीय सदस्य गोविन्द थापा र मध्य भारत क्षेत्रीय कोषाध्यक्ष अनन्त राहडीले पनि कार्यक्रम सफलताको शुभकामना दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार