१७औं बेंगलोर उत्तर र दक्षिणको सम्मेलन संयुक्त रुपमा सम्पन्न

बेंगलोर । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज बेंगलोर उत्तर र दक्षिण नगर समितिको संयुक्त १७औं नगर सम्मेलन उद्घाटन समहरो ३० नोभेम्बर २०२४ का दिन सम्पन्न भएको छ । उत्तर नगर समितिका उपाध्यक्ष ओम बहादुर दाहालको अध्यक्षता तथा दक्षिण नगर समितिका सहसचिव दान बहादुर पहरीको सञ्चालनबाट अगाडि बढेको थियो ।

उक्त कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव प्रेम पौडेल, केन्द्रीय कोषध्यक्ष मदन शर्मा, सदस्य जनकराज पौडेल, नरेश कुमार विक, चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय समितिका उपाध्यक्ष दसरथ विक, सहसचिव धर्मराज शर्मा, सदस्य धर्म पहरी, पार्वति विक, परमानन्द खाडायत, क्षेत्रीय महिला विभागका सदस्य दुरा पहरी, बिद्यार्थी विभाग केन्द्रीय सदस्य सन्तोष कुमार पहरीको आतित्थ्यता पछि ज्ञात अज्ञात सहिदहरुको सम्मानमा एक मिनट मौनधारण गरिएको थियो । उपस्थित सम्पूर्णलाई रक्तिम साँस्कृतिक कलाकारहरुले गीतबाट र शब्दबाट दक्षिण नगर समितिका कोषध्यक्ष रमेश राम विकले शब्दबाट स्वागत गर्नु भएको थियो ।

प्रमुख अतिथि महासचिव प्रेम पौडेलले तालिको गडगडाहट बीच द्वीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । अन्य अतिथिहरुले पनि आ–आफ्नो तर्फबाट शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो ।

घोषणा सभाः
दोश्रो दिन धर्म पहरीको अध्यक्षता र दक्षिण नगर समितिका अध्यक्ष नरेश कुमार विकको सञ्चालनबाट घोषणा सभा शुरुभएको थियो । प्रमूख अतिथि महासचिब प्रेम पौडेल, बरिष्ठ अतिथि केन्द्रीय कोषाध्यक्ष मदन शर्मा अतिथिहरूमा केन्द्रीय सदस्य तथा क्षेत्रिय सचिव जनक राज पौडेल, केन्द्रीय सदस्य चन्द्रकान्त शर्मा क्षेत्रिय स सचिव धर्मराज शर्मा , माहिला वरिष्ठ सदस्य कलावती विक, कलाकारबाट भारती परियार, बरिष्ठ नागरिक गणेश परियार, विद्यार्थी विभाग केन्द्रीय सदस्य सन्तोष कुमार पहरी, अखिल नेपाल बुद्धिजीवी संघका केन्द्रीय अध्यक्ष डा. श्रीधर गौतम, भारतिय भाइचारा कर्नाटक रैती सेवा संघ स्टेट प्रेसिडेन्ट पुजरा, अखिल भारत नेपाली एकता मञ्च केन्द्रीय सदस्य दीपक विक, समाजिक अभियन्ता के.एस.थलो प्रोग्रामका संचालक रनी कोलीको आतित्थ्यता पछि ज्ञात अज्ञात सहिदहरूको सम्मानमा एक मिनट मौनधारण गरिएको थियो ।

उपस्थित सम्पूर्णलाई शब्दबाट स्वागत दक्षिण नगर समितिका सदस्य दसरथ विकले र रक्तिम साँस्कृतिक कलाकारहरूले गितबाट स्वागत गर्नुभएको थियो ।

प्रमुख अतिथि महासचिव प्रेम पौडेलले मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले भारतमा नेपालीहरूले होटल, कोठी, कोइलाखानी, गिट्टी ढुंगा फुटाएर पसिना झार्दै काम गरी खाने मजदुरदेखि लिएर इन्जिनेर, डाक्टर, वकिल सबैलाई एकता समाजको झण्डा मुनी गोलवन्द गर्दै आएको बताउनु भयो । विदेशिएका नेपालीहरूका विभिन्न खाले मुद्वा मामिलाको समाधान गर्न मूल प्रवाहको ठूलो भूमिका रहेको पौडेलको भनाई थियो ।

अन्य अतिथिहरूले पनि आ–आफ्नो तर्फबाट शुभकामना तथा बधाई मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

बेंगलोर उत्तर :
ओम बहादुर दाहालको अध्यक्षतामा १३ पूर्ण ३ वैकल्पिक, ३ सल्लाहकार गरी १९ सदस्यीय बेंगलोर उत्तर नगर समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– भारती परियार, सचिव– जय बहादुर विक, सहसचिव– किशोर कुमार विक, कोषाध्यक्ष– तिलक केसी, सदस्यहरू दुरा पहरी, सरस्वति केसी, निर्मला दाहाल, सीता कुँवर, धर्म पहरी, शान्ति परियार, चक्र बहादुर रावल, एक स्थान रिक्त वैकल्पिक सदस्यमाः तेजेन्द्र थापा, बुद्वी बहादुर गुरुङ, एक स्थान रिक्त सल्लाहकारमाः सदस्य चन्द्र बहादुर थापा, जितु पुन र एक स्थान रिक्त रहेको छ ।

१७औं सम्मेलनले बेंगलोर उत्तर नगर समिति अन्तर्गत महिला बिभागको पनि गठन गरेको छ । संयोजकमा सरस्वती केसी, रहने गरी ११ सदस्यीय महिला विभाग चयन गरेको छ । जसमा सदस्यहरूः मिना गुरुङ, सोनी गुरुङ, भागिरथी विक, मिना खत्री, नन्दा देवी विक, दुरा पहरी, निर्मला दाहाल, सिता कुँवर, भारती परियार र शान्ति परियार रहनुभएको छ ।

बेंगलोर दक्षिण :
बलराम कोलीको अध्यक्षतामा १५ पूर्ण ४ बैकल्पिक र ४ सल्लाहकार २१ सदस्यीय बेंगलोर दक्षिण नगर समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– परमानन्द खडायत, सचिव– दान बहादुर पहरी, सहसचिव– रामराज पौडेल, कोषाध्यक्ष– रमेशराम विक, सदस्यहरूमाः नरेश कुमार विक, दसरथ विक, पार्वती देबी विक, राजु देवी विक, मान बहादुर विक, रमेशराज वि, बैकल्पिक सदस्यमाः सुनिता विक, बिनोद कोली, माया कोली, एक स्थान रिक्त सल्लाहकर रमिला जाग्री, जयराम विक, राम विसी र एक स्थान रिक्त रहेको छ ।

१७औं सम्मेलनले बेंगलोर दक्षिण नगर समिति अन्तर्गत महिला बिभागको पनि गठन गरेको छ । जस्माः संयोजक– राजु देवी विक, सदस्यहरुमाः रमिला जाग्रि, सुनिता विक, चाँदनी विक, कलावती विक, पार्वती देबी विक, सरु पहरी, माया कोली, ज्योति विक, गंगा देवी विक, आशा विक, सरस्वती विक, पार्वती विक, कल्पना ऐर, करिश्मा विक, सबिग विक र जयन्ती विक रहनुभएको छ ।

सभामा उपस्थित सम्पूर्णलाई उत्तर नगर समितिका सदस्य जय बहादुर विकले शब्दबाट धन्यबाद ज्ञापन गर्नु भएको थियो । प्रमुख अतिथि एवं अतिथिहरूले नयाँ निर्वाचित पदाधिकारीहरूलाई बधाई दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार