पाण्डिचेरी, १ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पाण्डिचेरी नगर समितिको १५औं नगर सम्मेलन २८, २९ डिसेम्बर २०२४ का दिन भव्यरुपमा सम्पन्न भएको छ ।
डिल्लीप्रसाद शर्माको अध्यक्षता र गोबिन्द शर्माको सञ्चालन रहेको उद्घाटन सामरोहमा समाजका केन्द्रीय अध्यक्ष, सम्मेलनका प्रमुख अथिति ठाकुर खनाल, विशिष्ट अथिति महासचिव प्रेम पौडेल, अथितिहरूमा कोषाध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्यहरू भगवति कुवँर, जनकराज पौडेल, बालाकृष्ण गायक, चन्द्रकान्त शर्मा, दक्षिण भारत क्षेत्रीय समितिबाट सह– सचिव धर्मराज शर्मा, सदस्य ओमबहादुर दाहल, विद्यार्थी विभाग क्षेत्रीय अध्यक्ष कस्तुरी थापा, महिला विभाग संयोजक विष्णु कुमारी शर्मा, क्षेत्रीय कलाकार शान्ती परियार, समता विभागबाट गम बहादुर विकको आथित्यता रहेको थियो ।
सहिदहरूको सम्मानमा एक मिनेट मौनधारण पश्चात् सम्मेलन आयोजक समितिको तर्फबाट उपस्थित सम्पुर्णमा भद्रबहादुर जिसीले शब्दद्धारा र कलाकार टिमले गित संगितबाट स्वागत गर्नुभएको थियो ।
सम्मेलनका प्रमूख अथिति समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनालले मैनबत्ती प्रज्वलन गरि तालीको गड्गडाहट विच पन्ध्रौं नगर सम्मेलनको विधिवत उद्घाटन गर्नु भएको थियो । उद्घाट्न भाषणमा खनालले संगठनको स्थापना कालदेखि बर्तमान समयको अबस्था, संगठनले गरेका उपलब्धि, संगठन भित्रदेखिएका अराजक गतिविधि साथै सबै प्रकारका चुनौतीहरूलाई संगठनले वैचारिक र ब्यवहारिक रुपबाट सामाना गर्दै आएको धारणा राख्नु भएको थियो । प्रवासमा रहेका श्रमजिवि नेपालीहरूलाई आफुरहेको स्थानबाट मताअधिकारको सुनिश्चित गर्न र ईच्छाएका प्रतिनिधि चयन गर्न पाउन पर्ने अधिकार प्राप्तीको लागि समाजले संघर्ष गर्दै आएको स्मरण गराउँदै, खनालले भारत भरि चलिरहेका नगर सम्मेलनका मूल नारा पनि प्रवासी नेपाली हरूको हकहित र सुरक्षाको प्रत्याभूत गर्नेमा केन्द्रीत रहेको बताउनु भएको थियो ।
विशिष्ट अथिती प्रेम पौडेलले संगठनले गरेको योगदानबारे धारणा राख्दै अनुशासित र निश्चित उदेश्य बोकेको संगठित शक्तिले मात्र प्रवासी श्रमजिवि नेपालीहरूको सुरक्षा गर्न सक्ने बताउनु भएको थियो । साथै देशमा चल्ने राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डता रक्षाको आन्दोलनमा प्रवासी नेपालीहरूको महत्वपुर्ण योगदान रहँदै आएको स्मरण गराउँदै, राष्ट्रिय जनमोर्चाद्धारा आयोजित आगामि चैत्र २४ बाट शुरु हुने संघीयता खारेजी आन्दोलनलाई आर्थिक सहयोग र उपस्थितिको लागि पौडेलले विशेष आव्हान गर्नु भएको थियो।
अन्य अथिति मदन शर्मा लगायतले आफ्ना धारणा राख्दै सम्मेलन सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो। उद्घाटन कार्यक्रममा उपस्थित जनमानसहरूलाई सम्मेलन तयारी समितिको तर्फबाट विनोद कुमार गायकले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
घोषणा सभा
२९ डिसेम्बर २०२४ का दिन भद्रबहादुर जिसीको अध्यक्षता ग्रहण, चन्द्रकान्त शर्माको सञ्चालनमा घोषणा सभा अगाडि बढेको थियो । प्रमूख अथिति केन्द्रीय अध्यक्ष ठाकुर खनाल, विशिष्ट अथिति महासचिव प्रेम पौडेल, अथितिहरू केन्द्रीय कोशाअध्यक्ष मदन शर्मा, केन्द्रीय सदस्य बालाकृष्ण गायक, दक्षिण भारत क्षेत्रीय सहसचिव धर्मराज शर्मा, सदस्य हेमबहादुर गन्धर्व, क्षेत्रीय सदस्य साथै वेगलोर उत्तर नगर अध्यक्ष ओमबहादुर दाहल, क्षेत्रीय सदस्य साथै चितम्बरम् नगर अध्यक्ष नारायण शर्मा, क्षेत्रीय सदस्य डिल्लीप्रसाद शर्मा, दक्षिण भारत क्षेत्रीय विद्यार्थी विभाग अध्यक्ष कस्तुरी थापा, दक्षिण भारत साँस्कृतिक विभागको तर्फबाट शान्ती परियार, प्रवासी नेपाली संघ भारत पाण्डिचेरी नगर अध्यक्ष विष्णु प्रसाद पौडेलको आथित्यता पछि शहिहरूको सम्मानमा एक मिनेट मौनधारण गरिएको थियो ।
उपस्थित जनसमुदायहरूमा जनकराज पौडेलले शब्दबाट र साँस्कृतिक कलाकारहरूले गित संगितद्धारा स्वागत गर्नुभएको थियो ।
सम्मेलनद्धारा निर्वाचित समितिको घोषणा केन्द्रीय कोषाध्यक्ष मदन शर्माले गर्नु भएको थियो । सम्मेलनले गोविन्द शर्मा अध्यक्ष रहेको तेह्र पुर्ण, चार बैकल्पिक र चार सल्लाहकार गरि एक्काई जना संख्या रहेको समिति चयन गरेको छ । जसमाः उपाअध्यक्ष– गमबहादुर विक, सचिव– रवि शर्मा, सहसचिव– खड्कबहादुर कुवँर, कोषाध्यक्ष– चन्द्रकान्त शर्मा, सदस्यहरूमा विष्णु कुमारी शर्मा, जमूना शर्मा, भगवति कुँवर, विनोद कुमार गन्धर्व, बलबहादुर केसी, हरिबहादुर कार्की, नारायण जिसी, जनकराज पौडेल, बैकल्पिक सदस्य– शिव गायक, सरस्वती गायक, राजेन्द्र जिसी, गणेशबहादुर केसी, सल्लाहकार सदस्य– सविता विक, सुर्य गायक, सरेश चौधारी र मेघराज शर्मा रहनु भएको छ ।
एरिया सम्मेलन सम्पन्न
नगर सम्मेलनको सन्दर्भमा पाण्डिचेरी नगर अन्तर्गत उत्तर टाउन एरिया समितिको २९औं बार्षिक एरिया सम्मेलन सम्पन्न, निर्वाचित पदाअधिकारीहरूको घोषणा जनकराज पौडेलले गर्नु भएको थियो । जसमाः अध्यक्ष– गमबहादुर विक, उपाअध्यक्ष– बमबहादुर केसी, सचिव– बलबहादुर केसी, सहसचिव– उमा केसी, कोषाध्यक्ष गोविन्द शर्मा, सदस्यहरूमाः धनबहादुर परियार, गणेश केसी, नन्दकला केसी, गोरख बहादुर परियार, गणेश परियार, माधव आचार्य, रविन्द्र परियार र चन्द्र बहादुर लिम्बु रहनु भएको छ।
बिधाई कार्यक्रम
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज दक्षिण भारत क्षेत्रीय सदस्य साथै पाण्डिचेरी नगरका पुर्व कार्यवाहक अध्यक्ष डिल्लीप्रसाद शर्मा, विगत लामो समयदेखि संगठनका विभिन्न स्थानमा रहि महत्पुर्ण योगदान पुराउँदै आउनु भएको थियो । अहिले जागिरबाट रिटार्मेन्ट भई सदाको लागि स्वेदश जाने निर्णय पछि नगर सम्मेलनको सन्दर्भमा बिधाई गरिएको छ । समाजका केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल, कोषाध्यक्ष मदन शर्माले खादा ओडाई उच्च सम्मान गर्नु भएको थियो ।
पाण्डेचरी, चितम्बरम् र नगर अन्तर्गतका एरिया समितिहरूले स–सम्मानपुर्वक बिधाई गरेका थिए । उक्त विधाई सामरोहमा डिल्लिप्रसाद शर्माले आफु भौगोलिकरुपमा टाढा भए पनि उदेश्य विचारमा कटिबद्ध रहि स्देशमा राजमोमा आफुले दृढतापुर्वक कामगर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
सम्मेलनद्धारा निर्वाचित समितिहरूलाई प्रमूख अथिति, विशिष्ट अथितिहरूले कार्यकाल सफलताको बधाई सहित देशको समसामायिक राजनिति परिस्थिति बारे धारणा राख्नु भएको थियो । अन्य सबै मञ्चमा आशिन अथितिहरूले निर्वाचित समितिलाई बधाई दिनु भएको थियो । सम्मेलनमा सास्कृतिक कलाकर्मीद्धारा भब्य साँस्कृतिक कार्यक्रम प्रस्तुतभएको थियो ।