विदेशीन वाध्य भएका नेपालीहरू संगठित हुनुपर्ने आवश्यकता झनै बढेको छः पुन

  • संयुक्त नगर सम्मेलन घोषणा सभा सम्पन्न
  • हैदराबाद, ५ जनवरी । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रीय समति अन्तर्गतका उत्तर, मध्य र दक्षिण नगर समितिको १२औं संयुक्त नगर सम्मेलन घोषणा सभा सम्पन्न भएको छ ।

    सम्मेलनमा प्रमुख अतिथि अखिल नेपाल महिला संघका केन्द्रीय अध्यक्ष मिना पुन, विशिष्ट अतिथि वामपंथी युवा नेता तथा राष्ट्रिय जनमोर्चा केन्द्रीय सल्लाहकार आनद शर्मा, मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेल, पूर्व अध्यक्ष दुर्गा बहादुर केसी, केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, केन्द्रीय सदस्य भिम बहादुर थापा, केन्द्रीय सदस्य फुलबीना पौडेल, केन्द्रीय सल्लाहाकर रूपलाल जिएम, सिपीआईएमएल सेन्ट्रल कमिटी मेम्बर मार्क्स लाईन की पदमा, नेपाली एकता मञ्च तेलंगाना राज्य समिति अध्यक्ष कमल राऊत, मूल प्रवाह मध्य दक्षिण क्षेत्रीय सदस्य कुल बहादुर रेश्मी, क्षेत्रीय सदस्य चेतन शर्मा, केन्द्रीय साँस्कृतिक विभाग माया थापा, उद्योग तथा व्यवसायी  प्रेम केसी, विद्यार्थी विभाग मध्य दक्षिण क्षेत्रीय समिति अध्यक्ष हिमाल पौडेल, राष्ट्रिय जनमोर्चा प्युठान जिल्ला समिति लक्ष्मी पंथीले अतिथिको आसन ग्रहण गर्नुभएको थियो ।

    नवनिर्वाचित संयुक्त मध्य, उत्तर र दक्षिण नगर समितिको घोषणा केन्द्रीय सदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष राम प्रसाद पौडेलले गर्नुभएको थियो ।

    मध्य नगर समिति

    तिलक रानाको अध्यक्षतामा २३ पुर्ण ७ वैकल्पिक र ७ सल्लाहाकर गरी ३७ सदस्यीय नगर समिति चयन गरेको छ । जस्माः उपाध्यक्ष– थान बहादुर क्षेत्री, सचिव– कुमार थापा, सहसचिव– प्रेम बिक, कोषाध्यक्ष– धन बहादुर शाही सदस्यहरू क्रमशः गुमा राना, राजु दुलाल, बिकास परियार, गंगा कडायत, सोबीता पौडेल, सम्झना दुलाल, किस्न कुमारी विक, किस्न बहादुर नेपाली, दिनामणि पौडेल, राम बहादुर आले, ईस्वरा पौडेल, कमल कुमाल, देवी दुलाल, अशोक बसेल, राजकुमार बस्याल, लिला शाही, शृजना खत्री, हिमाल कुमाल बैकल्पिक सदस्यहरू– संगीता केसी, विक्रम सुनम, शिव राई, सोम बहादुर आले, शान्ता विक, जग प्रसाद विक र हिरा विक रहनुभएको छ । त्यस्तै पुरन पल्ली, खगेन्द्र शर्मा, शेर बहादुर राना, प्रेम केसी, प्रितम पुन, मधु खड्का थापा र प्रकाश रानालाई सल्लाहकार चयन गरिएको छ ।

    उत्तर नगर समिति–

    सुर्य बहादुर थापाको अध्यक्षतामा २३ पुर्ण ७ वैकल्पिक र ७ सल्लाहाकर गरी ३७ सदस्यीय नगर समिति चयन गरिएको छ । जस्माः उपाध्यक्ष– गगन विक, सचिव– नरेन्द्र शर्मा, सहसचिव– भरत परियार, कोषाध्यक्ष – परशुराम शर्मा सदस्यहरू क्रमशः मोहन लाल शर्मा, तेजेन्द्र प्रसाद शर्मा, लाल बहादुर थापा, धन बाहादुर थापा, बिजुला शर्मा, लाल बहादुर क्षेत्री, दान बहादुर विष्ट, भबीलाल थापा, मीन बहादुर लामिछाने, खड्क बोहोरा, खिम परियार, सीता थापा, शंकर नेपाली, पुष्पा पौडेल, याम बहादुर थापा, लाल बहादुर विक, बिक्रम केसी, कमला शर्मा, बैकल्पिक सदस्यहरूमाः याम बहादुर थापा वि, पुर्ण बहादुर विक, यसोधा न्यौंपाने, लिला थापा, यमु पौडेल, गणेश विक र राधा थापा रहनुभएको छ । त्यसैगरि प्रेम विष्ट, दया बहादुर बोहोरा, ओमन परियार, दिल बहादुर विष्ट, राम कुमार अधिकारी, लक्ष्मी केसी र जमुना पौडेललाई सल्लाहकार चयन गरिएको छ ।

    दक्षिण नगर समिति 

    रतन सिंहको अध्यक्षतामा १७ पुर्ण ५ वैकल्पिक र ५ सल्लाहाकर गरी २७ सदस्यीय नगर समिति चयन गरिएको छ । जस्माः उपाध्यक्ष– दल बहादुर थापा, सचिव– टिकाराम थापा (तुफान), सहसचिव– नुमालाल राहु मगर, कोषाध्यक्ष– भुपाल ठाडा सदस्यहरू क्रमशः विर बहादुर विक, खिम बहादुर विक, कृष्ण बहादुर थापा, हम्सराज भण्डारी, जीत बहादुर थापा, शशि थापा, लिला थापा, दिल प्रसाद शर्मा, रन बहादुर पौडेल, राम प्रसाद गौतम, छबीलाल पुन, सुमन विक, बैकल्पिक सदस्यहरू – हरी प्रसाद विक, रुद्र बहादुर विक, बम बहादुर राहु मगर, विर बहादुर विक र राजेन्द्र आचार्य रहनुभएको छ । त्यस्तैगरि गिर बहादुर कार्की, नर बहादुर खनाल, तुलसी प्रसाद शर्मा, तेजेन्द्र बहादुर क्षेत्री र राम बहादुर विकलाई सल्लाहकार चएन गरिएको छ ।

    कार्यक्रममा लक्ष्मी पंथी, कमल राऊत, प्रेम पौडेल, ठाकुर खनाल, पदमा, मिना पुन, आनद शर्माले बधाई तथा सुभकामना मन्तव्य दिनुभएको थियो ।

    कार्यक्रम कृष्ण बहादुर थापाको अध्यक्षता, तिलक रानको सञ्चालन र उपस्थित जनमानसलाई सुर्य बहादुर थापाले स्वागत गर्नु भएको थियो, त्यस्तै साँस्कृतिक विभागद्वारा स्वागत गीतद्वारा स्वागत गरिएको थियो । कार्यक्रममा ज्ञात अज्ञात सहिदहरूप्रति एक मिनेट मौनधाराणा गरिएको थियो ।

    बीच बीचमा साँस्कृतिक परिवारद्वारा नृत्य प्रस्तुत गरी कार्यक्रमलाई रोचक बनाईएको थियो । साँझ अन्त्यमा सास्कृतिक परिवारद्वारा उत्साहका साथ गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

    प्रमुख अतिथि मिना पुनले नेपालको जनतन्त्रिक आन्दोलनमा प्रवासी नेपालीहरुले पुर्याएको योगदान अपूर्णीय रहेकोे बताउनु भयो । ‘प्रवासी नेपालीहरुको मताधिकारको बारेमा सरकार गंभिर भए ८४ को निर्वाचनमा व्यवस्था गर्न सकिन्छ । त्यस सम्बन्धि विधेयक संसदमा दर्ता हुनु स्वागत योग्य हो । त्यसले प्रवासी नेपालीहरुलाई कानुनी रूपमा मताधिकार हक प्राप्त हुने थियो ।’  पुनले अगाडि भन्नु भयो– ‘देशमा व्याप्त भ्रष्टाचार, सहकारी ठगीमा रवि लामिछाने लगायत अन्य आरोपितहरूप्रति छानबिन गरि अपराधीहरू कार्यवाही र पीडितहरुको डुबेको रकम फिर्ता गरि पीडितहरुलाई न्याय दिलाउनु पर्ने पक्षमा सरकार नै मौन रहेको छ ।’

    त्यस्तै पुनले महिला अधिकार र आन्दोलन बारे पनि जोड दिनु भयो ।

    आनन्द शर्मा : 

    देशका विभिन्न राजनैतिक दल र संघीयता विरुद्ध आन्दोलनको आवस्यकता एवं काठमाडौं केन्द्रीत आन्दोलनलाई समाजिक, आर्थिक एवं नैतिक रुपमा समर्थन गर्नु पर्नेमा जोड दिनुपर्नेमा जोड दिनुभएको थियो ।

    ठाकुर खनाल : 

    भारतमा धेरै संगठन छन्, कतिपयले आफूहरुको सत्तामा पहुँच छ । भनेर धाक लगाउछ्न तर उनको वैचारिक दिशानिर्देशक पार्टीहरू सत्तामा गएको समयमा प्रवासी नेपालीहरुको समस्या समाधानको कुनै कार्यक्रम गरेको पाइदैन उल्टो वैदेशिक रोजगारीको थप योजना ल्याई पलायनलाई बढाइरहेका छन् । प्रवासी नेपालीहरू समस्या समाधानको लागी आन्दोलन गर्नुको विकल्प छैन । मूल प्रवाह यो विषय लगातार आन्दोलन गरि रहेको छ ।

    प्रेम पौडेल : 

    हैदराबादमा नेपालीहरू माथि आएका प्रत्येक समस्यामा मूल प्रवाह अग्रपंक्तिमा रहेको बताउनु भयो ।

    पदमा : 

    भारत र नेपाली जनताको विचमा वर्गीय मित्रता बढाउदै लैजानु पर्नेमो जोड दिनुभएको यियो ।

    उद्घाटन समारोह

    १२औं संयुक्त नगर सम्मेलनको उद्घाटन ४ जनवरी २०२४ मा  सम्पन्न भएको थियो । सम्मेलनमा प्रमुख अतिथि अखिल नेपाल महिला संघ की केन्द्रीय अध्यक्ष मिना पुन, विशिष्ट अतिथि वामपंथी युवा नेता आनद शर्मा, मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनाल, केन्द्रीय महासचिव प्रेम पौडेल, पूर्व अध्यक्ष दुर्गा बहादुर केसी, केन्द्रीयसदस्य तथा मध्य दक्षिण क्षेत्रीय अध्यक्ष रामप्रसाद पौडेल, केन्द्रीय सदस्य भिम बहादुर थापा, फुलबीना पौडेल, कृष्ण बहादुर थापा, केन्द्रीय सल्लाहाकर रूपलाल जिएम, क्षेत्रीय सचिवालय सदस्य रतन सिंह, साँस्कृतिक केन्द्रीय विभाग माया थापा, क्षेत्रीय महिला विभाग संयोजक पुष्पा पौडेल, अखिल भारत नेपाली विद्यार्थी संघ मध्य दक्षीण क्षेत्रीय समित अध्यक्ष हिमाल पौडेल, राष्ट्रिय जनमोर्चा प्युठान शिव पंथी, मूल प्रवाह नालगोंडा नगर समितिबाट चेतन शर्माले अतिथिको आसन ग्रहण गर्नु भएको थियो ।

    सम्मेलनको उद्घाटन प्रमुख अतिथि अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मिना पुनले दीप ज्वलन गरी तालीको गढ्गढाहटका साथ गर्नु भएको थियो ।

    प्रमुख अतिथि मिना पुनले सम्बोधन गर्दै प्रवासी नेपालीहरुको मताधिकार र समानुपातिक प्रतिनिधित्वका लागि संघर्ष गरौं, भारत स्थित नेपाली हरुको हकहित र सामाजिक सुरक्षाको लागि संगठित बनौं, भन्ने मूल नाराका साथ सम्मेलन गरिएको छ । जुन नारा सांसदमा पनि राखेको जानाकारी गराउँदै जबसम्म नाराले मूर्त रूप लिदैन तवसम्म यो नारा रहि रहने पुनको धारण थियो । ‘विदेशीन वाध्य भएका नेपालीहरू संगठित हुनुपर्ने आवश्यकता झनै बढेको छ ।’

    ॅमूल प्रवाह एकता सम्माजले जनतालाई सचेत बनाउने विषयमा निरन्तर प्रयास गर्दै आइरहेको अझै सचेत बनाउनुका साथै जनतालाई जागरूकता बनाउनु पर्ने आवस्यकता छ ।’ मिना पुनले अगाडि बोल्दै– ‘मूल प्रवाहले त्यस प्रकारको भूमिका खेलिरहेको छ ।’

    कार्यक्रममा विशिष्ट अतिथि वामपंथी युवानेता तथा राजमो केन्द्री सल्लाहाकार आनंद शर्माले नेपाल अझ पनि अर्ध सामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट गुज्री रहेको जगजाहेर गर्दै राष्ट्रियता अखंडता माथि भारतीय हस्तक्षेप बढ्दै गइरहेको बताउनु भयो । ‘देशमा संघीय प्रणाली लागु गरी देशको अर्थतन्त्रलाई ध्वस्त पार्ने काम भईरहेको छ’ शर्माले भन्नु भयो– ‘त्यस कारण संघीय प्रणालीलाई खारेज गर्नुपर्ने र आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउनु पर्ने आवश्यक छ ।’

    कार्यक्रममा मूल प्रवाह केन्द्रीय अध्यक्ष ठाकुर खनाल, महासचिव प्रेम पौडेलले पनि कार्यक्रमको सफलताको सुभकामना मन्तव्य प्रकट गर्नुभएको थियो ।

    कार्यक्रममा मोहनलाल शर्माको अध्यक्षता, तिलक रानको सञ्चालन र उपस्थित जनमानस लाई बिर बहादुर बिकले स्वागत गर्नु भएको थियो भने कार्यक्रममा ज्ञात अज्ञात सहिदहरू प्रति एक मिनेट मौन धाराणा गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार