


हिमाचल । भारतको हिमाचल राज्यको रामपुर बसपार्कमा अलपत्र भेटिएका वृद्धा रामसिंह राई वर्ष ६० को मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले १२ फरवरी २०२५ को उद्धार गरि स्वदेश पठाएको छ ।
विगत ४०–४५ दिन देखि रामपुर बसपार्कमा अलपत्र अवस्थामा रहेका सिन्धुपाल्चोक जिल्लाको अन्थली बारबिसे घर बताउने रामसिंह राई वर्ष ६० का बृद्धलाई मूल प्रवाहले स्थानिय पुलीससँग समन्वय गरि नेपाल पठाएको हो ।
रामसिंह राईलाई तत्काल जरुरी लत्ताकपडा जरूरी सामान मूल प्रवाहले उपलब्ध गराई दिएको थियो । वृद्धालाई स्थानीय व्यापारी र पुलिस प्रशासनले पनि सहयोग गरेको जानकारी राज्य समितिका अध्यक्ष विरु श्रेष्ठले दिनुभएको छ।
पिडित राम सिंहलाई मूल प्रवाहले सहयोग सङ्कलन गरी नेरु ७२०० हस्तान्तरण गरिएको छ। उनलाई उद्धार गर्दा स्थानिय पुलीस प्रशासन र मूल प्रवाहका नेताहर– सिताराम बुढा, लालबहादुर रावत, कृष्णामाया थापा, भावना सिंह, रणवीर र आरके लगायतको उपस्थिति रहेको थियो।